×

NMB BANK
NIC ASIA

क्यामरुनलाई फुटबल उपाधि, एपीएफका नगरकोटी उत्कृष्ट खेलाडी घोषित

माघ २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा – छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनको डफिन्स टीम फेमेली फुटबल क्लबले जितेको छ । 

Sagarmatha Cement
Muktinath Bank

पोखरा रंगशालामा आइतवार भएको फाइनलमा विभागीय टीम एपीएफलाई १–० गोलअन्तरले पराजित गर्दै पहिलो पटक फुटबल खेल्न आएको पाहुना टोलीले उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ, ट्रफी र मेडल पुरस्कार जित्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपविजेता एपीएफले ४ लाख ५ हजार रुपैयाँ पुरस्कारमा चित्त बुझायो । 


Advertisment
Nabil box
Kumari

अत्यन्तै प्रतिष्पर्धात्मक फाइनलको ५४ औं मिनेटमा यान्निक ओवानाले उत्कृष्ट गर्दै आफ्नो टीमलाई उपाधिको हकदार बनाएका हुन् । अरमेल अहण्डाले विपक्षी पोस्टमा बल प्रहार गर्ने क्रममा एपीएफका सन्तोष कटुवाललाई लागेर रिबाउन्ड भएकोमा यान्निकले बललाई जाली चुमाएका हुन् । फाइनलमा खेलका म्यान अफ द म्याच घोषित यान्निकले गरेको सो गोल नै अन्ततः निर्णायक बन्यो । 

Vianet communication
Laxmi Bank

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि एपीएफका गोलकीपर राजु नगरकोटीले पाए । उत्कृष्ट गोलकीपरको समेत उपाधि जितेका उनले उत्कृष्ट खेलाडीवापत मोटरसाइकल चढे । 

विधागत रुपमा उत्कृष्ट डिफेन्डर एपीएफकै रमेश दंगाल, मिडफिल्डर मनाङ मस्र्याङ्दीका हेमन गुरुङ, स्ट्राइकर डफिन्सका यान्निक ओवाना, उत्कृष्ट प्रशिक्षक एपीएफका राजेन्द्र तामाङले उपाधि जिते । उनीहरूलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । 

पोखरा रंगशालामा पहिलो पटक फुटबल खेल्न आएको जापानको रिस्सो युनिभर्सिटीको टीमलाई अनुशासित टीमको उपाधि दिइएको छ ।

विजेतालाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा उपाध्यक्ष कृष्ण थापा, आयोजक एन्फा कास्की अध्यक्ष मिलन गुरुङ लगायतले पुरस्कार हस्तान्तरण गरे । 

आयोजकले फाइनल अवसरमा उत्कृष्ट फुटबल खेलाडीको रुपमा उत्तम गुरुङलाई पुरस्कृत गरेको छ । उनले स्कूटर पुरस्कार पाए । 

सञ्चारमाध्यममार्फत् खेल विकासमा उत्कृष्ट योगदान गरेकोमा फोटो पत्रकार उमेश पुनलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरियो । खेलकुद पत्रकार मञ्च कास्की सदस्य समेत रहेका पुन लामो समयदेखि फोटो पत्रकारितामा क्रियाशील छन् । 

एन्फा कास्कीले फुटबल विकासमा लामो समयदेखि योगदान दिएकोमा नवीन पुनलाई समेत सम्मान गरेको छ । क्यामरुन र एपीएफ समान ३ खेल जितेर फाइनल भिडेका थिए । 

उपाधि विजेता क्यामरुनले पहिलो चरणमा च्यासल क्लब, क्वाटरमा त्रिभुवन आर्मी, सेमिफाइनलमा लिग च्याम्पियन मनाङ मस्र्याङ्दीलाई हराएको थियो । फाइनलमा भने विपक्षीको तुलनामा एपीएफले खासै मुभ निकाल्न सकेन । केही उत्कृष्ट अवसर खेर फाल्दा लिगको पाँचौ स्थान रहेको उसले पोखरामा उपविजेतामै सीमित बन्यो । 

जितपछि डफिन्सका क्याप्टेन जो अङगोलाले जितपछि खुशी लागेको प्रतिक्रिया दिए । उनले नेपाली फुटबल कौशल राम्रो रहेको बताए ।

गत माघ १५ देखि शुरू प्रतियोगितामा विदेशी २ सहित १२ टिमले भाग लिएका थिए । वर्षाका कारण निर्धारित फाइनल खेल १ दिनपछि धकेलिएको थियो । 

प्याराफिट अभावमा पनि भुइँमै बसेर फुटबल हेर्न दर्शक उल्लेख्य मात्रामा दर्शक पोखरा रंगशालामा पुगेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x