२६ जेठ २०८३, मंगलबार

अनलाइन कारोबारमा लगानीकर्ताको आकर्षण कम

फागुन १४, २०७५
अनलाइन कारोबारमा लगानीकर्ताको आकर्षण कम

काठमाडाैं-नेपाल स्टक एक्सचेन्जले सञ्चालनमा ल्याएको अनलाइन कारोबारमा लगानीकर्ताको आकर्षण कम देखिएको छ । नेप्सेको तथ्यांकअनुसार हालसम्म १ प्रतिशत लगानीकर्ताले पनि अनलाइन सिस्टम प्रयोग गरेका छैनन् । गत कात्तिक २० देखि माघसम्मको अवधिमा १ हजार ४ सय ५२ जनाले मात्रै अनलाइन लगइन लिएर कारोबार गरेका छन् । बजारमा १५ लाख लगानीकर्ता रहेको नेप्सेको अनुमान छ । 

अनलाइन कारोबार गर्न नेप्सेले गत मंसिरदेखि लगानीकर्तालाई लगइन युजर वितरण  सुरु गरेको हो । अनलाइन लगइनका लागि लगानीकर्ताले ब्रोकरसँग सम्झौता गर्नुपर्ने तथा कारोबारको २५ प्रतिशत डिपोजिट गर्नुपर्ने व्यवस्था छ । जसका कारण अनलाइन लगइन युजरप्रति लगानीकर्ताको आकर्षण कम भएको इन्भेष्टर्स फोरमका अध्यक्ष छोटोलाल रौनियारले बताए ।, नयाँ पत्रिकामा खबर छ। 

salt training

कमेन्ट गर्नुहोस्