
बागलुङ–गलकोटमा आज भीषण बर्षा भएको छ । बर्षासँगै आएको बाढीले गौधीखोला आसपासका क्षेत्र जोखिममा परेका छन् । बर्षाका करण गलकोट नगरपालिका वडा नम्बर ३ र ६ जोड्ने गौधिखोलाको मोटरेबल पुलको जाली, कच्चा सामाग्री, टेका लगायतका सामाग्री बगाएको छ । खोलाले गलकोट नगरपालिका वडा नम्बर ३ को पुल समेत बगाएको छ ।
गौधिखोलाको नजिक रहेको सार्वजनिक शौचालयमा बाढी पसेको छ । गलकोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटी ईन्ङलिस स्कुल, ईश्बर बुढाथोकी, बडा अध्यक्ष नेत्र बहादुर बुढाथोकी, होम बहादुर नेपालीको पक्की घरमा बाढी पसेको छ । त्यस्तै उपस्बास्थ्य चौकीमा समेत बाढी पसेको गुमानसिह बुढाथोकीले जानकारी दिए ।
बुढाथोकीको अनुसार कर्ण बहादुर श्रीसले पालेको २ ओटा बगुंर बगाएको छ भने गोठ भत्काएको छ । गलकोट नगरपालिका बडा नम्बर ३ हटियामा होटल मनु पनि बाढीले प्रभावित भएको छ ।
गलकोट नगरपालिका बडा नम्बर २ मा स्थानीय खेतमा खोला पसको छ । स्थानीय राम बहादुर थापाको गोठ र कुखुरा फर्म बगाएको छ ।
आज दिउसो २ बजेबाट गलकोटमा असिना सहितको बर्षा भएको हो । बर्षा संगैं आएको बाढीले खोला आसपासका क्षेत्रहरु कटान गरको छ । त्यस्तै गलकोट नगरपालिका बडा नम्बर २ मा पुष्पलाल मध्येपहाडी लोकमार्गमा रहेको पक्की पुलको सतह सम्म बाढि आएको बताइएको छ ।
गलकोट नगरपालिकाको दुदिलाभाटी ,२ नरेठाटी, हटिया, हरिचौर मजुवा लगायतका स्थानमा असिना सहित बर्षा भएको थियो ।