२६ जेठ २०८३, मंगलबार

प्रियंका र आयुष्मान 'स्वच्छ वातावरण महाअभियान'को अभियन्तामा नियुक्त

फागुन १३, २०७५
प्रियंका र आयुष्मान 'स्वच्छ वातावरण महाअभियान'को अभियन्तामा नियुक्त

काठमाडौं- अभिनेत्री प्रियंंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी 'स्वच्छ वातावरण महाअभियान'को अभियन्ताको रुपमा नियुक्त भएका छन् ।

वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उनीहरूलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको हो । 

अभियानताको रुपमा नियुक्त भएका उनीहरूले देशभर स्वच्छ वातावरण बनाउनको लागि जनचेतनाको कार्यक्रमहरू गर्नुपर्नेछ । मन्त्रालयले उनीहरूलाई एक वर्षको नियुक्ति दिएको हो ।

केही साताअघि मात्र सामाजिक काममा योगदान पुर्‍याउने हेतुका साथ आयंका फाउन्डेशन दर्ता गरेका प्रियंका र आयुष्मान स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा आफूलाई पाउँदा एकदमै खुशी लागेको बताए । साथै उनीहरूल आफूलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्