×

Nic Asia
Dabur
Prabhu Bank

आगोमा जलेर अस्पतालमा छट्पटाउँदै ८ महिनाकी गर्भवती, छाला खोज्न सकस

काठमाडाैं | माघ ७, २०७५

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

काठमाडौं – ‘ऐया ! दुख्यो ..., ऐया ! पोल्यो ...., ममी दुख्यो ...., ऐया !’

yONNEX
Frooti
Appy

कीर्तिपुर अस्पतालको प्लास्टिक सर्जरी वार्डको १२ नम्बर शय्यामा छट्पटाउँदै थिइन्, ८ महिनाको गर्भ बोकेकी कान्ती पासवाङ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

अस्पतालको शय्यामा प्रसव पीडामा छट्पटाएकी होइनन् उनी । गत पुस २६ गते आगोले पोलेर पासवाङको शरीरको आधा भाग जलेको छ । पेटदेखि खुट्टासम्मको भाग र दुवै हातका नाडीमा आगोले पोलेको घाउ छ ।

आइतवार दिउँसो २ बजे अस्पतालमा दुईजना नर्सले पासवाङको जलेको शरीरमा औषधी लगाउँदै, घाउपट्टि (ड्रेसिङ) लगाइदिँदै थिए ।


Advertisment
Lokantar App
Saurya island

अघिल्लो दिन लगाएको पट्टि खोल्दा र औषधि लगाएर ड्रेसिङ गर्दा अत्याधिक दुखाइले सहन नसक्दा पासवाङ दारा किट्दै, शय्याको डण्डीमा दुई हातले समाएर चिच्याउँदै थिइन् ।

उनको चिच्च्याहट प्लास्टिक सर्जरी वार्डभर सुनिन्थ्यो । पासवाङका पति प्रमोद पासवाङ र आमा उनलाई सान्त्वना दिँदै थिए ।

JYOTI
Vianet communication

यसरी जलिन् उनी

बाराको कलैया घर भएकी २५ वर्षीया कान्ती पासवाङ बिहान ८ बजे चुलोमा आगो बालेर खाना पकाउँदै थिइन् । खाना बनाउँदै आगो ताप्दै गरेकी पासवाङले लगाएको सारीमा एक्कासी आगो लाग्यो ।

पासवाङले हातले आगो निभाउने प्रयास गरिन् । तर सारीमा लागेको आगोले उनको शरीर एकैछिनमा जलायो । हातले आगो निभाउन खोज्दा दुवै हातको नाडी पनि जल्यो । उनी बेहोस भइन् ।

उनकी आमा र आफन्तले बिहान ११ बजे नारायणी अस्पताल पुर्याए । नारायणी अस्पतालले ललितपुरको कीर्तिपुर अस्पतालमा रिफर गर्यो । पासवाङलाई उनका आफन्तले पुस २७ गते शुक्रवार कीर्तिपुर अस्पतालमा ल्याएका थिए । 
पासवाङको अवस्था जटिल, छाला प्रत्यारोपण गर्नुपर्ने

पासवाङको शरीरको आधाभन्दा बढी भागको छाला आगोले जलेकाले उनको अवस्था जटिल रहेको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्रजंग बस्नेतले बताएका छन् । पासवाङलाई तत्काल छाला प्रत्यारोपण गर्न सकेमा ज्यान बचाउन सक्ने डा. बस्नेतले बताए ।

‘उहाँको ज्यान बचाउन तत्काल सर्जरी गर्नुपर्ने छ । तर छाला प्राप्त भएको छैन,’ डा. बस्नेतले लोकान्तरसँग भने, ‘छाला दान गर्ने व्यक्ति नहुँदा उहाँको छाला प्रत्यारोपण हुन सकेको छैन ।’

छाला प्रत्यारोपणको लागि पासवाङको परिवारले नेपाल स्किन बैंकमा सम्पर्क गरेका थिए । तर पासवाङको लागि तत्काल छाला उपलब्ध नभएको बैंकले जनाएको छ । नेपालमा छाला पाउन मुस्किल भएपछि पासवाङका पति प्रमोद पासवाङलाई भारतबाट छाला किनेर ल्याउन चिकित्सकले नै सल्लाह दिएका थिए । तर आफ्नो आर्थिक अवस्था कमजोर भएकाले भारतबाट छाला किनेर ल्याउन सक्ने अवस्था नभएको प्रमोदले लोकान्तरलाई बताए ।

‘डाक्टरले छाला हाल्नुपर्छ भन्नुभएको छ, यहाँ पाइँदैन रे ! इण्डियाबाट ल्याउनको लागि पहिला ७० हजार पठाउनुपर्छ रे !’ राम्रोसँग नेपाली बोल्न नजान्ने प्रमोदले हिन्दी भाषा मिसाउँदै भने, ‘छाला ल्याउन पैसा छैन ।’

भारतमै मजदूरी गरेर दुईछाक टार्ने प्रमोद पत्नीको लागि छाला किन्न सक्ने अवस्थामा छैनन् । प्रमोद अस्पतालको शय्यामा छट्पटाइरहेकी पत्नीको पीडा टुलुटुल हेरेर बस्न विवश छन् । भारतबाट छाला किन्न नसक्ने भएपछि नेपालमै कसैले छालादान गरिदिए हुन्थ्यो भन्ने आशामा छन् पासवाङ परिवार । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १५, २०८०

सरकारले आगामी आर्थिक वर्षमा ६ सय वटा झोलुंगेपुल निर्माण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत अर्थमन्त्री डा. प्रकाशशरणम महतले ६ सय वटा झोलुंगे पुल निर्माण गर्ने जनाएका हुन् । यसका लागि ...

जेठ १५, २०८०

नेपाल सरकारले नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भएको छ ।     अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०...

जेठ १५, २०८०

मृत्युमार्गको उपमा पाएको सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा निर्माण शुरू गरिएको सुरूङमार्ग निर्माणलाई तीव्रता दिइने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आर्थिक वर्...

जेठ १५, २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गरिरहेका छन् । अपरान्ह साढे ४ नबज्दै शुरु भएको बजेट भाषण साँझ साढे ६ बजेसम्म चलिरहेको छ । ...

जेठ १५, २०८०

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु आठ अर्ब ७१ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै सो जानकारी ...

जेठ १५, २०८०

आर्थिक वर्ष २०८०/०८१ को बजेटमा ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने ग्रेड हिमालय ट्रेलदेखि किराँत सांस्कृतिक सर्किट निर्माणसम्मको योजनालाई समेटिएको छ ।  ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने ग्रेड हिमालय ट्रेल निर्म...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

ad
x