×

NMB BANK
NIC ASIA

अग्रलेख

शान्ति र सुरक्षा : चनाखोपनको अपेक्षा

चैत ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुरम्य, शान्त र सुरक्षित भनेर चिनिएको प्रशान्त महासागरको दक्षिण-पश्चिममा अवस्थित् मुलुक न्यूजिल्याण्डलाई नेपालमा पर्वतारोही एडमण्ड हिलारीको देश भनेर पनि चिनिन्छ । स्मरणीय छ, तेञ्जिङ नोर्गे शेर्पा र हिलारी २०१० साल (सन्१९५३) मा एकसाथ विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो पुगेका थिए ।

Muktinath Bank

करिव ४८ लाखको जनसंख्या भएको यो न्यूजिल्याण्ड अहिले एक दु:खद घटनाको सन्दर्भमा चर्चामा परेको छ । त्यहाँको ‘क्राइष्टचर्च’ शहरमा शुक्रवार एक आतङ्ककारी आक्रमण भयो जसमा ४९ जना निर्दोष मानिस मारिए । महिला, केटाकेटी कोही अपवाद भएनन् । साप्ताहिक प्रार्थनाको लागि मस्जिदमा भेला भएका नर-नारीउपर अन्धाधुन्ध गोली चलाइएको प्रेस विवरण आएका छन् । छिमेकी देश अष्ट्रेलियामा जन्मेको २८-वर्षे ब्य्राण्टन ट्यारेन्ट नामक बन्दूकधारीलाई प्रहरी नियन्त्रणमा लिइसकिएको छ । उसका मतियार र उग्रवादी विचारका अन्य प्रचारकहरूबारे पनि प्रहरी सजग भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभियुक्त ट्यारेन्टले गोलीकाण्ड गर्नुभन्दा केही मिनेटअघि सामाजिक सञ्जालमा प्रकाशित गरेको ‘घोषणापत्र’ (मेनिफेस्टो) पढ्दा निजले आफू ‘गोरो’ भएकोमा अहङ्कार प्रकट गरेको प्रष्टै देखिन्छ । उसमा मुस्लिम समुदायप्रति चर्को घृणाभाव पनि रहेछ ; प्रतिशोधको भावना समेत तीव्र देखिन्छ । न्यूजिल्याण्ड र अष्ट्रेलिया दुबै देशका प्रधानमन्त्रीबाट यस क्रुर र अमानवीय आक्रमणको तत्कालै निन्दा भएको छ भने अमेरिका लगायतका धेरैवटा देशले यस्ता हिंसात्मक प्रवृत्तिको भर्त्सना गरेका छन् । नेपाल सरकारले पनि शुक्रवारको विभत्स घटनाबारे समयोचित प्रतिकृया दिएको छ ।


Advertisment
Nabil box
Kumari

धर्मको आड र जातीय अहङ्कार प्रदर्शन गरिँदै गरिने हिंसात्मक कृयाकलाप सर्वथा निन्दनीय छन् । नेपालको यो स्थापित मान्यता हो । संसारको जेठो धर्मग्रन्थ वेद अनि शान्तिका अग्रदूत बुध्दको भूमि नेपालको सहिष्णुता र सहजीवनको परम्परा अनुकरणीय स्तरको रहिआएको छ । हो, विगत केही वर्षयता सह-अस्तित्वको यस वातावरणलाई धमिल्याउन, बिथोल्न दुष्प्रयास भएका छन् तर आशा गरौं यस्ता पापकर्म क्षणिक र प्रभावहीन भएर जानेछन् । बरु सरकार र समाजको चनाखोपन र पहरेदारी भने निरन्तर आवश्यक पर्छ ।     

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x