काठमाडौं – सामाजिक सञ्जालमा भाइरल भइरहेको एक तस्वीरमा संसारको दोस्रो सबभन्दा धनी व्यक्ति लाइनमा बसिरहेको देखिन्छ ।
बिल गेट्सलाई बर्गर, फ्राइज र कोकाका लागि लाइनमा उभिएको देखेपछि धेरै मानिस छक्क परे ।
माइक्रोसफ्टका एक पूर्वकर्मचारीले यो फोटो फेसबूकमा शेयर गरेका हुन् । तस्वीरमा उनी सियाटलमा डिक नामक रेस्टुराँबाहिर उभिएका देखिन्छन् ।
गेट्स अहिले अमेजनका मालिक जेफ बेजोसपछि दोस्रो सबभन्दा धनी व्यक्ति हुन् ।
माइक्रोसफ्टका पूर्व प्रोग्राम म्यानेजर माइक गलोसले फोटो शेयर गरे ।
सामाजिक सञ्जालमा अनेक मानिसले कमेन्ट गर्दै धनी भएपछि आफ्ना लागि विशेष सुविधा खोज्ने मानिसले यस फोटोबाट सिक्नुपर्ने बताए । एक प्रयोगकर्ताले लेखे, ‘तपाईं हजारौं बर्गर कम्पनीहरू खोल्न सक्नुहुन्छ तर तपाईं बर्गरका लागि लाइन लागेर बस्नुहुन्छ ।’
एजेन्सी