कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
दिल थापा
मंसिरे रोगी शितको मिठो स्पर्शसंगै
लेकबाट झरेका दयारिहरु
दाँइ हाल्न श्रीगणेश गर्छन् ।
खलाको समिपमा रहेको कुन्नीयोलाई फोडेर ।
जाँडको तरुनी छोक्र्रालाई सम्झदै
रक्सीको पेन्सन पत्तालाई सम्झदै
कुहिरो लागेको फाँटतिर बसेर ।
घामले कुहिरोलाई चिर्ने आसमा ।
महर्षि वेदव्यास ऋषिले तपस्या गरेको भूमिको माथितिरबाट मगरको लाडी बग्छ।
सेती र मादीको संगममा
स्नान गरेको वेदव्यास ऋषिको गिदीलाई स्पर्श गर्नलाई
च्वाँचेको बोसोको सावुनले
शरीर चोखो बनाई रहेकी
मगर्नी यूवतीको सेतो तिघ्रालाई वेवास्ता गर्दै ।
हिन्दुस्थानको समुन्दमा मिसिन l
च्वाँचेको बोसोको सावुनले होला ।
दमौलीघाटको बगरहरु
डाँडाखुदीबाट तलतिर आँखाहरु चराउदा
अजिवको चम्किलो देख्छु ।
दमौली फाँटको औलले पाकेको दरै बाजेको चिल्ला छाला जस्तै
दमौलीको बगरबाट उता उता आंखा चराउदा देखिन्छ
छाब्दी बराहा थान।
बैदीको मगर दाइले
दमौली आउंदा
मास्दी घाटमा अर्नी खान्छ।
च्वाँचेको बोसोको तेलले
मसाज गरेको बटुक
अलिकति चोखे फालेर
गोलभेडाको अचारमा चोपेर
छाब्दी बराहा पूजा गर्न आउंदा ।
उसलाई पर्खदै होला कोइदीमघाटमा
तरुनी आंखाहरु
सेती नदीको बगाईसंगै
वर्षौंको चोपिलो सम्झना बोकेर l
माघ फागुनतिरबाट
मानुहुम र खुदीतिर कौराको श्रीगणेश हुन्छ ।
गाँउका रोदीघरहरुमा
त्यो बेला व्यास ऋषिलाई ध्यानमग्न हुन गाह्रो हुंदो हो।
मानुहुममा पोलेको च्वाँचेको गन्धले ।
चार वेद आठार पुराण लेख्न मन नलाग्दो हो।
खुदीमा बज्ने खैजडीको
सेतीले लिई आउने संगीतहरुले ।
हिजो मेरो बाउ बाजेले चिनेको भूमि ।
आमाको हातहरुले मलिलो बनाएको भूमि ।
पुर्खाहरुको पैतालले डोबिएको भूमि ।
मगरातको गर्भिलो गन्ध आउने भूमि l
द्याम्बुली त ओढल्याँहा पो गएछ !
कौराहाको खाल उठ्न नपाउँदै
रातारात व्यासभूमि पो भएछ !
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...