२७ जेठ २०८३, बुधबार

‘प्रचण्डद्वारा वामपन्थी नेता श्रेष्ठको स्वास्थ्यबारे जानकारी

‘प्रचण्डद्वारा वामपन्थी नेता श्रेष्ठको स्वास्थ्यबारे जानकारी

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 

निमोनियाबाट बिरामी पर्नुभएका नेता श्रेष्ठ उपचाररत नर्भीक अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । अध्यक्ष दाहालले नेता श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुएको थियो । 

उपचारमा संलग्न चिकित्सकले नेता श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको बताएका थिए । सो क्रममा अध्यक्ष दाहालले नेता श्रेष्ठको उपचारमा कुनै कमी हुन नदिन चिकित्सकसँग आग्रह गर्नुभएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्