सरकारले आग्रह गरे विप्लवलाई वार्तामा ल्याउन सक्छु : देवेन्द्र पौडेल [भिडियो अन्तर्वार्ता]

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

काठमाडौं – देवेन्द्र पौडेल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुन् ।

प्रतिनिधिसभा सांसद समेत रहेका नेकपाका प्रभावशाली नेता पौडेल नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्तामार्फत मूलधारमा ल्याएर समस्या समाधान गर्नुपर्ने विचार राख्छन् ।


Advertisement

लोकान्तर डटकमको ‘लोकान्तर शो’का लागि दिलनिशानी मगरसँगको कुराकानीमा नेता पौडेलले सरकारले आग्रह गरे विप्लव नेतृत्वको पार्टीलाई वार्तामा ल्याउन भूमिका खेल्ने बताए ।

विध्वंशात्मक क्रियाकलाप गरेको भन्दै सरकारले विप्लव समूहका क्रियाकलापमाथि प्रतिबन्ध लगाएको छ । नेता पौडेल भने सरकारले चाहेमा आफूले विप्लवलाई वार्तामा ल्याउन सक्ने बताउँछन् ।


Advertisement

कुन शर्तमा विप्लव वार्तामा आउलान् ? सरकारका काम कारवाही किन निराशाजनक ? पार्टी एकतामा किन ढिलाइ ? लगायत प्रश्नमा पौडेलको जवाफ हेर्नुहोस् भिडियोमा

कमेन्ट गर्नुहोस्