×

NMB BANK
NIC ASIA

मनपरीतन्त्र

प्रदेश मन्त्रालयका कर्मचारी छाडा, मन्त्रीसँगै छैन लगाम !

बैशाख ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – २ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयमा प्रायःजसो कर्मचारी विभिन्न बहानामा काज देखाउँदै कार्यालयमा नआउने गरेको देखिएको छ ।

Muktinath Bank

अनुगमन, तालिम, सेमिनार तथा गोष्ठीमा सहभागी हुन भन्दै प्रदेशका जिल्लादेखि काठमाडौंसम्म काजमा खटिने र कार्यालय नआउने बानी कर्मचारीमा परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यालय आएको दिनमा पनि ढिलो आउने, आएर चिया खाने, यता–उता डुल्ने र बाहिरिने गरेका कारण मन्त्रालयका विभिन्न महाशाखादेखि अन्य कक्ष कार्यालयको समयमा प्रायःजसो खाली नै रहन्छन् ।


Advertisment
Nabil box
Kumari

सामाजिक विकास मन्त्रालयमा ७ वटा महाशाखा छन् । प्रशासन तथा योजना महाशाखा, उच्च शिक्षा महाशाखा, स्वेच्छिक योजना तथा अनुसन्धान महाशाखा, अस्पताल विकास तथा चिकित्सक सेवा महाशाखा, नीति, कानून, योजना मापदण्ड तथा जनस्वास्थ्य महाशाखा, युवा तथा खेलकुद महाशाखा, सामाजिक विकास महाशाखा गरी ७ वटा महाशाखा छन् । तर ती महाशाखामा प्रायःजसो कर्मचारी नै भेटिँदैनन् ।

Vianet communication
Laxmi Bank

उदाहरण १ 

सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत हसिना पराजुली सुवेदी चालू आर्थिक वर्षको ९ महिनामा अधिकांश समय मन्त्रालयमा आएकी छैनन् । साउनदेखि हालसम्मको हिसाब गर्दा उनी ५२ दिन बिदामा र ५० दिन काज भन्दै मन्त्रालयमा उपस्थित नै भइनन् ।

भदौ ६ र ७ गते महोत्तरी फिल्डमा, ११ देखि १६ गतेसम्म घर बिदा, फेरि १८ गतेदेखि २६ गतेसम्म उनले घर बिदा लिएकी छन् ।

उनको हाजिरी पुस्तिकामा उल्लेख भएअनुसार असोज १ देखि ४ गतेसम्म महिला मन्त्रालय काठमाडौंमा काज, फेरि २१ देखि ३० गतेसम्म काज उल्लेख गरिएको छ । कात्तिक ४ देखि २० गतेसम्म उनले घर बिदा लिएको भएपनि पछि सोही महिनाको २५ देखि २६ गतेसम्म उनको हाजिरी पुस्तिकामा न त हस्ताक्षर छ, न त काज, न त बिदा नै लेखिएको छ । खाली राखिएको छ ।

फेरि मंसिरमा ३ देखि ५ गतेसम्म उनको हाजिरी खाली छ । मंसिरकै ८ देखि ११ गतेसम्म महोत्तरी काज, १२ देखि १५ सम्म फेरि काज, २५ देखि २९ गतेसम्म संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन काठमाडौं भन्दै काज उल्लेख गरिएको छ । फेरि त्यो काजलाई पुस ३ गतेसम्म बढाइएको छ ।

हाजिरी पुस्तिकामा हवाइ उडानको फ्लाइट क्यान्सेल भनेर लेखिएको छ । फेरि पुस ११ देखि १४ गतेसम्म काज लेखिएको छ ।

माघ १ देखि ७ गतेसम्म काज, फेरि ८ गतेदेखि १४ गतेसम्म घर बिदा लिइएको छ । फागुन ११ देखि १९ गतेसम्म बारा, पर्सा र रौतहटमा काज उल्लेख गरिएको छ । त्यही महिनाको २१ र २२ गते उनको हाजिरी पुस्तिकामा उनको हस्ताक्षर पनि छैन, न त बिदा वा काज जनाइएको छ । फेरि २७ देखि ३१ गतेसम्म उनले घर बिदा लिएका छन् । चैत्र महिनाको २९ गतेसम्म उनको हाजिरी भएको छैन ।

उदाहरण २

शिक्षा तर्फका शाखा अधिकृत प्रतिभाकुमारी साहको पनि उस्तै अवस्था देखिएको छ । साउन महिनामा उनले १ दिन भैपरी आउने बिदा लिएका छन् । असोज ६ देखि ७ गतेसम्म काज, १४ देखि १७ गतेसम्म  काठमाडौं गोष्ठीमा सहभागी, २१ गते भैपरी आउने बिदा लिएका छन् । पुस ८ गते कार्यक्रममा सहभागी, २० गते शिक्षक सेवा आयोगमा काज, २२ गते तालिममा सुनसरी सहभागी, २९ गते कार्यक्रममा सहभागी भएको जनाइएको छ ।

उनले माघ १४ र १८ गते भैपरी आउने बिदा, २७ गते विद्यालय भ्रमण, फागुन २ गते भैपरी आउने बिदा, २२ देखि २४ गतेसम्म घर बिदा, २६ देखि ३१ गतेसम्म घर बिदा, चैत्र ४ देखि ५ गतेसम्म भैपरी आउने बिदा लिएकी छन् । 

चैत्र १० देखि १५ गतेसम्म उनले एसईई अनुगमन भनेर उल्लेख गरेकी छन् । जबकि एसईई परीक्षा २ नम्बर प्रदेशमा १४ गते स्थगित भएको थियो । १४ गते परीक्षा नै भएन । परीक्षा नै नहुँदा पनि उनले आफ्नो हाजिरीमा एसईई अनुगमन उल्लेख गरेकी छन् । चैत्र २० देखि २४ गतेसम्म बारा–पर्सामा काज, २७ देखि २९ गतेसम्म तालिममा भाग लिएको उल्लेख छ ।

उदाहरण ३  

आयुर्वेद चिकित्सक डा. सुचितकुमार शर्मा पनि अधिकांश समय मन्त्रालयभन्दा बाहिरै देखिन्छन् । साउन ३० देखि भदौ १ गतेसम्म घर बिदा, असोज १० देखि १४ गतेसम्म काज, १६ गते भैपरी आउने बिदा लिएका छन् । असोजमै २१ देखि २२ गतेसम्म सिरहाको गोलबजार काज, कात्तिक १४ देखि १६ गतेसम्म वीरगञ्ज काज, मंसिर १३ देखि १५ गतेसम्म समीक्षा गोष्ठी, १८ देखि २१ गतेसम्म घर बिदा लिएका छन् ।
पुस ५ देखि ९ गतेसम्म पथलैया काज, ११ देखि १२ गतेसम्म सेभ द चिल्ड्रेनको कार्यक्रममा काज, १७ देखि १८ गतेसम्म घर बिदा, माघ १ देखि ३ गतेसम्म काठमाडौं काज, १० देखि १५ गतेसम्म नारायणगढ समीक्षा गोष्ठीमा काज, १९ देखि २२ गतेसम्म रौतहट काज, २९ देखि चैत्र १ गतेसम्म फेरि रौतहट काज उल्लेख छ । 

चैत्र ४ देखि ६ गतेसम्म पर्सा काज, ११ देखि १४ गतेसम्म बर्दिवास तालिम, १९ देखि २४ गतेसम्म बारा–पर्सा काज, २५ देखि २९ गतेसम्म उनले घर बिदा लिएका छन् ।

उदाहरण ४ 

खोप अधिकृत लक्ष्मेश्वर झा पनि काजमै अधिकांश समय बाहिर रहेको देखिएको छ । उनको हाजिरी पुस्तिकामा उल्लेख भएअनुसार साउन २४ देखि २९ गतेसम्म पर्सा काज, भदौ २९ देखि ३१ गतेसम्म काठमाडौं काज, असोज १ देखि ७ गतेसम्म काठमाडौं फेरि काज उल्लेख छ । असोजको ११ देखि १४ गतेसम्म फिल्ड काज, कात्तिक १४ देखि १७ गतेसम्म फिल्ड काज, मंसिर १९ देखि २३ गतेसम्म चितवन काजमा रहेको पाइएको छ । 

पुस ११ देखि १५ गतेसम्म फिल्डमा काज, २१ देखि २४ गतेसम्म काठमाडौं काज, माघ १७ देखि २० गतेसम्म विराटनगर गोष्ठीमा सहभागी, २१ देखि २६ गतेसम्म रौतहट तालिममा सहभागी भएका छन् । उनी माघ २८ देखि फागुन १२ गतेसम्म किरिया बिदा, फागुन २० देखि २३ गतेसम्म चितवनमा तालिममा सहभागी, चैत्र ९ देखि १३ गतेसम्म बर्दिवासमा तालिम, २७ देखि २८ गतेसम्म तालिममा रहेका छन् ।

सचिव नै काजमा रमाउँदै

मन्त्रालयका सचिव देवीराम भण्डारी चालू आर्थिक वर्षको चैत्र २८ गतेसम्म ८२ दिन काजमा रहेको उल्लेख छ । कहिले संघीय सरकारको मन्त्रालय त कहिले फिल्डमा अनुगमन भन्दै काजमा रहेको उल्लेख छ । 

लेखा अधिकृत निर्मला खड्का ४५ दिन काजमा रहेकी छन् । शिक्षातर्फकै शाखा अधिकृत बरुणकुमार चौधरीले २५ दिन काजमा अनुगमन र ९ दिन बिदा लिएका छन् ।  

मन्त्रालयमा काम गर्ने माथिल्लो तहदेखि तल्लो तहसम्मका कर्मचारीको अवस्था उस्तै छ । काज भन्दै मन्त्रालय नआउने, अनावश्यक बिदा लिने प्रवृत्तिले गर्दा मन्त्रालयको कामकाज समेत प्रभावित भइरहेको छ ।

मन्त्री बेखबर

सामाजिक विकास मन्त्री नबलकिशोर साहले मन्त्रालयको कर्मचारी काजमा अन्यत्र जाँदा वा बिदा लिँदा आफूलाई कुनै पनि जानकारी नगराउने गरिएको बताउँछन् । ‘मन्त्रीलाई कुनै पनि जानकारी गराइँदैन,’ मन्त्री साहले भने, ‘मेरो नियन्त्रणमा मन्त्रालयका कर्मचारी छैनन् ।’ 

प्रदेश सरकार भनिएको भएपनि मन्त्रालयमा संघीय सरकारबाटै कर्मचारी खटिएका कारण कर्मचारी पनि केन्द्रकै नियन्त्रणमा रहेको उनले बताए । त्यो सबै बिदा–काज स्वीकृति दिने काम मन्त्रालयको सचिवले गर्ने गरेको उनले बताए । ‘कर्मचारीबाट जुन तरिकाले सहयोग हुनुपर्ने हो, त्यसको माहोल हालसम्म पनि बनेको छैन,’ उनले भने ।

सामाजिक विकास मन्त्रालयका सचिव देवीराम भण्डारीले बिदा वा काज स्वीकृतिको विषय महाशाखाले हेर्ने गरेको बताउँछन् । ‘त्यसका लागि उहाँहरूलाई नै सोध्नुपर्छ,’ सचिव भण्डारीले भने, ‘कर्मचारीको उपस्थिति न्यून भएकै हो । त्यसलाई नियन्त्रण पनि गरिएको छ ।’

महिला विकास अधिकृत हसिना पराजुली सुवेदीलाई कारवाही स्वरूप चैत्र महिनाभरको तलब समेत नदिएको उनले बताए । ‘पटक–पटक काज र स्वीकृत नै नगराएर बिदामा काठमाडौं नै बस्ने गरेकाले उनको चैत्र महिनाभरको हाजिरीमा मैले गयलकट्टी गरेर रातो चिह्न लगाइदिएको छु,’ सचिव भण्डारीले भने, ‘अब त्यसमा पुरापुर कडाइ गर्छौं ।’

मन्त्रालयको काम नै मुख्यरुपमा शिक्षा र स्वास्थ्यसँग सम्बन्धित भएकाले तालिम र गोष्ठीदेखि अनुगमनमा जाने गरेको उनको तर्क छ । ‘शिक्षादेखि स्वास्थ्यसम्मको विभिन्न तालिमदेखि सेमिनारसम्मका कार्यक्रममा संघीय सरकारले नै स्रोत व्यक्तिको रुपमा उपसचिव वा अधिकृतलाई सहभागी गराइदिन भनेका हुन्छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x