२६ जेठ २०८३, मंगलबार

आजदेखि चिकित्सक रिले अनशनमा

आजदेखि चिकित्सक रिले अनशनमा

काठमाडौं– नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवनरक्षा माग्दै सोमबारदेखि देशव्यापी रिले अनशन घोषणा गरेको छ । हरेक दिन १० देखि ५ बजेसम्म अनशन बस्ने संघको कार्यक्रम छ ।

चिकित्सक एवं स्वास्थ्यकर्मीहरू उपत्यकामा त्रिवि शिक्षण अस्पताल र बाहिर जिल्लाका अस्पताल हातामा अनशन बस्नेछन् । संघको आइतबारको आकस्मिक बैठकले अर्को निर्णय नभएसम्म रिले अनशन जारी राख्ने घोषणा गरेको हो। 

संघले सरकारलाई केसीको जीवनरक्षाका लागि वार्ता समिति गठन गर्न ७२ घण्टे समयसीमा दिएको थियो। उक्त अवधिमा पनि सुनुवाइ नभएपछि आन्दोलन घोषणा गरेको हो।
 

salt training

कमेन्ट गर्नुहोस्