
काठमाडौं–महिनावारी सुकेको ४ बर्षपछि पनि काठमाडौकी एक महिला आइभिएफ अर्थात टेष्ट ट्युब बेवी पद्धतीको उपचारबाट आमा बन्न सफल भएकी छन् ।
ललितपुरको जालखालेखस्थित अल्का आइभिएफ एण्ड फर्टिलिटि सेन्टरमा टेष्ट ट्युब बेवीबिशेषज्ञ डा. नुतन शर्मासँग उपचार गराएकी ती महिला आमा बन्न सफल भएकी हुन् ।
टेष्ट ट्युबबेवी बिशेषज्ञ डा. शर्मासँग एक बर्षदेखि बाँझोपनको उपचार गराउँदै आएकी ती महिलाको आइतवार राती ९ बजे काठमाडौको बयोधास्थित अस्पतालमा जुम्ल्याह सन्तान जन्मिएकी हुन् ।
जन्मिएका सन्तानमध्ये छोरीको तौल १ दशमलव ६ र छोराको १दशमलव ४ छ ।
अहिले आमा र बच्चाहरुको स्वास्थ्य अवस्था राम्रो रहको डा. शर्माले जानकारी दिइन् ।
टेष्ट ट्युब बेवी पद्धतीबाट महिनावारी सुकेको ४ बर्षपछि पनि ५४ बर्षिय महिलाले सन्तान जन्माएको नेपालमै यो संम्भवत पहिलो पटक हो ।