२६ जेठ २०८३, मंगलबार

प्रचण्डले गरे गृहजिल्ला चितवनका कांग्रेस र राप्रपालाई स्वागत !

प्रचण्डले गरे गृहजिल्ला चितवनका कांग्रेस र राप्रपालाई स्वागत !

चितवन – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र राप्रपाका कार्यकर्तालाई नेकपा प्रवेश गराएका छन् ।

बुधवार चितवनको माडीमा पार्टीका अगुवा कार्यकर्तासँग अन्तर्क्रिया तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले नेकपामा प्रवेश गर्ने अन्य पार्टीका कार्यकर्तालाई अबिर तथा हँसियाहथौडा अंकित टोपी लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

नेकपा प्रवेश गर्नेमा माडी नगरपालिका–१ का नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता उत्तम न्यौपाने, अर्बिन काफ्ले र दशरथ भण्डारी रहेका छन् । राप्रपाबाट सुरज कार्की, मनोज राई, प्रेम न्यौपाने, राजकुमार राई, डोरबहादुर कार्की, श्याम नेपाली, विशाल सापकोटा, नवराज राई, भीमबहादुर राई, सुजन कुमाल, जीवन नेपाली, रवीन्द्र कार्की, यन्द्र प्रसाई, प्रताप प्रसाई, दुर्गा प्रसाई, रोशन भट्टराई, हेम राई, गोपाल नेपाल रहेका छन् ।

प्रचण्डले पार्टी एकताको बाँकी काम अब छिट्टै टुंगिने बताए । उनले पार्टी एकताको काम छिट्टै टुंग्याउने बताए । प्रचण्डले माडीमा पार्टी कमिटी निर्माण गरेर जनताको काम मिलेर गरेकोमा स्थानीय नेता तथा कार्यकर्तालाई धन्यवाद दिए ।

‘माडीमा गुणात्मक प्रगति हुँदैछ भन्ने सुनाउन पाउँदा मलाई गर्व अनुभूति भएको छ,’ प्रचण्डले भने, ‘माडीको विकासका लागि रिङरोड बनाउने, रिउ खोलामा तटबन्ध निर्माण गर्नेदेखि सुकुम्बासी समस्या समाधानका लागि पहल भइरहेको छ ।’

‘हाम्रो देशको कर्मचारीतन्त्र पुरानै तर राजनीतिक प्रणाली नयाँ भएको छ,’ प्रचण्डले भने, ‘पुरानै कर्मचारीतन्त्र राजनीतिक प्रणाली नयाँ, संविधान नयाँ तर ऐन नियमहरू पुराना हुँदा सरकारलाई निकै धेरै मिहिनत गर्नुपरेको छ । यहाँका जनप्रतिनिधि र पार्टी अध्यक्ष भएको नाताले मलाई पनि निकै मिहिनत गर्नुपरेको छ ।’

मंगलवार पनि प्रचण्डले आफ्नो निवासमा विप्लव नेतृत्वको नेकपा निकट संगठनका करीब १ दर्जन युवालाई सत्तारुढ नेकपामा प्रवेश गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्