२६ जेठ २०८३, मंगलबार

फ्राइडे रिलिजः अनमोलको ‘क्याप्टेन’ भर्सेस् आशिरमानको ‘द ब्रेकअप’

फागुन १७, २०७५
फ्राइडे रिलिजः अनमोलको ‘क्याप्टेन’ भर्सेस् आशिरमानको ‘द ब्रेकअप’

काठमाडौं- नेपालमा हरेक साता दुई फिल्म प्रदर्शनमा आउनु नौलो होइन् । तर आशा गरिएको ठूला ब्यानर र स्टार कलाकारका फिल्म एकसाथ प्रदर्शनमा आउनुलाई भने नौलो रुपमा लिइदैन् । यो शुक्रबार अर्थात आज त्यस्तै ठूला ब्यानरका फिल्म प्रदर्शनमा आएका छन् ।

आजबाट प्रदर्शनमा आएका दुई ठूला र प्रतिक्षीत फिल्म हुन् ‘क्याप्टेन’ र ’द ब्रेकअप’ ।

महाशिवरात्रीको छेकोमा प्रदर्शनमा आएका यी दुई फिल्मको भिडन्तलाई लिएर अहिले सिनेवृत्तमा चर्चा छ । धेरैले फिल्मको भिडन्तलाई इगोका रुपमा लिएका छन् भने फिल्मसंग सम्बन्धितले भने दुई फिल्म प्रदर्शनमा आउनु नौलो नरहेको बताएका छन् । तर तर्क जे भएपनि दुबै फिल्मलाई फिल्मकर्मीले एकअर्काका कडा प्रतिस्पर्धाका रुपमा लिएका छन् ।

क्याप्टेन:
अभिनेता भुवन केसीको निर्माणमा बनेको ‘क्याप्टेन’मा उनकै छोरा अनमोल केसी मुख्य भूमिकामा छन् ।

फुटवल खेलाडीको कथामा बनेको फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा अनमोल नेपाली फुटबल टिमका कप्तान ईशान खड्काको भूमिकामा रहेका छन् । देशका लागि स्वर्ण पदक जित्ने यात्रामा आउने चुनौती फिल्मको मूल कथा हो । 

खेलसँग जोडिएका कारण उत्साहित भुवन चलचित्रलाई आफ्नो जीवनकै ‘ड्रीम’ प्रोजेक्ट भएको बताउँछन् । लोकान्तरसँगको कुराकानीमा भुवनले भने, ‘यो मेरो जीवनकै ‘ड्रीम प्रोजेक्ट’ हो । ‘क्याप्टेन’ मेरो मात्र चलचित्र होइन, फुटबल खेलप्रेमी लाखौं नेपालीको आफ्नै चलचित्र हो ।’ फुटबलको धारलाई टेकेर चलचित्र निर्माण गर्नु आफैंमा चुनौतीको काम भएपनि सबै पक्षको सपोर्टमा चुनौतीलाई चिर्दै ‘क्याप्टेन’ निर्माण सफल भएको भुवन बताउँछन् ।

फिल्ममा अनमोलका साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतको अभिनय छ । फिल्मको पटकथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् । फिल्मको ट्रेलर, रहर छ सँगै र कर्ली कर्ली कपालबोलको गीतले लोभलाग्दो हाइप निर्माण गरेको छ । ‘कर्ली कर्ली कपाल’ गीतमा अभिनेता भुवन, अनमोलका साथमा अभिनेत्री निरुता सिंहले नृत्य गरेकी छिन् ।
सुदिप बरालको छायांकन रहेको फिल्ममा दिर्घराज खड्काको छायाँकन छ । फिल्मले प्रदर्शनको पहिलो दिन राजधानीका क्यूएफएक्समा १६ शोज पाएको छ । 

द ब्रेकअप:
आशिरमान देशराज जोशीको मुख्य भूमिका रहेको ‘द ब्रेकअप’लाई हेमराज बिसीले निर्देशन गरेका हुन् । फिल्ममा आशिरमान र शिल्पा मास्के मुख्य भूमिकामा छन् । 

‘द ब्रेकअप’ आशिरमानको दोस्रो फिल्म हो भने शिल्पाको डेब्यू फिल्म हो । यी दुवै कलाकार फिल्मलाई लिएर निकै उत्साहित छन् । प्रेम र विछोडको कथा बोल्ने फिल्मलाई निर्देशक बिसी स्वयंमले नै लेखेका हुन् । फिल्ममा आशिर र शिल्पाले दिएको किस सिनले चर्चा पाएको थियो । त्यस्तै टे«लर र गीतले पनि फिल्मको हाइप क्रियट गरेको छ । 

रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीको संयुक्त लगानी रहेको फिल्ममा आशिर र शिल्पाका साथमा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्कीलगायतका कलाकारहरुको अभिनय छ । नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । फिल्मले पहिलो दिन राजधानीका क्यूएफएक्समा १० शोज पाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्