साउन २४, २०७९
प्रहरीले जबरजस्ती करणी मुद्दामा कैद तोकिएर फरार रहेका १ व्यक्तिलाई प्रहरीले मंगलवार काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कालीमाटीमा ग्यारेज/वर्कशप सञ्चालन गरी बस्ने भारत मोतीहारी तुर...
काठमाडाैं | बैशाख २२, २०७६
काठमाडौं – काठमाडौं महानगरपालिकाले धूलो सफा गर्ने मेसिन ब्रूमर दिनदिनै सञ्चालन गर्छ । तर महानगर क्षेत्रमा धूलोको समस्या कम हुन सकेको छैन ।
महानगरले काठमाडौं उपत्यकामा गत चैत १२ गतेदेखि ब्रूमर चलाउन थालेको हो ।
ब्रूमर राति ८ बजेदेखि बिहान ४ बजेसम्म ८ घण्टा चलाउने गरिन्छ । ५ जना चालक, ५ जना सहयोगी, ५ जना महानगरका सुरक्षाकर्मी र ५ जना अनुगमनकर्तासँगै दैनिक २० जना कर्मचारी ब्रूमरका पछाडि खटिने गरेको काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले लोकान्तरलाई बताए ।
५ वटा ब्रूमरले दैनिक लगभग १८ टन धूलो संकलन गर्ने गरेको महानगरको दाबी छ । संकलन गरेको धूलो टेकुको फोहोर संकलन केन्द्रमा लगेर फाल्ने गरेको महानगरका इन्जिनियर पुरुषत्तोम शाक्यले बताए । त्रिपुरेश्वर–नारायण गोपाल चोक, त्रिपुरेश्वर–वानेश्वर–एयरपोर्ट, त्रिपुरेश्वर–कालिमाटी लगायतका क्षेत्रमा ब्रूमर चलिरहेको शाक्यले बताए ।
महानगरपालिकाले करीब ११ करोड खर्च गरेर ब्रूमर खरिद गरेको थियो । ब्रूमरले काम शुरू गरिसकेपछि काठमाडौं धूलो मुक्त हुने जिकिर महानगरपालिकाले गरेको थियो ।
तर ब्रूमर भित्रिएको महिनादिन बितिसक्दा पनि काठमाडौंमा धूलो कम हुन सकेको छैन । घर तथा भवन निर्माण गर्दा बाटोमै राखिने गिट्टी–बालुवाले सडकमा धूलो बढी देखिएको छ ।
कमलपोखरीको सिटी सेन्टरदेखि पुतलीसडकको स्टार मलसम्म आउने सडक ओरालोमा ग्राभेल सडकले गर्दा सडक क्षेत्रमा धूलो ल्याएको देख्न सकिन्छ । काठमाडौं महानगरपालिका कार्यालय अगाडि सडकसँग जोडिएको सैनिक
गेटको सडकमा कच्ची माटो छ, त्यहाँबाट आउने–जाने सवारीसाधनले मुख्य सडकमा माटो ल्याउने काम गर्छन्, जसले गर्दा सडकमा धूलो आइरहेको छ ।
सुन्धारा क्षेत्रको फुटपाथमा पनि धूलो उस्तै छ । फुटपाथ निर्माणको काम करीब सकिएको छ तर सडकमा जमा भएका माटोको थुप्रो भने उठाइएको छैन । जसका कारण पूरै फुटपाथदेखि सडकसम्म धूलो आएको स्थानीय व्यापारी श्याम तामाङले बताए ।
महानगरपालिका कार्यालयकै अगाडि सिभिल होम्सले निर्माण गरेको भवनको काम सडक क्षेत्रलाई समेत अवरोध गर्ने गरी भइरहेको छ ।
नगरवासीले सडकमा फाल्ने धूलोयुक्त फोहोर पनि धूलोको अर्काे स्रोत रहेको जानकारहरू बताउँछन् । नगरवासीले कतिपय सडकको छेउछाउमा डम्पिङ साइडजस्तै फोहोर थुपार्ने गरेका छन् । सडकबाटै फोहोर उठाउने निकायले दैनिक फोहोर उठाएर लिएर गएपनि धूलो त्यहीँ छाडेर जाने गरेको छ ।
प्रहरीले जबरजस्ती करणी मुद्दामा कैद तोकिएर फरार रहेका १ व्यक्तिलाई प्रहरीले मंगलवार काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ कालीमाटीमा ग्यारेज/वर्कशप सञ्चालन गरी बस्ने भारत मोतीहारी तुर...
सप्तरीको दुई छुट्टाछुट्टै घटनामा पोखरीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ । सप्तरी छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित हजुरबुबा देवनारायण पण्डितको घर आएका झापाको घैलाडुब्बा–६ घर भएका सञ्जय...
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने अधिकांश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भ...
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ । यही साउन २६ र २७ गते पालिका भित्रका सबै कार्यालय, शैक्षिक सङ्घ÷संस्था र स्वास्थ्य संस्था बन्द हुने छन् । गाउ...
वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपालको सबै वन क्षेत्रको दिगो व्यवस्थापन गर्दै काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाइने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल...
नेपाल प्रहरीमा हालै बढुवा भएका ३४ डीएसपीहरुले जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको पदस्थापन गरेको हो । प्रचलित नियमानुसार तलबभत्ता हाल पदस्थापन भएको स्थानबाट पाउनेगरी जिम्मेद...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...