मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
बुटवल- जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नगरिकता प्रदान गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) रुपन्देहीले सोमवार भैरहवामा प्रदर्शन गरेको छ । राजपा रुपन्देहीको आह्वानमा भैरहवामा प्रदर्शन गरिएको हो ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित हनुमान मन्दिरबाट शुरू भएको प्रदर्शन पिपरहिया चोक, गल्लामण्डी, मिलनचोक, मेनरोड हुँदै जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेट अगाडि पुगेर कोणसभामा परिणत भएको राजपा रुपन्देहीका संयोजक अजय वर्माले बताए ।
प्रदर्शनकारीले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर, रेशम चौधरी लगायत आन्दोलनकारीलाई तत्काल रिहा गर, आन्दोलनकारीमाथिको मुद्धा फिर्ता गर, भ्रष्टाचारी, कालोबजारी, महंगी, अन्त्य गर, राज्य आतंक र लोकतन्त्र विरोधी गतिविधि बन्द गर, सुलभ तरिकाले नागरिकता वितरण जस्ता नारा लगाएका थिए । केन्द्रीय कार्यसमितिको निर्णय अनुसार रुपन्देहीमाप्रदर्शन गरिएको वर्माले जानकारी दिए ।
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नुपर्ने, संविधान संशोधनको माग पूरा गर्नुपर्ने लगायतका माग राखेर प्रदर्शन गरिएको राजपा रुपन्देहीका प्रवक्ता मोहम्मद इस्लामले बताए ।
कोणसभामा बोल्दै राजपा नेतृ तथा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य कल्पना पाण्डेले जन्मसिद्ध नागरिकका सन्तानहरुको नागरिकता नहुँदा उनीहरू विभिन्न अवसरबाट वञ्चित भएकाले यथाशिघ्र नागरिकता वितरण कार्य शुरू गर्नुपर्ने बताइन् । उनले सरकारले मधेशी जनतालाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिएको बताइन् । 'मधेशी जनतालाई अधिकार दिनबाट वञ्चित गराइए राजपा थप कडा आन्दोलनमा उत्रिन्छ,' पाण्डेले भनिन् ।
पार्टी रुपन्देहीका संयोजक अजय वर्माले मधेशी जनतालाई नागरिकताबाट वञ्चित गराइए राजपा थप कडा संघर्षमा उत्रिने बताए । राजपा रुपन्देही अध्यक्ष मण्डलका सदस्य महेन्द्र गुप्ता (प्रशान्त)ले मधेश विरोधी शक्तिलाई विरोधीलाई जनताले परास्त गर्ने बताए । पार्टीका रुपन्देही प्रवक्ता मोहम्मद इस्लाम खान, सिद्धार्थनगर अध्यक्ष अरमान अली लगायतले बोल्दै वर्तमान दुइतिहाई बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...