×

NMB BANK
NIC ASIA

एकनारायणको सांगीतिक सफलता : एउटा गीतले विदेशिनबाट रोक्यो !

बैशाख ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा डेढ दशक बढी समयदेखि चम्किरहेको नाम हो – एकनारायण भण्डारी ।

Muktinath Bank

२०५८ सालदेखि सांगीतिक क्षेत्रमा सक्रिय एकनारायणले लेखेका दर्जनौं लोकदोहोरी, आधुनिक तथा फिल्मी गीत स्रोता–दर्शकको जिब्रोमा कण्ठ छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समयक्रमसँग एकनारायण लोकप्रिय गीतकार बने पनि कुनै समय भने उनी संगीत क्षेत्रप्रति एकदमै निराश थिए । यतिसम्म कि उनले संगीतमा भविष्य नदेखेर विदेश जान पासपोर्ट समेत बनाइसकेका थिए ।


Advertisment
Nabil box
Kumari

स्याङ्जाको गल्याङमा जन्मिएका एकनारायणको सानैदेखिको रुचिको क्षेत्र थियो संगीत । एकनारायणले तत्कालीन उच्च माविसम्म गाउँमै पढे । त्यसपछि गीत लेखेर नाम र दाम कमाउँछु भन्दै २०५९ सालमा स्याङजाबाट काठमाडौं आए ।

Vianet communication
Laxmi Bank

काठमाडौं आएपछि गायक बुद्धिसागर बस्यालसँग मिलेर ‘बुढेसकालैमा’ बोलको गीत ल्याए । गीत लोकप्रिय बन्यो । संघर्षकै समयमा बुद्धिसागरमार्फत उनको चिनजान संगीतकार सुरेश अधिकारीसँग भयो । एकनारायण एकपछि अर्को गीत लेख्दै गए ।

गीत त बिक्यो तर एकनारायणलाई काठमाडौंमा बाँच्न गाह्रो थियो । ‘काठमाडौं आएदेखि नै केही वर्ष निकै कष्टकर रुपमा दिनहरू बिताए,’ लोकान्तरसँगको कुराकानीमा उनी सम्झन्छन्, ‘त्यो बेला प्रायः सबैको पारिश्रमिक निकै कम थियो । अझ म त गीतकार परें । त्यो पनि नयाँ । अझ त्यो समय आ–आफै गीत लेख्ने चलन थियो ।’

एक त गीतकारलाई थोरै पैसा दिए हुने, त्यसमाथि संघर्षको दिनमै तोकेरै पारिश्रमिक माग्दा अवसर नै गुम्ला भन्ने पनि डर थियो उनमा । त्यसैले जति पाइन्छ त्यति नै पारिश्रमिक लिन्थे एकनारायण ।

कतिले त पछि दिने भन्दै टार्थे । त्यो समयसम्म उनका ‘डाँफे नाचेर, मेरो मनैको फूल टिपी’, ‘मूल हौ भने रसाइदेऊ’, ‘आउँदै गर मालती’, ‘आओ यादहरू आओ’, ‘छमछम पाउजुले’, ‘आमाले घाँस काट्दै गर्दा’ लगायतका गीत लोकप्रिय बने । लोकप्रियताकै बीच पनि उनलाई आर्थिक समस्याले थिचिरहेको थियो ।

‘गीतकारको पारिश्रमिक निकै कम थियो । थुप्रै गीत लोकप्रिय हुँदासम्म पनि मलाई काठमाडौंमा टिक्न गाह्रो परिरहेको थियो,’ एकनारायण सम्झन्छन् ।

... त्यो एउटा गीत

कुरा २०६४ सालको हो । वैवाहिक बन्धनमा बाँधिएको १ वर्ष पुगेको थियो । बढ्दो जिम्मेवारी, बढ्दो लोकप्रियता । तैपनि एकनारायणलाई काठमाडौंमा टिक्न गाह्रो थियो । एकनारायणले आगामी बाटोबारे २ वटा विकल्प बनाए । आफ्नै कम्पनीबाट एउटा मात्र गीत ल्याउने, त्यो गीतले संगीतलाई निरन्तरता दिने नत्र विदेश जाने ।

एउटा गीत लेखेर तयार गरे तर रेकर्ड गरेनन् । पहिले गाउँ गएर पासपोर्ट बनाएर फर्किए । क्रण तथा साथीहरूको सहयोगमा आफ्नै कम्पनी ‘सितारा म्यूजिक प्रालि’ दर्ता गरे ।

‘पासपोर्ट बनाएर आएपछि संगीतमै लागिरहने, नत्र घर नफर्कि विदेशिने मनस्थिति बनाए,’ एकनारायण विगतका दिन सम्झँदै भन्छन्, ‘यी २ वटा विकल्पमा मेरो जिन्दगीको फैसला अडाएको थिए ।’
एकनारायणले गीतमा लगानी गरे । ‘सुपारी चाम्रो’ गीतको अडियो तथा भिडियो आफ्नै कम्पनीबाट बजारमा पठाए ।

सौभाग्य ! ‘सुपारी चाम्रो’ गीतले एकनारायणलाई विदेशिन दिएन । गीत दिन दुईगुणा रात चौगुणाको हिसाबले लोकप्रिय भयो । गीतको अडियो मात्र होइन, भर्खर मोडलिङमा आएका शंकर बिसी र सम्झना बुढाथोकी अभिनित भिडियोलाई पनि दर्शकले औंधी रुचाए ।

‘त्यसदिनदेखि काठमाडौंमा खान–बस्न, मन फुकाएर खर्च गर्न गाह्रो भएन,’ उनी सफलता सम्झन्छन्, ‘शुरूमा हजार क्यासेट बजारमा पठाएको थिए । १ वर्षसम्म हजारको दरमा क्यासेट बिक्री गरे ।’ १ वर्षमा १ लाखप्रति क्यासेट बिक्री भएको एकनारायण सुनाउँछन् ।

त्यसयता उनले आफ्नै कम्पनीबाट गीतहरू बजारमा ल्याउँदै गए । ‘लालुपाते नुघ्यो भुँइतिर’ गीतले पनि एकनारायणलाई राम्रै फाइदा दिलायो । गीतको लोकप्रियता मात्र होइन, आर्थिक हिसाबले पनि एकनारायण सबल बन्दै गए ।

हालसम्म आउँदा उनले जनजिब्रोमा झुण्डिरहने दर्जनौं गीतहरू स्रोता–दर्शकलाई दिइसकेका छन् । एकनारायण हरेक गीतमा नयाँपन दिन चाहन्छन् । गीत गरिदिनुप¥यो भन्नेलाई कहिल्यै निराश बनाउँदैनन् ।

लोकदोहोरी, आधुनिक, फिल्मी सबै विधामा उनका गीतले स्रोता–दर्शकको मन जितेका छन् । ‘तिर्खा लाग्यो पानी खाएँ’, ‘मलाई बाँसुरीले रुवायो’, ‘मेरो मनैको फूलटिपी’, ‘कम्मरमाथि पटुकी’, ‘म बाँचेकै तिमीसँग माया लाउन हो’, ‘मूल हौ भने रसाइदेऊ’, ‘आउँदै गर मालती’ लगायत गीत केही पहिलेका उदाहरण भए । 

‘मलाई जसले पनि किन रुवाउँछ’, ‘नाइँ मलाई थाहा छैन्’ होस् वा ‘रातो पछ्यौरी’, कान्छी वे कान्छी’, ‘बुट्टे रुमाल’ पछिल्ला केही लोकप्रिय गीतका उदाहरण हुन् । 

प्रदर्शनरत चलचित्र ‘ए मेरो हजुर ३’को ‘जिन्दगी नै भन्दिन’मा पनि एकनारायणकै शब्द छ । एकनारायणले संगीतमा हिजो देखेको सपना आज पूरा भएको छ ।

‘संगीतमा मैले हिजो देखेको सपना पूरा भएको छ,’ एकनारायण सन्तुष्टि सुनाउँदै भन्छन्, ‘संगीतले खान–लाउन पुगेकै छ । संगीतकै कारण विदेशमा पसिना बगाउन परेको छैन । स्रोतादर्शकको माया पाएको छु । एकदमै सन्तुष्ट छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x