तेलुगु फिल्म निर्देशक एसएस राजामोलीको फिल्म ‘बाहुबली–२’ को ट्रेलर युट्युबमा सार्वजनिक भएसँगै चर्चामा आएको छ ।
सार्वजनिक भएको केही घण्टामै साढे तीन हजार भन्दा धेरै मानिसले हेरेका छन् ।
यस फिल्मको ट्रेलर हेर्नका लागि मानिसहरुले लामो समयदेखि कुरिरहेका थिए । बिहीबार बिहान फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । रिलिज भएसँगै केही बेरमै यो ट्रेलर ट्वीटको ट्रेण्डमा आएको थियो ।
फिल्मको ट्रेलर सार्वजनिक गर्दै बलिउड बजार विश्लेष्ढाक तरण आदर्शले जुन ट्रेलर हेर्न सबै आतुर थिए, त्यो सार्वजनिक भएको छ । अब २८ अप्रिललाई मार्क गर्नुहोस् भन्दै ट्वीट गरेका छन् ।