कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
हाम्रो देश गलत राजनीतिक व्यवस्था, संकीर्ण राजनीतिक स्वार्थ र गैरजिम्मेवार राजनीतिक प्रवृत्तिका कारण पछि परेको कुरा अब मध्य दिउँसोको घाम जत्तिकै छर्लङ्ग भइसकेको छ । अहिलेसम्मका सत्तामा पुगेका विविध रंगरुपका शासकका गतिविधिले यिनै कुरा प्रष्टसँग दर्शाउँदै आएका छन् ।
धेरै अगाडिका कुरा नगरेर २००७ यतादेखिको राजनीतिक परिवर्तनको उतारचढावलाई मात्र सर्सर्ती केलाएपनि यो यथार्थ एकदमै राम्रोसँग प्रकट हुन्छ । तर लाज पचेर नकच्चरो भएपछि यसले कुनै असर पार्दो रहेनछ र देश र जनताप्रतिको जिम्मेवारी बोधको हुटहुटी पनि पैदा गर्दो रहेनछ ।
जसले देशको स्रोतसाधन अर्थात् उपलब्ध सस्तो कच्चा पदार्थ र सस्तो श्रमको दुरुपयोग गरेर कुम्ल्याए, आज तिनीहरू कि त चुपचाप छन्, कि त यसो गर्ने उसो गर्ने भनेर अर्ति–उपदेश दिन तम्सिने गर्दछन् । जसको कुनै औचित्य र सान्दर्भिकता नै छैन ।
७ दशकअघि २००७ सालको दशकदेखि विकास यात्रामा सँगसँगै हिँडेका आफ्ना जोडिएका र निकट छिमेकी देश कहाँ पुगे र हामी कहाँ पुगेका छौं ? त्यो हेर्दा हाम्रो स्रोतसाधन परिचालन गर्ने नेतृत्व कति कमजोर, कति अदूरदर्शी, कति गैरजिम्मेवार र कति बेइमानी रहेछ भन्ने कुरा एकदमै प्रष्ट हुन्छ । यस कुरामा अरु कतैतिर कसैलाई दोष दिएर पन्छिने कुनै ठाउँ नै छैन । तर हाम्रो देशको अहिलेसम्म नेतृत्व गर्ने विविध रुप रंगको तर एउटै धरातल र प्रवृत्तिको शासक वर्गले आफूले देश र जनताप्रति समर्पित भएर सही दिशाबोधका साथ काम गर्न नसकेको र सीमित र संकीर्ण स्वार्थले गर्दा विकास संस्कृति र चेत नआएको वस्तुगत यथार्थलाई स्वीकार्न सकेको या त्यसो गर्न चाहेको पटक्कै छैन ।
वास्तवमा जबसम्म हामीले कुन–कुन कारणले, कसरी र कहाँदेखि बाटो बिरायौं भन्ने कुराको खोजी गर्दैनौं, तबसम्म समग्र र चौतर्फी विकास संस्कृतिको सही दिशामा अघि बढाउनै सक्दैनौ । त्यस्तो अवस्थामा हाम्रा अमूल्य स्रोतसाधनहरू – प्राकृतिक, सांस्कृतिक र मानवीय सबै – या त त्यसै खेर जान्छन् या त सीमित स्वार्थमा प्रयुक्त हुन्छन् । स्वभावतः केही सीमित र सानो समूहका व्यक्ति–व्यक्तिहरू सम्पन्नताले मोटाउँछन् भने अरु बाँकी सबै विपन्नताले झन्पछि झन् दुब्लाउँदै जान्छन् । अनि जतिसुकै विकास संरचना र संयन्त्र खडा गरेपनि र त्यसका लागि जतिसुकै बजेट वितरण गरेपनि त्यो बहुसंख्यक आम जनसमुदायका लागि अर्थहीन र उपयोगविहीन बन्छ । अहिलेसम्मको हाम्रो विकास योजनाको वस्तुगत यथार्थ परिणामले दर्शाएको अन्तिम सत्य यहीँ नै हो । यो विकासले जनतालाई आफ्नो स्थितिबाट अझ तल–तल झार्ने र विस्थापित गराउनेबाहेक केही पनि गर्दैन । अहिलेसम्मको स्थिति विकासले औल्याएको कटु यथार्थ योभन्दा भिन्न दिउँसै बत्ती बालेर खोज्दा पनि पाइँदैन ।
हुन पनि विकासमा जसरी भ्रष्टाचार, तस्करी, कमिशनखोरी, करछली र महंगी हाम्रो राजनीतिक नेतृत्वले अंगीकार गर्दै आयो, त्यसले गर्दा विकास र जनता आपसमा जोडिएनन् । बरु जनता कता छोडिए कता, विकास कता लाग्यो कता जस्तो अमान्य र अस्वीकार्य स्थिति खडा हुन पुग्यो । जनताको व्यापक दबाब र सरोकारको विषय नभएको विकासबाट एकातिर मुठ्ठीभर मानिसले फाइदा उठाएर अकूत र अथाह सम्पत्ति कमाए भने अर्कोतिर रातारात मालामाल हुने समानान्तर भूमिगत अर्थतन्त्र पनि मौलायो ।
भ्रष्टाचार, अवैध धन्दा र कमिशनखोरीबाट कुम्ल्याएको कालोधनलाई सेतो बनाउने परिपाटीले मुलुकमा जुनसुकै राजनीतिक व्यवस्था भएपनि प्रवेश, प्रश्रय र बढावा दिने प्रवृत्ति पायो । वास्तवमा यो विकासको गम्भीर र घातक भाइरस हो, जसले दुष्परिणाम, विकृति र विसंगतिबाहेक अरु केही ल्याउँदैन । यो पनि निरन्तर अनुभव गरिँदै आएको यथार्थ नै हो ।
क्रमागत यस परिप्रेक्षमा जतिसुकै संवत्सरहरू फेरिएपनि हामीले वर्षौदेखि सकी–नसकी बोक्दै व्यहोर्दै आएका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक दुःखकष्टका विभिन्न बोझबाट अझै मुक्ति पाउने परिपाटी बसाल्न सकिने स्थिति बन्दैन । यो एकदमै धु्रव सत्य कुरा हो । यद्यपि उपरी ढाँचाको राजनीतिक परिवर्तनको हिसाबले भन्ने हो भने हामीले २००७, २०४६ र २०६३ सालमा ३ वटा अविष्मरणीय, महत्त्वपूर्ण र ऐतिहासिक आन्दोलन गरेर इतिहासमा अंकित गरिसकेका छौं । तर नेपाल र आमनेपाली जनताको दयनीय स्थितिमा भने आजसम्म कुनै उल्लेखनीय आमूल परिवर्तन ल्याउने दिशाबोधसम्म हुन सकेको छैन ।
पटक–पटक रानीतिक परिवर्तन भएर सत्ताका पात्रहरू जति फेरिएपनि शोषण उत्पीडन गर्ने विभेदकारी परिपाटी पटक्कै फेरिएन । फलतः नेपाली जनता र राष्ट्रलाई जहिले पनि ‘तावाबाट भुंग्रोमा’ परेको अनुभव मात्र हुँदै आयोे । सत्ता पात्र फेरिए । तर सत्ता स्वार्थ उस्तै रह्यो । पटक–पटक परिवर्तनको आशा देखाएर वस्तुतः जनता र देशलाई ठग्ने नयाँ परिपाटी बसालेजस्तो मात्र हुँदै आयो । यसरी परिवर्तन र विकास जनकेन्द्रित र राष्ट्रमुखी हुन बिल्कुलै सकेन । देश र जनतालाई आफ्नै बिर्ताजस्तो मात्र ठान्ने सामन्ती नवसामन्ती ठालु प्रवृत्ति र परिपाटीको अन्त्य भएन ।
अहिले सुदूर बिगततिर नगइ विगत ३ वर्षयताको मात्र कुरामा केन्द्रित हुँदा पनि विविध कारणले हामी निकै निरीह बन्न पुगेको कुरा पनि एकदमै प्रष्ट हुन्छ । एकातिर हामी ८२ वर्षको अन्तरालमा आएको ठूलो शक्तिशाली भूकम्पको मारमा परेर निराशाजनक र दुःखद स्थितिको सामना गर्न बाध्य बन्यौं । त्यो २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पको मार र प्रहारबाट हामी अझैसम्म सही किसिमले बाहिर निस्कन र बाहिरिन पाएका छैनौं । त्यसबाट पीडित अधिकांश जनसमुदाय अझै पनि असुरक्षित र आक्रान्त नै छन् । अनि भावी दिनमा बाँकी बाँचेका अरुले पनि यस्तै प्रकारका विध्वंशकारी प्राकृतिक प्रकोपबाट तुलनात्मकरुपमा के कसरी सुरक्षित हुने हो ? कुनै सुनिश्चितता हुन अझै सकेको छैन ।
यद्यपि ३ वर्षअघि नै संविधान सभाबाट संविधान पनि आयो । यो नेपाली जनताको चीर प्रतिक्षित अपेक्षा नै थियो र हो । तर यो महत्त्वपूर्ण कुरा सबै नेपाली जनताको सामूहिक खुशी, उत्साह र उमंग लिएर आउनुपर्दथ्यो । त्यसरी आउन सकेन । संविधान बनाउनेहरूले नै यसमा अधिकतम् सन्तुष्टि जनाउन सकेनन् र संविधान घोषणा गरेको साता दिन बित्न नपाउँदै संशोधनको बाटो हिँड्न तत्पर भएर हिँडे । त्यसमा पनि अझै घोषित संविधानबारे गम्भीर असन्तुष्टि कायमै छन् । जसका कारण यसको कार्यान्वयन अझै पनि चूनौतीपूर्ण रहेकै छ । तथापि सत्तामा पुगे बसेका दलका नेता यसलाई संसारकै उत्कृष्ट संविधान भनेर महिमा मण्डन गर्न लागिपरेका छन् । तर उनीहरूले त्यो उत्कृष्टताको पुष्टि गर्न भने व्यवहारले सकिरहेका छैनन् । केवल यो संविधानलाई देखाएर भारत र अमेरिकाको पनि यस्तो छैन भनिरहेका छन् । तर यतिबेला अमेरिका र भारतले नै पनि संविधान बनाएको भए कस्तो बनाउने थिए त्यो अनुमान गर्न असम्भव छैन ।
संविधान घोषणा र लागू भएको ३ वर्ष बितिसक्दा पनि नेपाली जनता एकातिर गरीबी र असुरक्षाले आक्रान्त नै छन् भने अर्कोतिर कालोबजारी, तस्करी, चर्को महंगी, भ्रष्टाचार र कमिशनखोरीको ठूलो शिकार बन्न पुगेका र बनिरहेका छन् । त्यो शिलशिला घट्ने होइन, अझ निरन्तर बढ्ने दिशामै गइरहेको छ । अजंग भ्रष्टाचारका अपराधी संरक्षित छन् भने अपराध गर्नेहरूको ढाकछोप गर्ने क्रम जारी छ । राज्य निरीह र असफल बन्ने आशंका व्याप्त छ । पर निर्भरताको पासोबाट नेपाल कसरी उम्केला त्यसको कुनै आधार बन्न पाएको छैन ।
आजसम्म सत्ताको बागडोर सम्हाल्नेहरूले नेपालको अर्थतन्त्रलाई के कसरी भारत आश्रित तुल्याएका रहेछन् भन्ने कुरा पनि अति कम विकसित राष्ट्रको स्थितिबाट विकासशील स्थितिमा प्रवेश गर्न असमर्थ भएबाट प्रष्ट जाहेर भएको छ । २००७ सालयता सत्तामा बस्दै आएका र बसिरहेकाहरूले नेपाली जनता र राष्ट्रलाई के कसरी कमजोर र पराश्रित तुल्याएका रहेछन् भन्ने कुरा छर्लंङ्ग भएको छ । यस पृष्ठभूमि र परिप्रेक्षमा नेपालको चीनसँगको सम्बन्धमा केही नयाँ कुराहरू थपिएका भएपनि ती नेपालको तत्परता, पहल र इच्छाशक्तिका कारणले नभइ चीनको बढ्दो सुरक्षा चिन्ता र अन्तर्राष्ट्रिय आधुनिक व्यापार मार्ग खोल्ने हुटहुटीका कारणले भएको कुरा जगजाहेर नै छ । तथापि खासगरी चीनसँग धेरैपछि आएर पारवहन सन्धी जुन भएको छ, नेपालको अर्थतन्त्रलाई देशगत र वस्तुगत विविधीकरण गर्न मद्दत पुग्ने गरी त्यसलाई कार्यान्वयनमा ल्याउन सक्यो भने त्यो कुरालाई सकारात्मक मान्नुपर्ने हुन्छ । अन्यथा ती सम्झौता निष्क्रिय र उपेक्षित भएर जाने खतरा र सम्भावना पनि त्यत्तिकै रहेको छ । विगतका अनुभवले पनि यसको पुष्टि गर्छन् ।
निश्चय नै संविधानको धर्मग्रन्थ जस्तै एउटा पोथा आएको छ । तर समग्रमा आज पनि देशको स्थिति लथालिङ्ग, भताभुङ्ग र अराजक नै छ । यो कसरी सम्हालिने अझै अनिश्चित नै छ । संविधान सभाबाट संविधान बन्दा त्यसले नेपाली जनताको स्वाधिनता, शान्ति, समृद्धि, समानता र सामाजिक न्यायलाई सुनिश्चित गरेर सुन्दर भविष्यको रुपरेखा कोर्ने जुन अपेक्षा थियो, ३ तहको चुनाव भएर अत्याधिक बहुमतका सरकार बनिसकेको १ वर्ष पछिको आजको स्थिति पनि त्यो जनअपेक्षालाई साकार पार्ने कुनै सार्थक सम्भावना देखा पर्न सकेको छैन । फलतः बितेका वर्षकै विचलनकारी बोझहरू नै अहिले पनि बोक्नु व्यहोर्नुपरिरहेको अवस्था छ ।
यस स्थितिलाई सार्थक कदमका साथ चिर्ने जनताको वैकल्पिक शक्ति निर्माण नभइकन ज–जसले जे–जे गुड्डी हाँके पनि नेपाल र आम नेपाली जनसमुदायको दुर्दशा फेरिने कुनै वस्तुगत आधार बन्दैन । यो कुरा वर्तमानको सापेक्षतामा धु्रव सत्य बनेको छ ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...