२७ जेठ २०८३, बुधबार

अमेरिकामा अरबहरूलाई भगाउने भन्दै पसलमा आगो लगाउने पक्राउ

कात्तिक २०, २०७४
अमेरिकामा अरबहरूलाई भगाउने भन्दै पसलमा आगो लगाउने पक्राउ
काठमाडौं, ३० फागुन — अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले किराना पसलमा आगो लगाएका छन् । पसलको साहु अरब मूलको व्यक्ति भएको आफूलाई लागेको र सबै अरबहरूलाई आफूले देशबाट भगाउन खोजेको उनले प्रहरीलाई बताए ।


पछि पो थाहा भयो, उक्त पसल भारतीय मूलका मानिसले चलाएका रहेछन् । अरब मूलका मानिसलाई दक्षिण एसियाली भनी झुक्किएर आक्रमणको सिलसिला अमेरिकामा चलेको छ ।

स्थानीय समयअनुसार शुक्रवार बिहान पौने आठ बजे प्रहरीले एक व्यक्तिको मेट मार्ट किराना पसलमा शंकास्पद क्रियाकलापका बारेमा फोन कल प्राप्त गरेको थियो ।

प्रहरीहरू ठाउँमा आइपुग्दा पसल बन्द थियो अनि छेवैमा ६४ वर्षीय रिचर्ड लेस्ली लोयड नामक मानिसले फोहोरमा आगो लगाएर बसेको थियो ।

प्रहरीलाई देखेपछि उक्त व्यक्तिले हात उठाएर मलाई पक्रेर लैजानुस् भनेको थियो ।

मेट मार्टको मालिक मुसलमान भएको आफूलाई लागेको अनि मुसलमानहरूले मध्यपूर्वमा गरेको गतिविधिले आफूलाई रिस उठेको उनले प्रहरीलाई बताएका थिए ।

अग्निनियन्त्रकहरूले आगो निभाउन सफल भएको अधिकारीहरूले बताए ।

द वाशिङटन पोस्टबाट

salt training

कमेन्ट गर्नुहोस्