पुस २०, २०८०
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
चैत १३, २०७५
काठमाडौं –सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको स्वामित्वमा १२ वटा गाडी छन्, त्यसमध्ये ५ वटा गाडी पूल (जगेडा)मा राखिएको पाइएको छ ।
मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा पाँचवटा गाडी ‘कार्यालय प्रयोजन हाल पूलमा’ भनेर लेखिएको छ ।
जगेडामा राखिएका यतिका गाडी कसले प्रयोग गर्छन् त ?
‘हामीले देशभर फ्रिक्वेन्सी अनुगमनमा हिँडिरहनुपर्छ, एउटा गाडी त्यसैमा प्रयोग हुन्छ,’ सूचना अधिकारी मुकुन्द शर्माले भने, ‘अहिले पनि उक्त गाडी पोखरा गएको छ ।’
अर्को एक गाडी श्रव्यदृष्यको अनुगमनमा प्रयोग हुने गरेको उनले बताए ।
एनालग केबलहरूलाई डिजिटलमा लैजाने निर्णयपछि त्यसको कार्यान्वयनको अवस्था बुझ्न उक्त गाडी प्रयोग हुने गरेको उनको भनाइ छ ।
पूलमा रहेका बाँकी गाडी दैनिक कामकाजमा प्रयोग हुने गरेको उनले बताए ।‘उपसचिव
हरूका लागि हामी कहाँ गाडी छैन, अन्य विकासे मन्त्रालयमा गाडी धेरै भएकाले प्रयोग गर्नुभएको होला, तर हामीकहाँ काम पर्दा पूलमा रहेका गाडीहरू प्रयोग गर्ने गरेका छौं,’ उनले भने ।
पूलमा रहेका गाडी नै आवश्यकता अनुसार उपसचिवहरूले प्रयोग गर्ने गरेको उनको भनाइ छ ।
मन्त्रीलाई टोयटा, सचिवको ह्युण्डाइ क्रेटा
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा बा १ झ ८३८७ नम्बरको टोयटा गाडी चढ्छन् । सचिव महेन्द्रमान गुरुङले बा २ ब २६४६ नम्बरको नम्बरको ह्युण्डाइ क्रेटा कार चढ्ने गरेका छन् ।
सहसचिव ऋषिराम तिवारीले बा २ ब २६४७ नम्बरको क्रेटा, सहसचिव राधिका अर्यालले बा २ ब २६४८ नम्बरको क्रेटा र सहसचिव वीरेन्द्र कुमार मिश्रले बा २ झ ३८८८ नम्बरको टाटा नेक्सन कार चढ्ने गरेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
कसले कति लिन्छन् इन्धन ?
मन्त्रालयबाट सचिवले मासिक सय लिटर, उपसचिवले ७० लिटर र दुई पांग्रे सवारी चालकले ५ लिटर इन्धन मासिक पाउने गरेको मन्त्रालयलले जनाएको छ।
क–कसले चढ्छन् मोटरसाइकल ?
उपसचिव शिवप्रसाद त्रिपाठीदेखि सवारी चालक प्रदीप अधिकारीसम्मले मोटरसाइकल तथा स्कूटर प्रयोग गर्ने गरेका छन् ।
हेर्नुहोस्, मन्त्रालयबाट सवारी सुविधा लिनेहरूको सूची :
पढ्नुहोस्, यस श्रृंखलाअन्तर्गत अघिल्ला चार भाग :
भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !
भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !
भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !
भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !
भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...