मंसिर ३०, २०८०
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
काठमाडौं – सुन्दर भविष्यको सपना बोकेर उच्च शिक्षा अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय छिर्ने विद्यार्थी तथा ज्ञान बाँड्ने प्राध्यापकहरू कीर्तिपुरस्थित प्रवेशद्वारबाट भित्र पस्ने वित्तीकै एकपटक झस्किन्छन् ।
सडकमा खाल्डाखुल्डी, बाटो छेउमै फोहोरको थुप्रो र धूलोले जो कोहीलाई पनि असहज महसूस हुन्छ । देशकै सबैभन्दा पुरानो र प्रतिष्ठित विश्वविद्यालयको अवस्था तपाईंले सोचेभन्दा निकै फरक पाउनुहुन्छ ।
त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरस्थित विभिन्न विभाग आसपासमा कतै फोहोर त कतै बाटो बिग्रेर धुलाम्मे भएको छ ।
विश्वविद्यालयको मुख्य क्षेत्र भएर ठूला–ठूला सवारी साधन समेत आवत–जावत बाटो त बिग्रिएको छ नै त्यस आसपासमा अध्ययनरत विद्यार्थीहरूलाई समेत असर परेको छ ।
भित्रैबाट हिँड्ने ठूला सवारी साधनका कारण सडक आसपासमै रहेका भवनमा अध्ययनरत विद्यार्थीलाई असर पर्ने गरेको त्रिवि केन्द्रीय क्याम्पस भौतिक शास्त्र विभागका सह–प्राध्यापक गोपिचन्द्र काफ्ले बताउँछन् ।
वनस्पती शास्त्र, जैविक प्रविधि केन्द्रीय विभाग लगायतका विभाग र केन्द्रीय पुस्तकालय आसपासको अवस्था नाजुक बनिसकेपनि कसैले वास्ता नगरेको उनको गुनासो छ ।
वनस्पती शास्त्र केन्द्रीय विगाग तथा जैविक प्रविधि केन्द्रीय विभागको अगाडि रहेका रूखहरू सुकेर जीर्ण अवस्थामा छन् ।
हावा चल्दा रुखका हाँगा भाँचिएर टाउकोमा लाग्ने हो कि भनी डर लाग्ने गरेको त्रिवि वनस्पती शास्त्र विभागमा अध्ययनरत विद्यार्थी मोहन गिरी बताउँछन् ।
सडकको खाल्डाखुल्डीका कारण लडेर घाइते हुने हो कि भन्ने चिन्ता समेत रहेको उनको गुनासो छ ।
ढल, इन्टरनेट फाइबर र खानेपानीको पाइपका लागि खनेको बाटो १० महिना नाघिसक्दा पनि मर्मत हुन सकेको छैन ।
बाटोमा सवारीको चाप, धूलो र फोहोरले गर्दा शान्त र सफा वातवरणमा पढ्न नपाएको अर्की विद्यार्थी नमूना अधिकारी बताउँछिन् । यसमा विश्वविद्यालय प्रशासनको तत्काल ध्यान जानुपर्ने उनको भनाइ छ ।
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...