काठमाडौं २६ फागुन–संसदको चौथो ठूलो दल राप्रपाका तर्फबाट बिहिवार सरकारमा तीन जना मन्त्री थपिने भएका छन् ।

राप्रपा प्रवक्ता सुशील श्रेष्ठका अनुसार पार्टी अध्यक्ष कमल थापा, संसदीय दलका मुख्य सचेतक दीलनाथ गिरी र सचेतक परशुराम तामाङ मन्त्री बन्न लागेका हुन् ।
अध्यक्ष थापाले उपप्रधान सहित स्थानीय विकास मन्त्रालयको जिम्मा पाउने भएका छन् । दीलनाथ गिरी पर्यटन मन्त्री र परशुराम तामाङलाई राज्यमन्त्री बनाउन लागिएको श्रेष्ठले विज्ञप्ती मार्फत जनाएका छन् ।
तामाङ स्थानीय विकास राज्यमन्त्री बन्ने सम्भावना छ । राप्रपाको तर्फवाट यसअघि नै सरकारमा दुइ मन्त्री छन् । दीपक बोहोरा आपूर्ति र विक्रम पाण्डे भूमिसुधार मन्त्री छन् ।
उनीहरु राप्रपा र राप्रपा एकीकरण नहुदै सरकारमा गएका हुन् । अहिले सरकारमा जान लागेका थापा र गिरी राप्रपा नेपालमा थिए भने तामाङ राप्रपामा थिए ।