कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
करीब २ वर्षअघि कुरा हो – सेती अञ्चल अस्पताल अगाडि नियमित स्वास्थ्य परीक्षणको क्रममा जाँदै गर्दा १ जना दिदीसँग भेट भयो । मेरो स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेपछि मैले पनि दिदीको के छ नि अवस्था भनेर सोधें । उनले ‘के हुनु बहिनी छोरी नै रहेछ’ भन्ने जवाफ फर्काउँदा म झसङ्ग भएँ ।
मैले त स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेकी थिएँ, उनले त गर्भको लिङ्ग पहिचान गरी छोरी भएमा गर्भपतन गराउने सोच पो बनाएकी रहिछन् । ‘के गर्नु बहिनी मेरो त भाग्य नै यस्तै रहेछ, पहिलो बच्चा पनि छोरी नै भई उसैले भाइ चाहियो भनेर हैरान गर्छे,’ उनले भनिन् । त्यो दिदीको कुरा सुन्दा मलाई अचम्म लाग्यो । सँगै मनभित्र कुनै गहिरो पीडाको आभास पनि भयो । शिक्षाशास्त्रमा स्नातकोत्तर सकेर शिक्षण पेशा अपनाएकी ती महिला जुन छोराको लागि आज एउटा बेकसूर ज्यानको हत्या गर्दैछिन्, त्यही छोराको लागि उनी भोलि कुनै दिन कन्या खोज्दै हिँड्ने छिन् ।
उनीसामु मेरा धेरै प्रश्न बर्सिए – गर्भपतन गराउनु गैरकानूनी काम हो नि दिदी ! फेरि तपाईं एउटा आमा भएर गर्भमा छोरी छ भन्ने थाहा पाउने बित्तिकै गर्भ सफा गराउन कसरी तयार हुन सक्नुहुन्छ ? तपाईंको आत्मा पोल्दैन ? कति पटकसम्म यसरी छोरीहरूको हत्या गर्दै आफ्नो स्वास्थ्य बर्बाद गर्नुहुन्छ ? के ग्यारेन्टी छ कि यसपछि छोरा नै हुन्छ ?
उनको जवाफ सुनेर म स्तव्ध भएँ । उनले भनिन्, ‘के गरुँ त, समाज नै यस्तै छ । आफूलाई नि राम्रो त लाग्दैन । तर समाजका अगाडि एउटा छोरो नभइ कसरी बस्नु ? पहिला त मैले नि यस्तो नगर्ने भन्ने सोचेकी थिएँ । मेरो श्रीमान्ले त झन् यही एउटी छोरीले पुग्यो, अब बच्चा नजन्माउने समेत भन्नुहुन्थ्यो । तर बिस्तारै समाजका अगाडि जाँदा भविष्य सोचेर आफैंलाई लाज लाग्ने रहेछ ।’
फेरि प्रश्न जन्मिए – कहाँनिर छ तपाईंको समाज ? तपाईं–हामी मिलेर नै यो समाज बन्ने होइन र ? तपाईं पनि समाजलाई दोेष दिनुहुन्छ, अर्को पनि समाजलाई दोष दिन्छ, तपाईंको समाजमा जति परिवारहरू छन्, सबैले समाजलाई नै दोष दिइरहेका हुन्छन् भने कहाँनिर बाँकी रह्यो तपाईंको समाज ?
परिवर्तनको शुरूवात आफैंबाट हुने हो । समाजका राम्रा पक्षलाई आत्मसात गर्ने हो । कुरीतिविरुद्ध सबैले परिवार र समाजसँग लड्नुको सट्टा काल्पनिक समाजको निर्माण गरेर दोष अरुमाथि थुपार्नु उपयुक्त होइन । तपाईंजस्तो शिक्षित व्यक्तिको मनोविज्ञान नै यस्तो छ भने यस समाजमा कति छोरीहरूको जन्मिन पाउने अधिकारमाथि खुकुरी प्रहार भइरहेको छ होला ? यस्ता प्रश्नले उनको छोरा पाउने चाहनालाई कति पनि डगमगाउन दिएन ।
अगाडि–पछाडि ५ वर्षे छोरीको हात समाएर गर्भमा हुर्किरहेकी अर्की छोरीको हत्या गर्न तम्सिएका उनी र उनका श्रीमान्को आँतुरता देखेर मनमनै रोइरहें । खै कुन तत्वले काम गरिरहेको छ यस समाजभित्र, जसले छोरा पाउनको लागि आमाहरू आफ्नो कोखको बालकको निर्मम हत्या गराएर मुस्कुराउँदै मेडिकलबाट बाहिर निस्कन्छन् ?
समाजमा यस्ता थुप्रै प्रसङ्ग छन्, जहाँ एउटी आमाले गर्भमा हुर्किरहेको ५ महिने बालकलाई समेत आफ्नो ज्यानकै बाजी राखेर गर्भबाट चुँडाली फालेकोदेखि लिएर आफ्नै श्रीमान्लाई दोस्रो विवाह गर्न लगाएकोसम्म ।
फुपुसँग कुराकानीका क्रममा उहाँले भन्नुभयो, ‘शुरूमै छोरा भएको भए आनन्द हुन्थ्यो । तिम्रो नि छोरी नै भएछ ।’ मैले भने, ‘के भयो त छोराछोरी जे भएपनि आमाबुवाको लागि सन्तान नै त हुन नि !’ त्यसपछि उहाँले ‘त्यसो भनेर काँ हु्न्छ र ? छोरा आँखिर छोरा नै हो । फलानोको छोरा नभएर यस्तो छ, अर्काको उस्तो छ’ भनेर कहानी सुनाउन थाल्नुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो नि भाग्यमा छोरा नै छैनजस्तो छ । छोराकै आशमा ४ वटा छोरी जन्मिसकें । दुइटा कान्छी छोरीहरू जाँच गर्न जाँदा १ जना दिदीले गाली गरेर गर्भपतन गराइनँ । त्यसपछि १२ पटकसम्म गर्भपतन गराइसके । तेरो फुपाजुलाई अर्को बिहे गर भन्छु मान्नैहुन्न ।’ ती फुपुको यहाँसम्मको कुरा सुनेपछि मनमा कता–कता गहिरो चोट पर्यो । एउटा महिला आफैं अर्को महिलाको जन्मलाई पुरुषसरह अस्तित्व दिन तयार छैनन्, एउटा पुरुषको जन्म हेर्नलाई आफैंमाथि ठूलो बज्रपातको माग पुरुषसँग गरिरहेकी छन् र विचरा पुरुष अस्वीकार गर्न बाध्य छन् ।
आँखिर समाजमा पुरुषभन्दा बढी महिलाको मानसिकता महिलाप्रति नै यति तुच्छ कसरी निर्माण भयो ? यस्तो हिन मानसिकता निर्माण हुनुको पछाडि के कारण छ, जुन यति बलियो बनिरहेको छ ?
कतै महिलामा यतिसम्मका दयनिय मानसिकता भेटिन्छन् भने कतै आफू महिला स्वयम् त्यस्ता मानसिकताविरुद्ध लड्न तयार हुँदा परिवारको तिरस्कार र धम्कीको सामना गर्नुपर्ने अवस्थामा हुन्छिन् ।
विषयवस्तुसँग मिल्ने एउटा प्रसङ्गमा चिजजानकी बहिनीसँग कुरा हुँदा बडो पीडा पोखेकी थिइन् । उनलाई श्रीमान्को साथ हुँदाहुँदै घरपरिवारबाट ‘छोरा नजन्माए मेरो छोराको जबर्जस्ती भएपनि अर्को विवाह गराइदिन्छु’ भन्नेसम्मका धम्की आउने गर्छन् । यस्ता समाचार र खबर हामीले प्रायः हाम्रो समाज वरिपरि सुनिरहन्छौं ।
जसले यस्ता अन्याय भोग्नुपरिरहेको छ, उसको भययुक्त जीवन साँच्चिकै अति नै पीडादायी छ । दुर्लभ मानव जीवनमा आफ्नो चेतनाको स्तर लैंगिक विभेदभन्दा माथि उठिसकेपनि परिवार र समाजको तुच्छ र संकीर्ण जिद्दी मानसिकताले गर्दा कैयौं नारी तनावपूर्ण जीवन झेलिरहेका छन् ।
संविधान संशोधन विधेयकमा महिलाको नागरिकता अधिकारबारे ठूला–ठूला बहस गर्ने कथित बुद्धिजीवीहरू आफ्नो समाज वरिपरि भइरहेका छोरीका हत्यामा आफू र आफ्ना नातागोता कति र कसरी संलग्न भइरहेका छन् ? त्यस्ता यथार्थ घटना पनि बाहिर ल्याउन र ती मानवरुपी दानवको दानवी व्यभिचारविरुद्ध लड्न समय खर्चेमा जन्मिन पाउने छोरीको अधिकारको रक्षा हुन्थ्यो कि ? जन्मेपछिका अधिकारबारे पछि बोलौंला, पहिला जन्मिन पाउने अधिकारबारे त चर्को आवाज उठाऔं ।
कथित ठूला भनिने लेखकज्यूहरू यस्ता प्रसङ्ग उठाएर खाली आफ्नो धर्म र संस्कृतिमा मात्रै आक्रमण गर्न खोज्छन् । त्यो आक्रमण पनि कसैले लादिदिएको भ्रमको आधारमा मात्रै हो । हाम्रो मूल धार्मिक ग्रन्थलाई आफूखुशी व्याख्या गर्दागर्दै कैयौं कुरीतिहरू भित्रिएका अवश्य हुन् । हाम्रो देशको मुुख्य धर्मको यति लामो इतिहासमा यस्ता केही विकृति भित्रिनु स्वभाविक पनि हो । तर हामी अब वास्तविकता र विकृतिमा फरक छुट्याउन सक्छौं । यस्तै विकृतिमध्ये छोरा अनिवार्य भन्ने मनोविज्ञानको विकास पनि हो । तर आधुनिक मेसिन र उपकरणले त्यस मनोविज्ञानलाई बल दिइरहेको पनि यथार्थ हो ।
हामीले भन्ने गरेको पुरातन समाजमा पनि छोराको लागि सन्तान धेरै जन्माइन्थ्यो । तर यसरी गर्भबाट छोरीलाई टुक्राटुक्रा पारेर फालिँदैन्थ्यो । हाम्रै नेपालमा रहेको जनकपुरमा त्रेता युगका राजा जनककी एक मात्र पुत्री थिइन् सीता । जनक त्यतिबेलाका शक्तिशाली राजा थिए । तर उनले पुत्रको लागि दोस्रो विवाह कहिल्यै गरेनन् । हाम्रा धेरैजसो धार्मिक ग्रन्थमा पनि निसन्तानले सन्तान प्राप्तिका लागि यज्ञहरू गरिएका उदाहरण छन् । तर पुत्र प्राप्तिका लागि यज्ञ गरेको कुनै प्रसङ्ग भेटेकी छैन । ३ महिने भ्रूण, २५ वर्षे जवान र ९० वर्षे वृद्धमा हुने चेतना एउटै हो ? शारीरिक बनावटमा भएको भिन्नताले चेतनाको अस्तित्व पहिचान हुँदैन । छोरीको रुपमा यस अमूल्य मानव चोला प्राप्त गर्ने अवसर पाइरहेका कैयौं आत्माको उद्धार गरौं ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...