पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
आमूल विकास तथा सकारात्मक प्रगति आममानव तथा सम्पूर्ण विश्व जगतको शाश्वत सत्य र अनिवार्य आवश्यकता समेत हो । सबै समय र स्थानका मानिसले विकासका लागि एकल तथा सामूहिक प्रयास गर्नुपर्छ । ढुंगे युगबाट कृषि युग हुँदै पशुपालनको समयमा समेत सापेक्षतामा केही विकास अवश्य भए । तर पछिल्लो शय वर्ष विकास र प्रगतिको रफ्तार उच्च रह्यो र मानव जीवनमा कहिल्यै नसोचिएको उथलपुथल ल्यायो ।
ईसापूर्व १००० को ग्रीसेली, त्यसपछि रोमन नहुँदै मेसोपोटामिया अनि ह्वाङ्हो भ्याली सभ्यताका समय केही रोमाञ्चक विकास भए । पानीघट्टा, ज्यामितीय आँकलन, वाष्पयन्त्र त्यसैका उदाहारण हुन् । लेखक जँ बड्रिलार्ड आप्mनो पुस्तक ‘सिमुलाक्रा यान्ड सिमुलेसन’ मा कल्पनालाई सबैभन्दा महत्त्वपूर्ण सामर्थ्य मान्छन् । पूर्वीय दर्शनको आदिग्रन्थ वेदमा समेत पुष्पकविमान, आकाशवाणी, पानीजहाज लगायत अहिलेका अधिकांश प्रविधिको कल्पना देखिन्छ । आधुनिक समयमा विज्ञानले ती कल्पनालाई यथार्थमा ल्याउँदा मानव जीवनमा बहुपक्षीय सुलभता र सहजता आए ।
सन् १८७६ मा ग्राहमले तत्कालमा सबैभन्दा फरक वैज्ञानिक उपलब्धिस्वरूप फोनको आविष्कार गरे । १९०१ मा मार्कोनीले रेडियो, बेयर्डले १९२५ मा टेलिभिजन, १९३८ मा इर्कड र माउच्लीले कम्प्युटरको विकास गराउँदा नयाँ आविष्कारको शृंखला नै बन्यो । एकपछि अर्को गर्दै एटीएम मशिन, इन्टरनेट, रकेट, जेनेटिक इन्जिनीयरिङ, वासिङ मशिन, विद्युतीय चिम, हवाईजहाज, केबलकार आदि बन्दै गए ।
यी सबै विकासहरू मानवकै विशिष्ट क्षमता र अभ्यासले सम्भव भए । रोमाञ्चक र अविश्वसनीय आविष्कारले नयाँ उचाइ लिँदै पछिल्लोपटक यान्त्रिक बौद्घिकताको लहर आउँदैछ । मानवीय व्यवहार प्रदर्शन गर्नसक्ने यन्त्र अथवा रोबोटहरूमार्पmत यसको प्रयोग व्यापक बन्दैछ । मशिन भए पनि उनीहरू काममा मानव जस्तै देखिन्छन् । केही विलक्षण मानिसहरूका उच्च रचनात्मकताले जन्माएकोे त्यो यान्त्रिक विद्वत्ताले बाँकी आम मानिसमाथि असीमित जैविक चुनौती थप्ने देखिन्छ ।
के हो यान्त्रिक विद्वत्ता ?
यन्त्रहरू मानवबाट मात्रै निर्मित र सञ्चालित हुनुपर्ने पुरानो व्याख्यालाई चुनौती दिँदै मानव जस्तै काम गर्नसक्ने स्वचालित यन्त्रमानवको विकास नै यान्त्रिक विद्वत्ता हो र यसलाई कृत्रिम प्रज्ञा समेत भनिन्छ । जोन हायसले ‘ द कम्प्ल्टि प्रोब्लम सल्भर’ नामक पुस्तकमा कृत्रिम प्रज्ञालाई संसारका सबै समस्याको समाधानका रूपमा हेरेका छन् । पछिल्लो समय आफैं चल्ने गाडी, स्वचालित हतियार, स्वचालित रोबोट, खेतबारीमा काम गर्ने स्वचालित मशिनहरूको प्रयोग बढ्दैछ । जापानमा एक बीमा कम्पनी ‘फुकको लाइफ इन्स्योरेन्स’मा मानवस्रोत तथा श्रमसाधनको सट्टामा केही हदसम्म यन्त्रमानवले काम गर्दैछन् । दुई वर्षपहिले त्यहाँ नै एउटा होटलले रोबोटहरूकै प्रयोगबाट आगन्तुकलाई सेवा दिने अभ्यास थालेको थियो ।
नेपालमा समेत दरबारमार्गस्थित एसबीआई बंैकभित्र परी नामक रोबोटको प्रयोग गरियो । यस्ता यन्त्रमानवले मानिसका जिज्ञासाको जवाफ दिने, आवश्यकता अनुसार सहयोग गर्ने काम गर्छन् । अबको केही दशकभित्र अहिले मानवले मात्र गर्नसक्ने भनिएका अधिकांश कामहरू रोबोटबाटै हुनेछन् । अबको क्रान्ति भनेकै रोबोट क्रान्ति हुने देखिन्छ । रोबोट उत्पादनमा सक्रियमध्येका एन्ड्रोइड लभ डल, सेक्स बोट, ट्रु कम्प्यानियन नामक कम्पनीहरूले त हिँडडुल गर्ने, दोहोरो संवाद गर्ने, मानवीय संवेदना र उत्तेजना प्रर्दशन गर्ने अनि सम्भोग समेत गर्नसक्ने रोबोटको विकासमा समेत काम गरिरहेको बताएका छन् । सुन्दा निकै रमाइलो लाग्ने यी कृत्रिम प्रज्ञाको विकासले दिने पीडा भने अवश्य पनि अधिक हृदयविदारक र दर्दनाकसमेत हुनेछ ।
पीडाको पोखरी
नीक बोर्स्टम र एम मिलानको सम्पादन रहेको २००८ मा प्रकाशित पुस्तक ‘ग्लोबल क्याटास्ट्रोफिक रिस्क’ले संसारका अन्य समस्या वातावरण विनाश, आतंकवाद, भोकमरी, लागूपदार्थ दुर्व्यसनी, गृहयुद्घ जस्तै कृत्रिम प्रज्ञालाई पनि मुख्य समस्या भन्छ । मर्भिन मिस्कीको पुस्तक ‘द सोसाइटी अफ माइन्ड’ ले समेत समान तर्क गर्छ ।
जब कृत्रिम मानवहरूले अन्य सामान्य मानिसले जस्तै कामहरू गर्छन् यसको सबैभन्दा सघन प्रभाव पर्ने पक्ष रोजगार बजार हो । अहिले नै सामान्य मशिनको प्रयोगका कारण थुपै्र मानवले रोजगारी गुमाइरहेका छन् । व्यावसायिक सञ्चार विषयका एक लेखक प्राध्यापक कोर्टल्यान्ड बोभीको तर्क छ – मसलबेस्ड इकोनोमीबाट मशिनबेस्ड अपरेसनमा जाँदा नै रोजगारीका अवसरमा भारी कटौती आइसकेको छ । एउटा इन्टरकमले एक वा दुई रिसेप्सनिस्टलाई प्रतिस्थापन गर्दैछ । एउटा ट्याली नामक सफट्वेयरले कम्तीमा दुईदेखि तीनजना लेखापालहरूलाई विस्थापन गर्दैछ । अघिल्लो दशकमा कुनै पनि बैंकको सामान्य शाखा सञ्चालनमा ल्याउन कम्तीमा एक दर्जन मानवस्रोत आवश्यक हुन्थ्यो । अहिले अधिकांश बैंकका सामान्य शाखाहरू चारदेखि पाँचजनाबाट नै कुशल रूपमा सञ्चालित छन् । अझ बौद्घिकता वा प्रज्ञा समेतले सुसज्जित भएका यन्त्रमानव समेत बनेमा रोजगारीमा गम्भीर गिरावट आउने सम्भावना छँदैछ ।
‘अकाउन्टेन्सी फ्रम पी डब्ल्यु’ नामक एक प्रतिवेदन अनुसार कृत्रिम प्रज्ञाका कारण सन् २०३० सम्ममा अमेरिकामा ३८, जर्मनीमा ३५, बेलायतमा ३०, जापानमा २१ प्रतिशत रोजगारी प्रतिस्थापन हुने देखिन्छ । बढीमा यातायातमा ५६ देखि उत्पादनमूलक क्षेत्रमा ४६ हुँदै सबैभन्दा कम शिक्षामा ९ प्रतिशत प्रभाव पार्ने सर्वेक्षण नतिजाहरू बाहिरिएका छन् ।
यसरी रोजगारीमा सघन गिरावट आएपछि असंख्य मानिसले आर्थिक हैसियत गुमाउनेछन् । भयावह आर्थिक संकुचन, संकट तथा असमानताहरूले मानवलाई अत्याउनेछन् । जीवन निर्वाहकै लागि हत्या, हिंसा, लुटपाट, चोरी डकैती जस्ता आपराधिक गतिविधिहरू बढ्नेछन् । मानिसहरू आफूसँग भएका सम्पत्ति बेचबिखन गरी जीवन निर्वाहका लागि सस्ता देशहरूमा उच्च बसार्इंसराइ गर्ने अनुमान गरिँदैछ । अन्तर्देशीय अपराध समेत मौलाउनेछ । हरेक कुरा यान्त्रिक हुने भएकाले विद्युतको माग अहिलेभन्दा ४० गुणा सम्मले बढ्ने र संसारभर ऊर्जाको भयावह संकटसमेत हुने देखिएको छ । जीवनमा वैराग्यका र मानवीय असंवेदनाका कारण मानिसहरू सामाजिक, पारिवारिक दायित्वबाट पनि पन्छिने हुनसक्छ । पारिवारिक विखण्डन हुने, शिशु जन्मदर अधिक घट्ने साथै मानिसमा नकारात्मक विचारहरूको प्रवाह बढ्दा सभ्यता र विकास नै रोकिन सक्नेसम्मका चिन्ताहरू गहिरिँदैछन् ।
चाहेर पनि मानिसले हप्तामा १५ घन्टाभन्दा बढी काम पाउन नसक्ने र जीवन जिउने आर्थिक उपार्जन नै हुन नसक्ने अनुमान छ । कामको चरम अभावका कारण आलस्यता, अभाव हुँदै अपराधको मार्गमा मानिसहरू होमिनेछन् ।
उपभोक्ताको सामर्थ्य घटेपछि उत्पादकहरू पनि शिथिल वा बन्द हुने हुँदा आर्थिक प्रगतिमा नै विशाल धक्का लाग्नेछ । कम्पनीहरू धराशायी बन्नेछन् । मशिनको अत्यधिक प्रयोगबाट देशका सुरक्षासँग सम्बन्धित अत्यन्त गोप्य तथ्यांकहरू चोरिन सक्छन् । विगतका साइबर हमलाहरू यसैका उदाहरण हुन् । अघिल्लो वर्षमात्र नेपालमा ५८ सरकारी कार्यालयका वेबसाइटहरू आक्रमणमा परेका थिए । उत्तर कोरियाबाट सञ्चालित भनिएको लाजारस नामक ह्याकरले एनआईसी एसिया बंैकको स्विफ्ट ह्याक गरी ठूलो नोक्सानी पुर्यायो । केही महिना पहिलेमात्र त्रिभुवन विमानस्थलको वेबसाइटमा इन्डोनेसियाली ह्याकरबाट आक्रमण भएको थियो । विद्युतीय सुरक्षा जोखिममा नेपाल १२२ देशमध्ये १०८ औं स्थानमा रहेको देखिन्छ । यान्त्रिक विद्वत्ताको कारण प्राकृतिक रूपमा प्रदत्त मानवको गोपनीयताको अधिकारको गम्भीर उल्लंघन हुनेछ ।
अहिले नै गूगलमा प्रतिसेकेन्ड ४० हजार खोजी गरिन्छ । कृत्रिम प्रज्ञाको बाहुल्यपछि इन्टरनेट प्रविधिमाथि करोडौं गुणाले भार बढ्छ र शायद उक्त समयमा कामै गर्दैन । काम गर्दागर्दै आइपर्ने मानवीय संवेदना, सत्यताको सापेक्षता, आवश्यकताको विवेक जस्ता पक्षहरूका आधारमा हुनुपर्ने व्यावहारिक फरक देखाउन मशिनले सक्दैन । सम्पूर्ण प्रणाली नै अस्तव्यस्त हुनेछ । एकोहोरो प्राविधिक अराजकताले सबैलाई नराम्ररी अत्याउनेछ । त्यस्ता मशिन र प्रविधि खरिद गर्न अत्यधिक पैसा लाग्छ । अनुभवबाट सिक्ने र गल्तीबाट सुध्रने आधुनिक व्यवस्थापनका सिद्घान्तहरू कामका कुनै पनि क्षेत्रमा लागू हुँदैनन् ।
पहिले विश्वयुद्घहरूले संसार ध्वंस भएजस्तै अब चाहिँ प्रविधिमाथिको पराधीनता अनि प्राविधिक आक्रमणले त्यस्तो विनाश ल्याउनेछ । आर्थिक विकासको खोजीमा हिँडिरहेको संसारलाई फेरि गलत बाटोमा लैजान सक्छ । यान्त्रिक विद्वत्ता अहिलेलाई विकासको प्रशंसनीय उपलब्धि भए पनि भविष्यलाई अन्तर्घाती विनाशको बाटो बन्ने पक्का छ । यसको पहिलो लक्षण र अन्तिम आघात अर्थव्यस्थामाथि नै देखिनेछ, सबैभन्दा पहिले आर्थिक क्षेत्र नै रुग्ण र जीर्ण बन्नेछ । यसका भविष्यका अन्तर्घातहरूलाई सम्बोधन गर्न बेलैदेखि सबै सरोकारवालाहरू सचेत हुन आवश्यक छ ।
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...