२६ जेठ २०८३, मंगलबार

माघ १६ गते शहीद दिवसको सार्वजनिक बिदा

माघ १६ गते शहीद दिवसको सार्वजनिक बिदा

हेटौडा – ३ नम्बर प्रदेश सरकारले आउँदो माघ १६ गते शहीद दिवसको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

विगतमा माघ १६ गते सरकारले देशभर बिदा दिने गरेको थियो । पछिल्ला केही वर्षमा संघ सरकारले बिदा कटौतीको निर्णय गरेसँगै शहीद दिवसको बिदा पनि कटौती भएको थियो ।

प्रदेशस्तरमा सार्वजनिक बिदा दिने ३ नम्बर प्रदेश सरकारको पहिलो निर्णय हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शहीदको सम्मान गर्ने बिदा दिने  निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेश गरेका प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक पनि  स्वीकृत गर्ने निर्णय गरेको छ । 

बैकठले आर्थिक मामिला तथा कानून मन्त्रालयले पेश गरेको विशेष अनुदान अन्तर्गतका योजना तथा कार्यक्रम स्वीकृत गर्ने  र नेपाल सरकारबाट प्रदान गरिने समपुरक अनुदानका योजना पनि पठाउने निर्णय गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको सामुहिक खेती प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्नुका साथै कृषि, वन प्रवद्र्धन कार्यक्रम कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ ।

सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश आपतकालीन बाल संरक्षण कार्यविधि २०७५ स्वीकृत गर्नुका साथै संघीय सरकार अन्तर्गत ३ नम्बर प्रदेश भित्रका मकवानपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, धादिङ र चितवनमा रहेका महिला तथा बालबालिका कार्यालयका भवन तथा निर्माणाधीन भवन हस्तान्तरण गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्