२६ जेठ २०८३, मंगलबार

पोखराको विन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण, राष्ट्रपतिद्वारा उद्घाटन

फागुन २३, २०७५
पोखराको विन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण, राष्ट्रपतिद्वारा उद्घाटन

पोखरा – राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको आज एक समारोह बीच उद्घाटन गर्नुभएको छ । 

मन्दिरमा दर्शनार्थ आउने ज्येष्ठ नागरिक एवं शारीरिक रुपमा असक्त सर्वसाधारणको सहजताका लागि लक्षित गरी सो लिफ्ट निर्माण गरिएको हो । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा रु एक करोडको लागतमा सो लिफ्ट निर्माण गरिएको हो । 

एकपटकमा १२ जनासम्म चढ्ने ६० फिट अग्लो लिफ्टको भारवाहन क्षमता ६८० किलोग्राम रहेको छ । 

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरस्थित विन्ध्यवासिनी माता, गणेश र आराध्यदेव महादेवको दर्शन गरी पूजाआर्चना पनि गर्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्