२६ जेठ २०८३, मंगलबार

‘गोपी’को विशेष शोमा नेतादेखि कलाकारसम्म, योगेश भट्टराईदेखि दीपकराज गिरीले के भने?

‘गोपी’को विशेष शोमा नेतादेखि कलाकारसम्म, योगेश भट्टराईदेखि दीपकराज गिरीले के भने?

काठमाडौं- आउँदो शुक्रबार अर्थात माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गोपी’को सोमबार राजधानीको कुमारी हलमा विशेष शोको आयोजना गरिएको छ ।

गाईपालक युवाको कथा समेटिएको चलचित्रको विशेष शोमा राजनैतिक दलका नेतादेखी कलाकारहरु पुगेका थिए । 

नेकपाका नेता योगेश भट्टराई, पूर्व सञ्चारमन्त्री मोहन बस्नेत, नेत्री नविना लामा हल पुगेका थिए । त्यस्तै निर्माता तथा कलाकार दीपकराज गिरी, कलाकार तथा निर्देशक दीपाश्री निरौला, कलाकार जितु नेपाल, संगीतकार अर्जुन पोखरेल लगायतले चलचित्र हेरे । 

विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्त लगायतको मुख्य भूमिका रहेको चलचित्र हेरिसकेपछि अधिकाँशले ‘गोपी’ मौलिक कथामा बनेको बताए । 

नेकपाका नेता योगेश भट्टराईले नेपाली मौलिक कथा बोकेको चलचित्र हेर्न पाएकोमा खुसी ब्यक्त गर्दै यस किसिमको चलचित्रले देशमै केही गर्न सकिन्छ भन्ने युवाहरुलाई प्रोत्साहन गर्ने बताए ।

त्यस्तै पूर्व सञ्चारमन्त्री मोहन बस्नेतले पछिल्लो समय वैदेशिक रोजगारीका लागी नेपालीहरु पलायन भइरहेको अवस्थामा नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश चलचित्रले बोकेको र त्यो जमातलाई यो चलचित्र देखाउन सकिए चलचित्रको उद्धेश्य पुरा हुने विश्वास व्यक्त गरे । नेत्री नविना लामाले संम्भावनाको खोजी गर्न सके नेपालमै बसेर आर्थिक रुपमा सवल बन्न सकिने सन्देश चलचित्रले बोकेको बताईन् ।

त्यस्तै दीपकराज गिरीले किसानहरुले गौरव गर्न लायक चलचित्र बनेको बताए । 

कलाकार जितु नेपालले गोपी सरकारी तवरबाट निर्माण गर्नुपर्ने खालको चलचित्र रहेको बताए । संगीतकार अर्जुन पोखरेलले चलचित्रले बोकेको स्वरोजगार र नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देशले आफ्नो मन छोएको बताए ।

चलचित्रमा बिपिन, वर्षा र सुरक्षाका अलवा प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का, हिउँवाला गौतम आदिको अभिनय रहेको छ । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रलाई सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । आरोही केसीको निर्माण रहेको चलचित्रमा श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्