मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बैशाख १०, २०७६
काठमाडौं-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नयाँ नियुक्त भएकामध्ये विभागीयतर्फका प्रहरी निरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो । साथै उहाँले सोही प्रतियोगिताद्वारा नयाँ नियुक्त भएका खुलातर्फका प्रहरी निरीक्षकहरुलाई नियुक्तिपत्र समेत प्रदान गर्नुभयो ।
२०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७५ चैत २१ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ९३ जना र खुलातर्फ १५ जना गरी कुल १ सय ८ जना प्रहरी निरीक्षकहरु उत्तीर्ण हुनुभएको छ । जसमा ८ जना महिला हुनुहुन्छ । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७६ वैशाख ८ गतेको निर्णयले वैशाख ५ गतेदेखि लागू हुने गरी उहाँहरु प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको हो ।
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक खनालले नयाँ नियुक्तिसँगै संगठनको सशक्तिकरणमा केही इँटा थपिएको चर्चा गर्दै नयाँ आशा, भरोसा, विश्वास राखिएको अवस्थामा कार्यक्षेत्रमा इमानदार भएर नडराई र नडगमगाई दृढतापूर्वक काम गर्न निर्देशन दिनुभयो । कानुन कार्यान्वयनबाट नै शान्ति सुरक्षा र अपराध अनुसन्धान गर्न सकिने भएकोले ऐन कानुनको पालना गरी कार्यक्षेत्रमा खरो रुपमा उत्रनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नागरिक र देशको सेवा गर्छु भन्दै संगठन प्रवेश गर्न चाहेको सन्दर्भ उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले कार्यक्षेत्रमा खटिएपछि यस तथ्यलाई दृढतापूर्वक पालना गरी सरकार र संगठनको अपेक्षा अनुरुप नयाँ जोश र उर्जाकासाथ काम गर्नुपर्ने बताउनुभयो । देश, सरकार, प्रहरी संगठन र नागरिकले कस्तो प्रहरी खोजेको छ भन्ने मनन गरी विश्वास र भरोसा अनुरुप काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रहरीले प्रहरी जस्तो भएर चुस्त दुरुस्त काम गर्न सक्नुपर्छ ।”
सेवा विशिष्टता भावनाबाटै विकसित हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सेवामै समर्पित छु भन्ने भावना लिई ठोस उपलब्धी हासिल गर्न शारीरिक र मानसिक रुपमा तयार रही काम गर्न निर्देशन दिनुभयो । काँधमा थप जिम्मेवारी आएको अवस्थामा क्षमता अभिवृद्धिको साथै आफूलाई परिष्कृत गरी राम्रो सदस्यको रुपमा स्थापित हुनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, “संगठन मेरो हो, राम्रो गर्नुपर्छ भन्ने भावनाले विवेक पुर्यािएर काम गर्नुस् ।” अपराध न्यूनिकरण र निष्तेज पार्न प्रविधिको प्रयोग, जागरुकता र जुझारुपन आवश्यक रहेको चर्चा गर्दै उहाँले कार्यक्षेत्रमा विवेकपूर्ण कठोर हुनुपर्ने आवश्यकता माथि प्रकाश पार्नुभयो ।
राष्ट्र समृद्ध बनाउन सुरक्षा आधारभूत सर्त भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यसका लागि नेपाल प्रहरीले पूरा गर्नुपर्ने अहम दायित्व निर्वाह गर्न एकरुपता र एउटै लक्ष्य लिएर अगाडि बढ्नुपर्छ भन्नुभयो । प्रहरी संगठनको सदस्य भइसकेपछि गलत क्रियाकलापमा संलग्न हुन नपाइने स्पष्ट पार्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, “ गलत अभ्यास नेपाल प्रहरीमा गुञ्जायस छैन् । नेपाल प्रहरी नागरिकका लागि समर्पित संस्था हो । राम्रो काम मात्र गरी सामाजिक इज्जत र प्रतिष्ठा बढाउँदै जानुपर्छ ।” राम्रो काम गरे मूल्याङ्कन स्वत हुने भएकोले प्रहरीले पाएको जिम्मेवारी र दायित्व निर्वाह गर्न किञ्चित पछि नपरी पेशागत निष्ठाको आधारमा काम गर्न उहाँले आग्रह समेत गर्नुभयो ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।
दर्ज्यानी चिन्ह सुशोभन पश्चात् नयाँ नियुक्त प्रहरी निरीक्षकहरुलाई समुदाय-प्रहरी साझेदारी सम्बन्धि अनुशिक्षण समेत प्रदान गरिएको थियो ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...