कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
समय सबैभन्दा बलवान मानिन्छ । यसपालिको जाडो हट्यो । घामले पोल्न थाल्यो । चुनावमा घाम रोज्ने जनता दुईतिहाइ बहुमतको सरकार पाएर पनि निराश हुन थालेका छन् । मंसिरको शुरूमै मदर मूनको होली वाइन खाएर नेकपाको नेतृत्व थलियो । पुसमा कांग्रेस र कम्युनिस्टले आ–आफ्ना अधिवेशनमा चौपट रडाको मच्चाए । पुस २७ बारे बुद्धिजीवीहरूले प्रशस्त लेखे ।
पूर्वराजाको पक्षमा ‘जनमत’ जस्तो देखिँदा बुढा राजाप्रति बुद्धिजीवीहरू सकरात्मक बने । विस्तारवादी भन्नेहरूले राष्ट्रनिर्माता भने । कीर्तिपुरेका नाक काटिएको कुरालाई विदेशीको हल्ला बताइयो, जबकि अनेक स्वदेशी इतिहासकारले त्यो तीतो सत्यलाई स्वीकारेका छन् । बालचन्द्र शर्मा लेख्छन्, ‘समस्त कीर्तिपुरेका नाक र ओठ काटियो । कीर्तिपुरका प्रसिद्ध व्यक्तिहरूलाई प्राणदण्ड दिइयो । पृथ्वीनारायण शाहको यस जघन्य कामको ढाकछोप गर्नु व्यर्थ छ । (‘नेपालको ऐतिहासिक रूपरेखा’ पृष्ठ : १८०) ।’
इतिहासमा शङ्खमणि रानालाई पृथ्वीनारायण शाहको आदेशमा छाला काडेर मारिएको उल्लेख छ । वर्तमानमा जनताका छाला काड्न नेता, बुद्धिजीवी, व्यापारी, कर्मचारी सबै उद्यत् छन् । सबै ‘दिवस’ मा राज्यको रस खानेहरू उट्पट्याङ्को राजनीति गर्छन् । यस्तै–यस्तै देखेर मुक्ति बन्धु लेख्छन्, ‘कांग्रेसीहरू भ्रष्टाचारमा पाकेका हुन्छन्, फत्केका हुन्छन् । उनीहरू आलोचना पचाउन पनि सक्छन् ।
नेकपा नामका सत्तासीनहरू संस्कृति र क्रियाकलापमा कांग्रेसकै पाइला पच्छ्याउँछन्, तर आलोचना सहन सक्दैनन् ।’ डा. गोविन्द केसीको अनशन, कांग्रेसको आन्दोलन र नेकपा अध्यक्षको वक्तव्यले पनि ठूलै तरङ्ग चलेको छ । यस्तै बेला फागुन १, अनेक बिम्ब बोकेर टुप्लुकिएको छ ।
२०५२ देखि २०६२ सम्मका प्रतिदिनका घटना वर्णनातीत छन् । धनजनको त्यो क्षतिको लेखाजोखा हुनै सक्दैन । मुलुकमा सकरात्मक परिर्वतन आउला भनेर जनताले सहेका थिए । बाह्र वर्षको यो अन्तरालमा जनतालाई झनै निराश पारिँदैछ । सन् १८१६ को सुगौली सन्धिपछि मुलुक यो विधि निराशाको चरणमा कहिल्यै थिएन । इतिहासको आलो घाउ हेर्दा दुईवटा प्रतिनिधि घटना बढी उल्लेख्य छ–
१) दोरम्बा काण्ड – २०६० साल साउन ३२ गते सरकार र नेकपा (माओवादी)बीच तेस्रो चरणको वार्ता दाङको हापुरेमा गर्ने तयारी भइरहेका बेला शाही सेनाद्वारा रामेछापको दोरम्बामा २१ जना निहत्थाहरूलाई पक्राउ गरिसकेपछि गोली हानी हत्या गरियो । खाल्डोमा पुरिएका, हात पछाडि बाँधिएका लासको विभत्सता देखेर अनेक पत्रकारहरू विक्षिप्त जस्तै बनेका थिए । ‘मानवता विरुद्धको महाअपराध !’ सबै अधिकारकर्मीहरूले भनेका थिए ।
२) बाँदरमुडे काण्ड– चितवनको बाँदरमुडेमा माओवादीद्वारा बिच्छ्याइएको माइनमा परी सर्वसाधारण चढेको बस विस्फोट भएको थियो । ३८ जना जनसाधारण र ३ प्रहरीले कहालीलाग्दो मृत्युवरण गरेका थिए । अझै अपाङ्गहरू रोइरहेकै छन् ।
समयले घाउमा खाटा बस्छ, तर स्मृति मनको खाटा हो । चरम यातना भोगेका पीडितहरूको स्मृतिबाट त्यो दुर्दान्त पीडा कहिल्यै हट्दैन । यसका लागि तत्कालीन सत्तापक्ष र विद्रोही दुवैले दायित्व निर्वाह गर्नैपर्ने हो । त्यतिखेरको सत्तापक्ष र विद्रोही दुवै यतिखेरका सत्तापक्ष हुन् । घाइते, बेपत्ता र शहीद परिवार आँसुको ढिका पिउँदै बाँच्न वा बिदेसिन बाध्य छन् । सत्ताका कमरेडहरूले पोहोर ‘जनयुद्ध दिवस’ लगभग बिर्सेका थिए ।
सत्ताबाहिरका माओवादीहरूले त्यो दिवसलाई अलि महत्त्व दिए । २३औं जनयुद्ध दिवस समारोहमा महासचिव मोहन वैद्य ‘किरण’ले ‘नयाँ ढंगले बन्दुक उठाउँछौं’ भनेका थिए । पार्टीको मुखपत्र ‘वर्गदृष्टि’ मा ती भनाईहरू ब्यानर न्यूजको रूपमा छापिएका छन् । काममा चाहिँ अहिलेका विद्रोहीको पनि छाँटकाँट गतिलो देखिँदैन ।
नयाँ शक्तिका डा. बाबुराम भट्टराई भन्छन्, ‘२० औं शताब्दीका राजनीतिक दलहरू पूँजीवादी र साम्यवादी वैचारिक विमर्शमा आधारित थिए । उदाहरणका लागि नेपालमा कांग्रेस र कम्युनिस्ट । अब उनीहरूको युग करीब–करीब पूरा भएको छ !’
प्याच्च भन्नुपर्दा त स्वयं डाक्टर साहेबकै युग पो करीब–करीब पूरा भएको पाइँदैछ । चीनको चपेटामा परेर शिथिल बन्दै गएको भारत अझै नेपालमा बफादार सहयोगी खोज्दैछ । २ नंं. प्रदेशलाई आफ्नो प्रभावमा पार्नमै केन्द्रित छ ।
अब प्रचण्डको भूमिकाले देशलाई कस्तो दिशा निर्देश गर्ला ? कम्युनिस्ट पार्टी, कार्यकर्ता र तमाम कम्युनिस्ट मतदाताहरूमा प्रचण्डप्रति फेरि एकपल्ट प्रचण्ड जिज्ञासा जगाएको छ । कूटनीतिज्ञहरू प्रचण्डप्रति आबेगले खनिएका छन् । प्रचण्डकै सल्लाहकार हैसियतका रमेशनाथ पाण्डे प्रवृत्तिले पुरानै पञ्च प्रवृत्ति देखाइसके । पूर्व एमालेका पूर्व परराष्ट्र मन्त्री महेन्द्र पाण्डे खुलेर विरोधमा ओर्लिए ।
अमेरिकाका पिछलग्गुहरू प्रचण्डले बर्बाद गरेको त्रास फैलाउँदै कुर्लिएका छन् । ठीक यही बेला २४औँ जनयुद्ध दिवसको तिथि टुप्लुकिएको छ । पूर्व माओवादी कार्यकर्ता फेसबुकमा क्रान्तिकारी गीत राखेर रमाउँदै छन् । कतिपय ठाउँमा पूर्व एमाले कार्यकर्ताहरूले साझा भाव पनि देखाउलान् । चिया खाइदेलान्, टीका लाइदेलान् । तर नेपाली कांग्रेसले ‘गरीबसँग विश्वेश्वर’लाई टाँसे जस्तो पुतलीको खेलले जनयुद्ध दिवस मनाइनुको कुनै अर्थ छैन । नेकपा सरकारको अलमल र स्थानीय तहको चरम भ्रष्टाचारले सीमा नाघ्दै गर्दा जनयुद्धलाई नेपाल ध्वस्त पार्ने डिजाइन भन्नेहरू जोडतोडले चिच्याइरहेका छन् । नेकपा समाप्तै भैसक्यो राजा आइसके भनिरहेका छन् । अब के होला त ?
कमरेड प्रचण्डको अमेरिकी हेपाहा नीतिको विरोध–वक्तव्य सिद्धान्ततः सही छ । व्यवहारमा पनि यसलाई यसरी हेर्न सकिन्छ । एउटा दादाले सादालाई पिट्दा दादाको चाकरी गर्नेहरू दास हुन् । दादासँग तत्काल लड्न जान नसकिए पनि मनवचनले सादालाई सहयोग गर्न सकिन्छ । फिल्ममा भिलेनले हिरोइनलाई बलत्कार गर्न थाल्दा युवा दर्शकहरू हिरोको व्यग्र प्रतीक्षा गर्न थाल्छन् । जब हिरो आउँछ, ताली, सुसेली र सिटी बजाइन्छ । त्यै हो न्याय चेत, त्यही हो क्रान्ति चेत । त्यही क्रान्ति चेतलाई सिद्धान्त र संगठनले अगाडि बढाउँछ र ठूल्ठूला परिवर्तन सम्भव हुन्छ ।
दश वर्षको बलिदानीले क्रान्तिफल खोजेको छ । अब त्यसले आकार ग्रहण गर्नैपर्छ । नेपाललाई रणमैदान बनाएर चीन घेर्ने अमेरिकी रणनीति सफल हुँदा हाम्रो अस्तित्व रहँदैन । यसबारे कसैले बोल्नै पथ्र्यो । नेकपाका अध्यक्षले बोले । विश्वमै एउटा सनसनी फैलियो ।
चुनावताका केपी ओलीले जनतालाई हँसाइ–हँसाइ भोट मागे । जनताले भोट दिए । नभुलौँ, त्यसको अन्तर्यमा जनयुद्ध थियो । जनताले एमालेको सङ्गठन र माओवादीको क्रान्तिकारी नीतिलाई भोट दिएका हुन् । अब प्रचण्ड र केपी ओलीलाई जुधाउन जनताका शत्रुहरूले न्वारनदेखिको बल झिक्छन्, झिक्दैछन् । यही युद्ध हो, जनयुद्ध यही हो । फागुन ०१ कथाको कृष्ण जस्तै छ, जुन दृष्टिले हेर्यो उस्तै देखिन्छ । फागुन एक : बिम्ब अनेक छन् ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...