२७ जेठ २०८३, बुधबार

जसले प्रेमिकाको हत्या गरेर शव कुकुरलार्इ खुवाएका थिए !

कात्तिक २०, २०७४
जसले प्रेमिकाको हत्या गरेर शव कुकुरलार्इ खुवाएका थिए !
ब्राजिलको एक फुटबल क्लब एक गोलकिपरलाई अनुबन्धन गरेका कारण आलोचनाको शिकार भएको छ ।
क्लबले जसलाई अनुबन्धन गरेको छ, उनी सन् २०१० मा आफ्नी पूर्व प्रेमिकाको हत्याको आदेश दिएको मामलामा दोषी पाइएका थिए ।

ब्रुनो नाम बाट प्रख्यात बु्रनो फर्नाडिसको सोमबार बाआ इस्पोर्टका अनुबन्धित गरिएको छ ।
केही हप्ता पहिले उनी जेलबाट रिहा भएका थिए । यस अनुबन्धलाई लिएर प्रायोजक तथा सामाजिक सञ्जालमा गम्भीर प्रतिक्रियाहरु आइरहेका छन् ।

सन् २०१३ मा ब्रुनोको २२ वर्षको सजाय सुनाइएको थियो । उनीमाथि आफ्नी पूर्व प्रेमीका एलिजा समुदियोको अपहरण गरेको र पछि हत्या गरेको अभियोगमा दोषी पाइएका थिए ।

तर यस मामलामा एक अपीलको कारण उनी चाढै रिहा भएका थिए । उनका वकिलले कोर्टमा पेस गरेको दलीलमा सफलता पाएका थिए ।
एलिजा समुदियोलाई अपहरण र त्यसपछि हत्या मामलामा ब्राजिलका मिडियामा चर्चाको विषय बनेको थियो । सन् २०१० मा ब्रुनो फर्नाडिस फस्र्ट डिभिजन फुटबल क्लब फ्लामेगामा सफल गोलिकिपरका रुपमा रहेका थिए । 

उनले सन् २०१४को फिफा विश्वकप खेल्ने अनुमानहरु त्यसवेला गरिएका थिए । तर ब्रुनो गिरफ्तार भए जसका कारण फुटबल फ्यानहरु दुखी भएका थिए ।

उनले आफ्नो बयानमा एलिजा समुदियोको गला थिचेर हत्या गरेको स्विकार गरेका थिए र उनको शरीरको भाग कुकुरलाई खुवाएको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्