‘म गीतहरुमा डुबेर...’मा बेबो र जय [भिडियोसहित]

काठमाडौं - एक दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी बेबो आचार्यको नयाँ म्युजिक भिडियो रिलिज गरिएको छ ।

‘म गीतहरुमा डुबेर...’ बोलको गीतको भिडियोमा बेबोले मोडलिङ गरेकी हुन् । गीतको भिडियोमा बेबोसंगै जय देवकोटाले मोडलिङ गरेका छन् । 


Advertisement

सविन प्रियासनको शब्द, पुरुषोत्तम न्यौपानेको संगीतमा रहेको गीतलाई कृष्ण काफ्लेले गाएका हुन् । 

भिडियोलाई रोजेल थापाले निर्देशन गरेका हुन् । बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।


Advertisement

हेर्नुहोस् भिडियो :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्