×

NMB BANK
NIC ASIA

प्रेम शब्द हामी सबैले सुनेका छौं । सन्त कबीरले प्रेमलाई अढाइ अक्षरे भनेका छन् तर यसभित्रका वर्णसंख्या भने पाँच छन् – प्, र्, ए, म्, अ । युवावर्ग कुनै न कुनै रूपमा परिचित छन् यससित । प्रायः विवाहको प्रमुख माध्यम नै यही बन्दैछ हिजोआज । 

Muktinath Bank

विपरीतलिङ्गीप्रतिको आकर्षणको कारण नै यही हो भन्छन् प्राणीशास्त्रीहरू तर यो विपरीतमा मात्र सीमित भने छैन । यो आफैंमा यस्तो चमत्कार हो जसमा सारा संसार अडेको छ । संसार बनाएको पनि यसैले हो । चलाएको पनि यसैले छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरसर्ती हेर्दा प्रेम एकले अर्कोप्रति राख्ने भावना हो जस्तो लाग्छ हामीलाई । त्यस्तै गर्दै आएका पनि छौं हामी । तर वास्तविकता त्यो होइन । वस्तुतः प्रेम भनेको आफूले आफैंलाई गर्ने विषय हो । गर्छु भनेर पनि हुँदैन यो र अरूलाई दिन्छु भनेर पनि हुँदैन यसलाई । गर्छु भनेर वा अरूलाई दिन्छु भनेर गर्न थालियो भने नाटकबाहेक केही हुँदैन यो । देख्न त त्यस्तै देखिन्छ । वास्तवमा त्यस्तो हुँदैन । हुन त हो तर होइन भन्नु मनासिब हुनेछ यसलाई दार्शनिक भाषामा । एकले अर्कोलाई गर्ने प्रेम त त्यस्तो शीशाको घर हो जसमा अलिकति ठेस लाग्नेबित्तिकै सबै चकनाचुर हुन पुग्छ ।


Advertisment
Nabil box
Kumari

महर्षि याज्ञवल्क्यले पति, पत्नी, बुवा, छोरा, आमा र छोरी कसैले पनि कसैलाई प्रेम गरेको हुँदैन भनेका छन् बृहदारण्यक उपनिषद्मा । ‘न वा अरे पत्युकामाय पत्यु प्रियो भवति आत्मनस्तु कामाय पति प्रियो भवति ।’ (बृहदारण्यक उपनिषद् २।५) उनको आशय पनि यही हो । कोही पनि कसैका लागि प्रिय हुँदैनन् अपितु आफ्नै लागि प्रिय हुन्छन् । वास्तविक प्रेम त्यो हो, जुन आफूले आफैंलाई गर्ने गरिन्छ । अरू सबै फोस्रा आडम्बर हुन् । आडम्बरले कसैको पनि भलो गर्दैन । उल्टै दुःखको भार बढाउने काम गर्छ ।

Vianet communication
Laxmi Bank

हाम्रो जीवन पनि प्रेम हो । जीवनको स्रोत पनि प्रेम हो । पे्रम समाधिविना न गर्भाधान हुन्छ, न गर्भधारण नै सम्भव छ । प्रेमले नै जन्माएको छ हामीलाई । प्रेमले नै बचाएको पनि छ । सुन्दा आश्चर्य लाग्न सक्छ तर जीवनलीला समाप्त हुँदा पनि प्रेम नै तरङ्गित भइरहेको हुन्छ । महाकालको प्रेम नहुँदो त पुनर्जीवन पाउने नै थिएनौं हामीले । आमाको शिशुप्रतिको प्रेमले उनको स्तनमा दूध भरिन्छ । आमाप्रतिको प्रेमले शिशुलाई उनीप्रति आकर्षित गराउँछ । यही नियम सारा संसारमा लागू भएको हुन्छ । हामी भन्छौं संसार बनाउने, टिकाउने र गिराउने काम प्रकृतिले गर्छ । हो, सबै प्रकृतिकै खेल हो तर त्यसको पनि अन्तर्यमा भने प्रेम नै सल्बलाइरहेको हुन्छ । 

प्रकृति आफैं प्रेमरूप हो, प्रेमको भण्डार हो । अंगअंगमा प्रेम नै प्रेम ओतप्रोत भएको छ उसको । प्रेमले नै उसलाई खेलाएको छ, टिकाएको छ, हँसाएको छ, नचाएको छ । प्रेमविना प्रकृति जड हुन्छ, शुष्क हुन्छ । उसले केही गर्नै सक्दैन । उसलाई सजीव हुन पे्रम नै चाहिन्छ ।  

आज संसारमा कोही पनि सुखी छैनन् । सन्तान हुने पनि दुःखी नहुने पनि दुःखी । धनसम्पत्ति हुने पनि दुःखी, नहुने पनि दुःखी । आखिर  किन यस्तो ? किनकि हामीले प्रेमको स्वरूप बुझेकै छैनौं । हामी सबै प्रेमबाटै आएका हौं, प्रेमकै खोजमा आएका हौं । युगौंदेखि यही खोज्दै आएका छौं तर खोजको तरिका भने जानेका छैनौं  । फलतः हाम्रा प्रयास बालुवामा हालेको पानीबाहेक केही हुन सकिरहेका छैनन् । यस्तै अवस्था रहेमा अब पनि युगौंसम्म यस्तै हुनेछन् । प्रश्न उठ्नसक्छ, त्यसो भए के गर्ने त ? उत्तर यही हो कि केही पनि नगर्ने । आफैंलाई चिन्ने र आफूले आफैंलाई प्रेम गर्ने ।  यसलाई केही उदाहरणबाट बुझ्ने प्रयास गरौं । 

तपाईं आफैमा तपाईं मात्र होइन, सिंगो ब्रह्माण्डको प्रतिबिम्ब हुनुहुन्छ तपाईं । ‘यत्पिण्डे तद् ब्रह्माण्डे’ भनिएको छ दार्शनिक ग्रन्थहरूमा । ब्रह्माण्ड समष्टि ब्रह्माण्ड हो भने तपाईं व्यष्टि ब्रह्माण्ड हो । जे जति समष्टि ब्रह्माण्डमा छ, ती सबै व्यष्टि ब्रह्माण्ड अर्थात् तपाईंभित्र छ ।  हावा, पानी, माटो, पशुपन्क्षी, कीटपतंग, बोट, बिरुवा, वनस्पति, मानिस तथा छरछिमेकी, सूर्य, चन्द्र, तारा, नक्षत्र आदि द्यावाभूमिका सबै चीज तथा पदार्थ तपाईंभित्रै छन् । तपाईंको जीवन बनाउने पनि तिनै हुन्, बचाउने पनि तिनै हुन् । यस अर्थमा ती सबै तपाईंकै हो, तपाईं नै हो ।

तपाईंले आफ्ना घरपरिवार तथा छरछिमेकी मात्र होइन, समग्र विश्वब्रह्माण्डमा जे जति देख्दै वा कल्पना गर्दै आउनुभएको छ ती सबै तपाईं नै हो । ती रूपमा मात्र अलग हुन्, सारमा होइनन् । तपाईंको घरअगाडिको पहाड पनि तपाईं, स–साना नदीनालादेखि समुद्र पनि तपार्ईं, हावा पनि तपाईं, माटो पनि तपाईं, बोटबिरुवा पनि तपाईं, सर्प, बिच्छी, माछा र माकुरो पनि तपाईं । मुसा, बिरालो, परेवा र ढुकुर पनि तपाईं, घरपरिवार तथा छिमेकी पनि तपाईं, पृथ्वी पनि तपाईं, आकाश पनि तपाईं, अनि त्यसभित्र रहेका सबैका सबै तपाईं नै हो, तपाईंकै हो । जब विश्वब्रह्माण्डका यावत् पक्ष तपाईं हो भने तिनलाई प्रेम गर्नु भनेको आफैंलाई प्रेम गर्नु हो ।

तपाईंले प्रेम त गर्नुभएको छ तर ती सबै भिन्न दृष्टिले गर्नुभएको छ, आफू अर्कै हो र अरू अर्कै हो भन्ने ठानेर गर्नुभएको छ । फलतः तपाईंको प्रेम कोरा अभिनयबाहेक केही हुन सकिरहेको छैन । तपाईंका हालसम्मका प्रेम सबै विनिमयमा आधारित छन् । तपाईं केही पाइन्छ कि वा दिन्छन् कि भनेर अरूलाई प्रेम गरिरहनुभएको छ । धर्मग्रन्थले पनि यही सिकाएको छ । धर्मगुरुले पनि यही सिकाएका छन् तर यसो गर्दा के हुन्छ थाहा छ ? तपाईंले जे गर्नुभएको छ, अरूले पनि त्यही फिर्ता गर्दै आएका छन् । 

तपाईं केही पाउन्जेल उसलाई प्रेम गर्नुहुन्छ । जब पाउन छाड्नु हुन्छ, उसलाई सके घृणा गर्नु हुन्छ नभए पनि पर त पक्कै पार्नु हुन्छ । अन्ततः उनीहरूले पनि त्यस्तै गर्छन् । विनिमयमा आधारित प्रेमको नतिजा यस्तै हुन्छ । फलतः तपाईं कहिल्यै सुखी र आनन्दित हुन सकिरहनुभएको छैन । जबसम्म यस्तै अवस्था रहन्छ, तबसम्म आनन्द पाउन सक्नुहुने पनि छैन तर जतिबेला सबैलाई आफैं ठानेर प्रेम गर्न थाल्नु हुन्छ त्यसपछि भने केही गर्नै पर्दैन । तपार्इंले चाहेको चीज आफैं प्राप्त हुन थाल्नेछन् ।

अब के गर्ने हो, तपाईंकै हातमा छ । सबैलाई आफैं ठानेर प्रेम गरी सुखी हुने कि भिन्न दृष्टि राखेर आफू अर्कै हो र अरू अर्कै हो भन्ने ठानेर दुःखकै संसार खडा गर्ने हो, रोजाइ तपाईंकै हो । तपाईं आफैं पनि प्रेम स्वरूप हुनुहुन्छ र त्यसैलाई पाउन युगौंदेखि प्रयास गर्दै आउनुभएको पनि छ । त्यसैले जब सबैलाई आफैं ठानेर प्रेम गर्नु हुन्छ, तब सच्चा प्रेम हुन्छ र त्यसैले तपाईंको आवश्यकता पूरा पनि गर्छ र सुखी र आनन्दित पनि बनाउँछ । होइन अहिलेकै अवस्था प्रिय छ भने त्यो पनि केही छैन । गर्न त सक्नुहुन्छ तर तपाईंको प्रेम अभिनयबाहेक केही हुने पनि छैन र तपाईंको जीवन सुखी र आनन्दित हुन सक्ने पनि छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x