काठमाडौँ, ४ चैत - ऊर्जामन्त्री जनार्दन शर्मा दक्षिण कोरियाको तीनदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपालको जलविद्युत्मा कोरियाली लगानी जुटाउने उद्देश्यका साथ गएका मन्त्री शर्माले ‘कोरियालाी, लगानी नेपालको पानी’ विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
मन्त्री शर्माले कोरियाका ऊर्जा मन्त्रीसँग नेपालको जलविद्युत्मा लगानीका विभिन्न आयामका बारेका छलफल गर्ने र साउथ इस्ट पावर हाइड्रो कम्पनीलगायत कोरियाले अगाडि बढाएका आयोजनाको समेत स्थलगत अध्ययन गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव वसन्त शर्माले जानकारी दिनुभयो मन्त्री शर्मा यही चैत ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।