कात्तिक १६, २०८०
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संरचना अनुसार प्रदेशमा गएका स्वास्थ्य कार्यालय तथा अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
स्वास्थ्य मन्त्रालयमा बुधबार एक कार्यक्रम आयोजना गर्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रीलाई प्रदेशको अधिकार हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसेवा ऐन अनुसार प्रदेशमा रहेका कर्मचारीको सरुवा, बढुवा, पदस्थापन, बिदा स्वीकृतिलगायतका अधिकारसहित स्वास्थ्यका निकायहरु प्रदेशलाई हस्तान्तरण गरेको हो । स्वास्थ्यमन्त्री यादवले सम्बन्धित प्रदेशका मन्त्रीलाई अधिकार प्रत्यायोजनको पत्र समेत हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले गत असार ३१ गतेको मन्त्रिपरिषद्को निर्णय र पुस ९ गतेको स्वीकृत संगठन संरचना अनुसार प्रदेशमा रहेका यसअघिका अञ्चल र उपक्षेत्रीय अस्पताल, प्रदेश स्वास्थ्य निर्देशनालय, तालिमकेन्द्र, प्रयोगशाला, मेडिकल स्टोरसहित आयुर्वेद केन्द्र, आपूर्ति केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
मन्त्रालयले प्रदेशमा रहेका विशेषज्ञ र विशिष्टीकृत अस्पताल, शैक्षिक प्रतिष्ठानहरू, केन्द्रीय अस्पताल र विकाससमिति अन्तरगतका निकायहरु भने संघमै राखेको छ ।
स्वास्थ्य मन्त्रालयले १५ शय्याभन्दा कमका अस्पताल, स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्यकेन्द्र भने यसअघि नै स्थानिय सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
यस्तो प्रदेश सरकारले पाएको अधिकार
१.प्रत्येक प्रदेश मातहतका प्रदेश स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य र स्वास्थ्य कार्यालय, प्रदेश मेडिकल स्टोर, प्रदेश स्वास्थ्य तालिम प्रयोगशालामा आवश्यकता अनुसार स्वीकृत दरबन्दी पदपूर्ति गर्ने ।
२. प्रदेश मातहत रहेका कार्यालयहरुमा कार्यालय प्रमुखलाई आर्थिक तथा प्रशासनिक अधिकार सहित जिम्मेवारी दिने ।
३. प्रदेश मातहतको कार्यालयको पद, तह, समूह, उपसमूह मिलाई रिक्त स्थानमा स्वास्थ्य सेवा तर्फ दशौं तह सम्मका कर्मचारीहरुलाई स्वास्थ्य सेवा ऐन, २०५३ र नियमावली २०५५ को अधिनमा रही सरुवा र कामकाज गर्न खटाउने ।
४. लोक सेवा आयोगबाट सिफारिस भई आएका स्वास्थ्य सेवा तर्फ दशौं तह सम्मका उम्मेदवारहरुलाई पदस्थापना गर्ने ।
५.स्वास्थ्य सेवा तर्फको अत्यावश्यक कामको लागि आवश्यक पर्ने स्वीकृत दरवन्दी अनुसारको रिक्त स्थानमा चौथो, पाँचौं, सातौं, आठौं तह सम्मको पदमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८ खको प्रतिबन्धात्मक वाक्यांश अनुसार स्वास्थ्य सेवाको कुनै पदमा योग्यता प्राप्त चिकित्सक वा स्वास्थ्यकर्मीलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८ख को खण्ड (क) मा कुनै चिकित्सक वा स्वास्थ्यकर्मी अध्ययन वा असाधारण विदामा रहेको अवस्थामा अध्ययन वा असाधारण विदामा बसेको अविधभर र खण्ड (ख) मा सेवाको कुनै पद कुनै कारणवश रिक्त हुन गई सोको मागको आकृति फाराम भरी लोक सेवा आयोगमा पठाइसकिएको तर पदपूर्ति भई नसकेको अवधिभर करार सेवामा नियुक्ति गर्न सकिने व्यवस्था अनुसार करार नियुक्ति गर्ने र सो को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराउने ।६.प्रदेश मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुको नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ५१ को उपनियम (२) बमोजिमको बेतलवी प्रसूति विदा स्वीकृत गर्ने।
७.नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ५३ को उपनियम (५) बमोजिम सम्बन्धित समूह उपसमूहलाई उपयोगी र आवश्यक पर्ने विषयमा दशौं तह सम्मको नियमावलीमा व्यवस्था भए बमोजिम अध्ययन पूर्व स्वीकृति दिने ।
८.नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ अनुसार अध्ययन बिदा र असाधारण बिदा स्वीकृति गरी सो को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराउने ।
९.यस मन्त्रालयबाट करार सेवामा नियुक्ति भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेपाल स्वास्थ्य सेवाको चिकित्सक वा स्वास्थ्यकर्मीको पदमा करार नियुक्ति सम्वन्धी कार्याविधि देश मातहतमा सरकारी स्वास्थ्य संस्था, अस्पतालहरुको चल अचल सरकारी सम्पतिको संरक्षण, संभार, परिचालन गरी सो को अद्यावधिक विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने ।
११. प्रदेश मातहतका कार्यालयमा कार्यरत दशौं तह सम्मको कर्मचारीहरुको राजीनामा स्वीकृत गर्ने र अनिवार्य अवकाश दिने व्यवस्था मिलाउने र सो को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराउने ।
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नह...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं — गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...