२६ जेठ २०८३, मंगलबार
आतंकको त्रास

न्युजील्यान्डका दुई मस्जिदमा भएको गोलीकाण्डमा मर्नेको संख्या ४० पुग्यो, चारजना पक्राउ

न्युजील्यान्डका दुई मस्जिदमा भएको गोलीकाण्डमा मर्नेको संख्या ४० पुग्यो, चारजना पक्राउ

काठमाडौं – न्युजील्यान्डको क्राइस्टचर्चस्थित दुईवटा चर्चमा शुक्रवार भएको गोलीकाण्डमा मर्नेहरूको संख्या ४० पुगेको छ । चारजना बन्दूकधारीले दुई मस्जिदमा प्रवेश गरेर न्युजील्यान्डकै इतिहासको सबभन्दा खराब आतंकवादी घटना गराएका हुन् । 

प्रधानमन्त्री जासिन्डा आर्डर्नले लिनवूड मस्जिदमा १० जना मारिएको अनि डीन्स एभेन्यु मस्जिदमा ३० जना मारिएको बताएकी छन् । थप २० जना घाइते भएका छन् । 

यो अभूतपूर्व घटना भएको बताउँदै आर्डर्नले यसलाई आतंकवादी आक्रमणको संज्ञा दिइन् । 

हिरासतमा राखिएका चारजना व्यक्ति आतंकवादी निगरानी सूचीमा थिएनन् । 

आक्रमणको योजना लामो समयदेखि बुनिएको स्पष्ट भएको प्रधानमन्त्री आर्डर्नले बताइन् । तीनजनालाई आक्रमणकै सिलसिलामा पक्राउ गरिएको थियो भने अर्का एकलाई छुट्टै पक्राउ गरिएको थियो । 

आर्डर्नले आरोपितहरूका बारेमा थप विवरण दिन नसक्ने बताइन् । 

आरोपितहरूको गाडीमा दुईवटा बम जडान गरिएको थियो तर त्यसलाई पछि निष्क्रिय पारिएको थियो । 

देशको राष्ट्रिय सुरक्षामा जोखिम स्तर उच्च बनाइएको छ । 

डिफेन्स फोर्सले क्राइस्टचर्चमा थप प्रहरी पठाएको छ । 

बन्दूकधारीहरूले मस्जिदमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । हिरासतमा रहेका चार व्यक्तिमध्ये तीन पुरुष हुन् भने एक महिला हुन् । 

न्युजील्यान्ड हेराल्डबाट
 

salt training

कमेन्ट गर्नुहोस्