
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले यसैवर्ष वृद्धभत्ता बढाउने घोषणा गरेका छन् ।
आइतवार ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैंक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको बजेटमा वृद्ध भत्ता बढाउने घोषणा गरेका हुन् ।
उनले भने, 'यस वर्षको बजेटमा वृद्धभत्ता बढ्छ । यो गोप्य राख्ने कुरै होइन ।'
कार्यक्रममा उनले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सरकारले साकार पार्ने बताए ।