२६ जेठ २०८३, मंगलबार

अचानक बाग्लुङको ताराखोलामा किन पुगे प्रचण्ड ?

फागुन १०, २०७५
अचानक बाग्लुङको ताराखोलामा किन पुगे प्रचण्ड ?

काठमाडौँ-बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल माध्यमिक विद्यालय ताराको स्वर्ण महोत्सवको उदघाट्नका लागि नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शुक्रबार ताराखोला पुगेका छन् ।

ताराखोला यस्तो ठाउँ हो जहाँ युद्धको बेलामा सबैभन्दा धेरै माओवादी विद्रोहीहरू सहिद भएका थिए । ताराखोला तत्कालिन युद्दरत माओवादीको आधार इलाकामध्यको सबैभन्दा बलियो इलाका थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले आफू लामो समयदेखि ताराखोला आउन चाहेको तर व्यस्तताका कारण सदरमुकामबाटै फर्किनु परेको दुखेको पोखे । जनयुद्धमा ताराखोलाले खेलेको भूमिकाको स्मरण गर्दै नेपाल मावि ताराको उन्नतिका लागि आफूले सक्दो प्रयास गर्ने बताए ।

'आजै पनि १२ बजेसम्म बालुवाटारमा छलफल भएको थियो, तपाईहरुलाई दिएको वचन, जनताको माया र मेरो मन भित्रको चाहानाले तपाईहरुको माझमा आउन पाएँ,' प्रचण्डले थपे, 'परिवर्तनलाई संस्थागत त गरियो तर जनताको जीवनमा खुसियाली ल्याउन बाँकी नै छ, त्यसको अभिवारा हामीले पुरा गर्नुछ ।'

प्राविधिक विद्यालय स्थापनाको लागि स्थापनाकालको ५० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवमा एक करोड उठाउने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक थमप्रसाद रोकाले बताए । 'पहिलो चरणमा हामीले कृषि-जेटिएलाई प्रथामिकता दिएका छौं, त्यसपछि हामीले इन्जिनियरिङ पढाउने योजनामा छौं,' रोकाले भने ।

'स्वर्ण महोत्सव आयोजना गरेको एक वर्षभित्र प्राविधिक शिक्षालयमा हामी रुपान्तरित हुन्छौं,' विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले भने, 'हामीले गाउँपालिकामा नै पहिलो पटक प्राविधिक विद्यालयका रुपमा नेपाल माविलाई बनाउने योजना बनाएर यो महोत्सवको आयोजना गरेका हौं ।'

खत्रीले अहिलेसम्म ८० लाख संकलन भएको जानकारी दिए । हेलिकप्टर मार्फत दिउँसो ताराखोला पुगेका प्रचण्डलाई बाजागाजा, विभिन्न झाँकीहरु, विद्यार्थी कवाज प्रदर्शन एवम् हजारौं जनताहरुले स्वागत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्