×

NMB BANK
NIC ASIA

दूरगामी परिवर्तनपछि देश : आर्थिक–सामाजिक रूपान्तर नभएको तीतो यथार्थ

माघ १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

आफ्नो देश र जनताको अग्रगामी उत्तरोत्तर प्रगति र समृद्धिको निमित्त सचेत र समर्पित भएर आफ्नो घाँटीमा हाँसीहाँसी फाँसी लगाउन तयार हुने र छातीमा तातो गोली थापेर निर्भिक र निडरताका साथ प्राणोत्सर्ग गर्ने महान शहीदहरूको सम्झनाले मात्रै पनि देश र देशवासीको शीर गर्वले उच्च हुन्छ ।

Muktinath Bank

नेपाली समाजलाई एकतन्त्री जहानियाँ निरंकुशताको अँध्यारोबाट जनतन्त्रको उज्यालो दिशामा अग्रसर गराउन उच्च आदर्शका साथ जीवन अर्पण गर्ने ती वीर तथा अविस्मरणीय विभूतिहरूप्रति नतमस्तक भएर जति नमन गरेपनि वास्तवमा त्यो कमै हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किनकि शहीदहरूको त्यो त्याग र बलिदान अत्यन्तै महान् र अमूल्य छ र रहिरहन्छ । त्यस गौरवमय शहादतको ऊर्जालाई सामान्य र हलुकारुपमा कसैले पनि लिनु हुँदैन र लिन पनि सक्दैन । त्यसैले निरंकुश शासकहरूले समेत पनि शहीदको गुणगान गाउने स्वाङ गर्दछन् ।


Advertisment
Nabil box
Kumari

तर आजको हाम्रो दुःखद वास्तविकता के छ भने हामीले ती वीर अमर शहीदहरूलाई पनि बजार र व्यापारको वस्तुजस्तो गरेर देश र जनताको निमित्त मन वचन कर्मले समर्पित हुने ती अग्रज योद्धाहरूप्रतिको श्रद्धा र सम्मानलाई समेत औपचारिकतामा सीमित गर्ने गरिरहेका छौं र शहीद दिवसलाई पनि संकीर्ण स्वार्थ साधनको माध्यम बनाउने गर्दछौं ।

Vianet communication
Laxmi Bank

त्यसले गर्दा नै वस्तुतः हाम्रो देश ठूल्ठूला भनिने गरेका दूरगामी राजनीतिक परिवर्तनपछि पनि आर्थिक–सामाजिक रुपान्तरणको सही दिशामा पटक्कै अघि बढ्न नसकेर कमजोर, फितलो र पिछडिएको अवस्थाबाट गुज्रिरहनु परेको तीतो यथार्थ आज हाम्रा अगाडि ठिङ्ग उभिएको छ ।

एकतन्त्री जहानियाँ राणाशासन विरोधी नेपाली जनताको आन्दोलन प्रष्फूटन गराउन ठूलो ऊर्जा, उत्साह र अग्रगति दिने ९७ सालको शहीद पर्व नेपालको गौरवमय इतिहासमा स्वर्णाक्षरले अंकित छ । जुन शहीद पर्वमा ४ महान शहीदहरू – शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालाललाई फाँसी दिने र गोली ठोक्ने दमनकारी काम गरेर मध्ययुगीन सामन्ती निरंकुश जहानियाँ राणा शासनको आयू लम्ब्याउने असफल प्रयास राणा शासकले गरेका थिए ।

तर ती अमर शहीदको उच्च बलिदानी उत्सर्गले राणाशासन विरोधी आन्दोलनलाई काठमाडौं उपत्यकाबाट बाहिर नेपालभर मात्रै होइन, प्रवासमा समेत पनि फैलाइदियो । स्वदेश तथा विदेशबाट समेत अझ संगठित र सचेत रुपमा राणाशाही विरोधी नेपाली जनताको आन्दोलन व्यापक हुँदै र फैलिँदै जान थाल्यो ।

यसप्रकार जनआन्दोलन फैलिँदै जाने क्रममा नेपाली कांग्रेसको बैरगनिया सम्मेलनले राणाशाहीविरुद्ध सशस्त्र संघर्ष गर्ने महत्त्वपूर्ण, सामयिक र ऐतिहासिक निर्णय लिएको थियो । त्यसले गर्दा जनआन्दोलनकारी शक्तिमा आन्दोलनलाई निर्णायक र उच्चदिशा दिन थप योगदान पुर्यायो । नेपाल कम्युनिस्ट पार्टी पनि आफ्नो जन्मकाल १५ सेप्टेम्बर १९४९ देखि नै राणाशाही विरोधी जनआन्दोलमा होमिएको थियो ।

नेपाली कांग्रेसको बैरगनिया सम्मेलनको निर्णयबाट अझ उत्साहित भएर आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टी  सक्रिय रह्यो । सशस्त्र संघर्ष बढ्दै र व्यापक जनताको समर्थन बटुल्दै जान थालेपछि राणा शासकले कुनै किसिमले पनि सत्तामा टिकिरहन सक्ने स्थिति रहेन । २००७ फागुन ७ गते देशमा प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । त्यतिबेला नै दिल्लीको  शरणबाट स्वेदश फर्केका राजा त्रिभुवनले ‘अब देशको शासनभार जनता आफैंले बनाएको विधान अनुसार चल्छ’ भन्ने घोषणा गर्नुपरेको थियो । 

त्यो अरु कुनै कुरा नभएर संविधान सभाकै कुरा थियो । जुन मोडमा आज बल्ल हाम्रो देश आइपुगेको हो । तर यति लामो संघर्षपछि संविधान सभालाई नेपाली जनता र राष्ट्रको हितमा सार्थकरुपले सदुपयोग गरेर जनआन्दोलनकारी शक्तिका आम सहमतिमा वर्गीय शोषण र सामाजिक उत्पीडनमा परेका समुदायलाई सन्तुष्ट तुल्याउने र उनीहरूले समेत स्वामित्व र अपनत्व ग्रहण गर्ने किसिमले संविधान सभाबाट संविधान दिन नसकिरहेको आजको स्थिति हो । त्यसैले आफैंले घोषित संविधान लागू नहुँदै यसलाई संशोधन गर्न तिनै संविधानको घोषणा गर्ने दलहरू अहिले लागिरहेका स्वाङ पारिरहेका छन् ।

निश्चय नै  ००७ सालमा राणाशाहीको अन्त्य र  प्रजातान्त्रिक परिवर्तको पछाडि ९७ सालमा फाँसीमा चढेका र छातीमा गोली थापेका महान् शहीदहरूको अपूर्व प्रेरणा अत्यन्तै ठूलो र महत्त्वपूर्ण योगदान रहेको छ । त्यतिबेला आजीवन जेलनेल खाने र चारपाटा मुडिएर जिउँदो शहीदको मान्यता पाएका अग्रज व्यक्तित्वको त्याग र बलिदानलाई पनि कसैले कदापि अवमूल्यन गर्न सक्दैन । तर शहीदहरूले देखाएको जनता र देशप्रतिको असिम त्याग र समर्पणको बाटोबाट बिमुख भएर प्राप्त सीमित प्रजातन्त्रलाई संस्थागत र सुदृढ तुल्याउने आर्थिक सामाजिक कदम चाल्नतिरभन्दा दरबारिया षड्यन्त्रको शिकार भएर आपसमै लड्ने र जनता तथा देशलाई बिर्सने गलत दलीय आचरण र व्यवहारले गर्दा त्यतिबेला संविधान सभाद्वारा संविधान बन्ने वातावरण नै कायम रहन सकेन । 

राजाले दिएकै संविधान अनुसार ०१५ सालमा संसदको निर्वाचन हुँदा पनि ००७ सालको सीमित परिवर्तनको नेतृत्व गर्ने नेपाली कांग्रेसले नै दुईतिहाइ संसदीय सीट हासिल गरेपछि राजतन्त्रात्मक सामन्ती शक्तिले त्यसलाई कसरी अपदस्थ गर्न सकिन्छ भन्ने दाउपेच खेलिरहेको थियो भने जनआन्दोनलकारी शक्तिहरू पनि आपसमा मिलेर जाने वातावरण बिल्कुलै बन्न पनि सकेको थिएन । जसले गर्दा ००७ सालमा आएको प्रजातन्त्रलाई राजाले फौजी बलमा ०१७ सालमा सहजै समाप्त पारिदिए र सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्था थोपर्ने काम गरे । हजारौं कार्यकर्ता र सयौं नेताले जेलनेल व्यहोर्नुपर्यो । प्रवासको पट्टयारलाग्दो पीडा सहनुपर्यो भने भूमिगत भएर काम गर्नुपर्ने स्थिति बन्यो भने पञ्चायती कालमा हजारौंको हत्या भयो ।

त्यस्तो दमनकारी आतंक मच्चाएर थोपरिएको राजा नेतृत्वको सामन्ती शासन व्यवस्थाको नाम भने ‘पञ्चायती प्रजातन्त्र’ राख्न उनी बाध्य थिए  । किनकि महान् शहीदको बलिदानले ल्याएको प्रजातन्त्रको नामलाई नै नामेट पार्न सकिने स्थिति थिएन । त्यसैले निरंकुश शासकले पनि प्रजातन्त्रको दुहाई दिनुपर्ने बाध्यता र आवश्यकता थियो ।

यसरी शहीदले देश र जनताको निमित्त देखाएको र औंल्याएको त्याग र बलिदानको बाटोबाट बिमुख भएर आपसी कलहमा लाग्दा निरंकुशताले घर गरेपनि त्यसलाई सही किसिमले बुझ्न नसक्दा या बुझ पचाउँदा निरंकुश सामन्ती व्यवस्था झण्डै ३ दशकसम्म कायम रह्यो । अन्ततः अनेक हण्डर–ठक्करपछि बल्ल जनताका शक्तिहरू एकजुट भएर संयुक्त जनआन्दोलनमा उत्रिँदा झण्डै ३० वर्षसम्म चलेको राजाले नेतृत्व गरेको सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्था ४९ दिनको आन्दोलनबाटै समाप्त भएर गयो । अनि २०४६ सालपछि स्थापना गरिएको बहुदलीय व्यवस्थाले पनि जनता र देशका समस्या समाधान गर्ने उच्च राजनीतिक आदर्श र साहस देखाउन छाडेर पार्टी र समूहगत सत्ता लुछाचुँडीमै सीमित हुन थाल्यो । 

त्यसैबेला राजाको पञ्चायती व्यवस्थाले ‘पकेट मोनी अर्थतन्त्र’कै रुपमा भएपनि चलाएका उद्योगधन्दालाई आमनेपाली जनताको हितमा मोड्नुको साटो साम्राज्यवादी उदारवादको नीति अंगीकार गरी हचुवा किसिमले गुन्द्रुकको मोलमा निजीकरण गरियो । आज तिनको नामो निशान दिउँसै बत्ती बालेर खोजी गरेपनि पाइँदैन । राजनीतिक क्षेत्रमा महल पजेरो अनेक आर्थिक र सामाजिक विकृति र विसंगतिले घर गर्यो । यस्तो अधोगामी स्थितिमा फेरि पनि सामन्ती सत्ताले त्यो बहुदलीय व्यवस्थालाई समाप्त पारेर राजाकै निरंकुशता लाद्ने कुचेष्टा गर्यो । त्यसले गर्दा पुनः जनताका शक्तिहरू एकजुट नभइ नहुने स्थिति पुनः सिर्जना भयो । त्यसैको परिणति थियो २०६२÷६३ को विशाल संयुक्त जनआन्दोलन । जसले २ सय ४० वर्षदेखिको राजतन्त्रलाई नै समाप्त पारिदियो । यो वास्तवमा ००७ सालदेखिकै अधुरो कार्यलाई पूरा गर्ने उत्कर्षको जनआन्दोलन थियो । त्यो ९७ सालकै अमर शहीदहरूको अधुरो सपनालाई साकार पार्दै अघि बढ्ने महान कार्य थियो र अद्यापि छ ।

तर सत्तामा पटक–पटक पुगेका दलहरूमा भने ००७ सालपछिकै गलत प्रवृत्तिको निरन्तर पुनरावृत्ति भइरहेकाले आज शहीदहरूको घोर अपहेलना भइरहेको छ । नेपाली जनताको अपमान भइरहेको छ । जनता र राष्ट्रको सार्वभौमिकता र अखण्डता तथा राष्ट्रिय स्वाधीनतालाई अपूर्वरुपमा कमजोर तुल्याउने काम भइरहेको छ । यो गलत प्रवृत्तिलाई सही किसिमले चिर्न  जनताका शक्तिहरू देश र जनताका साझा समस्या हल गर्ने साझा राष्ट्रिय दृष्टिकोण र तदनुरुपको सहमतिका साथ अघि बढ्न तत्पर र तयार नभएसम्म स्थितिमा कुनै सुधार आउँदैन । वस्तुतः अहिलेको अन्योल, अनिश्चितता र अराजकताले यही कुराको संकेत गरिरहेको छ । महान् शहीदबाट सही प्रेरणा नलिने र जनआन्दोलको मर्म र भावनालाई उपेक्षा गर्ने  गतिविधि नरोकिएसम्म देशले कदापि सही बाटो लिन सक्दैन ।

त्यसैले हरेक वर्ष माघ १० गतेदेखि आरम्भ भएर १६ गते समापन हुने शहीद सप्ताहको सन्दर्भमा औपचारिकता पूरा गर्नेभन्दा जनता र देशप्रति साँच्चै समर्पित हुने प्रण, संकल्प अठोट गर्नु अत्यावश्यक छ । आफैं नसुध्रिकन र आफैंभित्र सही परिवर्तन नल्याइकन समाजलाई बदल्ने कुरा केवल कोरा गफ मात्रै ठहरिने यथार्थलाई यो महान् दिनमा आत्मसात र मनन् गर्न सकियो र सिकियो भने मात्र नेपाललाई समुन्नत, सुन्दर र सुनिश्चित भविष्यतर्फ डोर्याउने बाटो फेरि पनि खुल्छ र शहीदका सपना यसरी पूरा हुँदै जान्छन् । यही नै वास्तवमा शहीदप्रतिको सार्थक सम्मान र श्रद्धाञ्जली पनि हुनेछ । ९७ सालका प्रातःस्मरणीय अमर शहीदप्रति शततः नमन !

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x