पुस १९, २०८०
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
बैशाख २, २०७६
काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री, राज्यमन्त्री र सचिवालयका नाममा मात्रै ११ वटा गाडी प्रयोग हुँदै आएको पाइएको छ ।
मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा मन्त्री चक्रपाणि खनालको व्यक्तिगत प्रयोजनका लागि ३ र सचिवालयलाई ३ गरी ६ तथा राज्यमन्त्री रामकुमारी चौधरीको व्यक्तिगत प्रयोजनका लागि २ र सचिवालयका लागि ३ गरी ५ सहित ११ सवारी साधन प्रयोग हुँदै आएको पाइएको हो ।
बा२झ २५४२ नम्बरको फोर्ड इन्डेभेर जीप, बा२झ २५४३ नम्बरको प्राडो जीप र बा२झ ८८८४ नम्बरको सेराटो कार मन्त्री खनालले प्रयोग गर्दै आएका छन् । यसमध्ये एउटा जीप फागुनयता मर्मतका लागि कम्पनीमा रहेको विवरणमा उल्लेख छ ।
बा२झ ३२३९ नम्बरको महिन्द्रा स्कोर्पियो मन्त्री खनालका स्वकीय सचिव सरोज खनालले चढ्छन् । मन्त्री खनालले सचिवालयकै नाममा बा२झ ३८६८ र बा१झ ९९९८ नम्बरको गाडी पनि लिएका छन् ।
राज्यमन्त्री चौधरीले बा२झ १३९६ नम्बरको टोयटा जीप र बा२झ ८२२८ नम्बरको कियाकार चढ्छिन् । उनले सचिवालयका लागि बा२झ १५६२ नम्बरको निशान जीप र फोर्ड कार सचिवालयका नाममा लिएकी छन् । फोर्ड कार स्वकीय सचिव ङामुक लिम्बू चढ्छन् । राज्यमन्त्री चौधरीको निजी सचिव पद्मा पोखरेलले बीएए १४४३ नम्बरको महिन्द्रा गाडी चढ्दै आएकी छन् ।
यतिमात्र होइन, मन्त्रीले २ र राज्यमन्त्रीले २ मोटरसाइकल समेत सचिवालयका लागि भनेर लिएका छन् । मन्त्रीको सचिवालयका लागि लिएको मोटरसाइकल सचिवालयका राजेन्द्र राना र प्रेस सल्लाहकार बोमलाल गिरीले चढ्छन् भने राज्यमन्त्रीको सचिवालयको नाममा लिएका मोटरसाइकल कुमार जिरो राई र यमराज बोहोराले चढ्दै आएको देखिन्छ ।
मन्त्रीसँग दुईवटा गाडी मात्र छ: प्रेस सल्लाहकार गिरी
मन्त्री खनालका प्रेस सल्लाहकार बोमलाल गिरीले मन्त्रीसँग २ वटा मात्र गाडी रहेको बताए । ‘मैले त मन्त्रीज्यूसँग दुईवटा गाडी मात्र रहेको देखेको छु, तेस्रो गाडी कहाँबाट आयो ?’ गिरीले प्रश्न गर्दै भने, ‘दुईवटा गाडी त मन्त्रीका लागि आवश्यक नै हुन्छ ।’
उनले सचिवालयसँग पनि दुईवटा गाडी मात्र रहेको बताए । ‘एउटा स्वकीय सचिवले चढ्नुहुन्छ, अर्को सचिवालयमा पूलमा छ,’ गिरीले भने ।
मन्त्री खनालको निजी सचिवालयमा रहेका शाखा अधिकृत सुरेन्द्र सुवेदीले मन्त्रीसँग दुईवटा गाडी रहेको र अर्को एउटा मर्मतमा रहेको बताए, जुन कुरा मन्त्रालयले उपलब्ध गराएको विवरणमा पनि उल्लेख छ । फागुनयता मर्मतमा रहेको भनिएको गाडी त्यसअघि मन्त्रीले नै प्रयोग गर्दै आएको देखिन्छ ।
सचिवालयको एउटा गाडी भने फिर्ता गर्ने प्रक्रियामा रहेको सुवेदीले बताए । ‘निजी सचिव अर्जुन भण्डारी सर सीडीओ बनेर सरुवा भएपछि उहाँले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने प्रक्रियामा छौं,’ उनले भने, ‘अर्को एउटा पुलको गाडी आवश्यकताअनुसार चढ्ने गरिएको छ ।
सचिवलाई २/२ गाडी
कृषितर्फका सचिव युवकध्वज जिसी र पशुपन्छी तर्फका सचिव प्रकाश माथेमाले २/२ वटा गाडी प्रयोग गर्दै आएका छन् । दुवैले १/१ वटा गाडी भने फिल्ड प्रयोजनका लागि प्रयोग गर्ने गरेको मन्त्रालयले जनाएको छ । सचिव जिसी बा२झ ३८६७ नम्बरको टोयटा फर्चुनर र बा२झ ३५८८ नम्बरको कियाकार चढ्छन् । सचिवमा थेमाले भने बा२झ ३५८० नम्बरको स्कोर्पियो र बा२झ ३६०२ नम्बरको कियाकार चढ्ने गरेका छन् ।
सवारीमा धनी मन्त्रालय, सहसचिव र उपसचिव सबैलाई गाडी
मन्त्रालयले सहसचिव र उपसचिव सबैलाई गाडी उपलब्ध गराएको छ । केही उपसचिवले भने साझेदारीमा गाडी प्रयोग गर्ने गरेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा देखिन्छ ।
मन्त्रालयमा ४ पांग्रे र २ पांग्रे दुवै प्रकृतिका सवारी उल्लेख्य मात्रामा रहेको पाइएको छ । मन्त्रालयमा ४४ वटा ४ पांग्रे र १ सय ५० दुईपांग्रे सवारी साधन छन् । त्यसमध्ये एउटा गाडी बिग्रिएर कामै नलाग्ने अवस्थामा रहेकाले लिलामीको प्रक्रियामा रहेको जनाइएको छ ।
हेर्नुहोस्, ४ पांग्रे सवारीसाधन प्रयोगकर्ताको विवरण:
क–कसले चढ्छन् मोटरसाइकल ?
मन्त्रालयको स्वामित्वमा १ सय ५० वटा मोटरसाइकल रहेको देखिन्छ, त्यसमध्ये ८ वटा बिग्रिएर थन्किएका छन् । शाखा अधिकृत, नायव सुब्बा लगायतले मोटरसाइकल चढ्ने गरेको देखिन्छ ।
हेर्नुहोस्, मोटरसाइकल/स्कूटर प्रयोगकर्ताको विवरण :
मन्त्रीको प्रयोजनमा मासिक ७१० र राज्यमन्त्रीलाई ५९० लिटर इन्धन
मन्त्री खनालका ३ गाडीलाई मासिक १८०, १५० र ५० गरी ३८० लिटर इन्धन मन्त्रालयले उपलब्ध गराउँछ । सचिवालयका ३ गाडीका लागि १६०, ९० र ८० गरी ३३० लिटर इन्धन उपलब्ध हुने गरेको देखिन्छ । ६ वटै गाडीले मासिक पाउने कूल इन्धन ७१० लिटर हुन आउँछ ।
राज्यमन्त्री चौधरीका २ गाडीलाई मासिक २०० र ६० गरी २६० तथा उनको सचिवालयका ३ गाडीलाई १२०, ११० र १०० गरी ३३० लिटर गरी मासिक कूल ५९० लिटर इन्धन मन्त्रालयले उपलब्ध गराउने गरेको छ ।
सहसचिव र उपसचिवहरूले प्रतिसवारी बढीमा १५० देखि घटीमा ४० लिटरसम्म इन्धन मासिक लिने गरेका छन् । इन्धनसम्बन्धी विवरण माथि राखिएको तस्वीरहरूमा नै उल्लेख छ ।
हेर्नुहोस् शृंखलाका १३ भाग :-
भाग- १३ : सिंहदरबारभित्रै चरम बेथिति, उपसचिवले पनि लिन्छन् मन्त्रीसरह इन्धन !
भाग- १२ : सरकारी सम्पत्तिमा खिया : वन विभागका ६० प्रतिशतभन्दा बढी गाडी कुहिएर उम्रियो झार !
भाग- ११ : प्रधानमन्त्रीकै वरिपरि अपारदर्शी कर्मचारी, २२ दिन कुराएर सूचना दिन कन्जुस्याइँ
भाग- १० : विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा
भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !
भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !
भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी
भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?
भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !
भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !
भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !
भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !
भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...