२६ जेठ २०८३, मंगलबार

बैतडीको पाटनमा प्रहरीद्वारा हवाई फायर

फागुन २६, २०७५
बैतडीको पाटनमा प्रहरीद्वारा हवाई फायर

बैतडी- बैतडीको पाटन तनावग्रस्त बनेको छ । 

शनिवार ग्रेडर दुर्घटना हुँदा दुर्घटनामा स्थानीय पुणानन्द पाण्डेको मृत्यु भएको विषयलाई लिएर स्थानीयले आन्दोलन गरेका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले अश्रग्यास र हवाई फायर गरेको प्रहरी इन्सपेक्टर दीपक पातलीले बताए । 

'हिजोको दुर्घटनालाई लिएर स्थानीयवासीले आन्दोलन गरेका थिए, भिड नियन्त्रणमा लिन हामीले अश्रुग्यास र हवाई फायर गरेका हौं,' इन्सपेक्टर पातलीले भने, 'यति राउण्ड हवाई फायर भो भन्ने हिसाब गरेका छैनौं ।'

उनका अनुसार अहिले भिड नियन्त्रण भइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्