मंसिर १६, २०८०
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
काठमाण्डौं- भारतका चर्चित पाश्र्व गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको छ । ‘फूल भए जिन्दगी’, ‘यो दुई थोपा आँशु’, ‘म त अब रिसाउँछु’ लगायत दुई दर्जनभन्दा बढी नेपाली गीतमा स्वर भरिसकेका कुमारले धेरैपछि नेपाली गीत गाएका हुन् ।
अमेरिकाको न्यूयोर्कका लागि नेपाली महावाणिज्य दूतसमेत रहेका साहित्यकार एवं सर्जक कृसु क्षेत्रीको शब्द रचना रहेको गीतमा युग भुषालको संगीत रहेको छ । भिडियोमा निराजन प्रधान र अस्मिता लामिछानेको अभिनय छ । भिडियोको निर्देशन दिलिप समनले गरेका हुन् ।
फराज अर्पणले गीतको भिडियो खिचेका हुन् भने सम्पादन पनि उनकै हो । जी एस क्रियशनले भिडियोमा अभिनय गर्ने कलाकारलाई पहिरन उपलब्ध गराएको हो । सार्वजनिक गीतमा आदित्य शंकरले गितार बजाएका छन् । गौरव मल्लिकले गीतको संगीत संयोजन गरेका हुन् ।
यस भिडियोको निर्माण रोशन पराजुलीले गरेका हुन् । इण्डो ग्लोबल फाउण्डेसन र रोयल रिलको सपोर्टमा निर्माण भएको सार्वजनिक भिडियोलाई यूट्युबमा निकै रुचाइएको छ । अधिकांशले कुमार सानुको गायनको प्रशंसा गरेका छन् । गीतले युट्युब रिलिजको केही घण्टामा नै लोभलाग्दो भ्यूज पाएको छ ।
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...