×

NMB BANK
NIC ASIA

एमएस्सीका विद्यार्थीबीच अध्यात्मको वैज्ञानिक चर्चा, ईश्वरीय शक्तिप्रति विद्यार्थीको रुची

बैशाख २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ललितपुरको पाटन संयुक्त क्याम्पसमा एमएस्सीमा अध्ययनरत विद्यार्थीबीच अध्यात्म र विज्ञानको सम्बन्धबारे चर्चा भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

भौतिक विज्ञानका सम्बन्धमा विभिन्न अध्ययन गर्ने विद्यार्थीको सहभागितामा क्याम्पसमा आयोजित ‘अध्यात्म र विज्ञान सम्बन्धी कार्यशाला’ कार्यक्रममा अध्यात्म विज्ञान र ईश्वरीय शक्तिबारे चर्चा भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्याम्पसको एमएस्सी कार्यक्रमका संयोजक निलमणि रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल मानव धर्म सेवा समितिका वरिष्ठ सल्लाहकार डा. जयप्रकाश अग्रवाल रहेका थिए । कार्यक्रममा डा. अग्रवालले भौतिक विज्ञान र अध्यात्म विज्ञानको सम्बन्धबारे कार्यक्रममा प्रकाश पारेका थिए ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा बोल्दै डा. अग्रवालले युवाले अध्यात्म विज्ञानप्रति आकर्षित भएर थुप्रै लाभ लिन सक्ने बताए । ‘अध्यात्मको बोक्रा मात्रै देख्दा युवाहरू आकर्षित हुँदैनन्, गुदी कुरा जान्न सकेमा थुप्रै लाभ लिन सकिन्छ, मनलाई विषयवस्तुमा केन्द्रित गर्ने शक्ति बढाउन सकिनेदेखि दैनिक जीवनका समस्या समेत समाधान गर्ने उपाय पत्ता लगाउन सकिन्छ,’ उनले भने, ‘धर्मलाई कर्मकाण्डमै सीमित नराखेर आफूभित्र भएको असीमित ईश्वरीय शक्ति र भगवानबारे जान्नुपर्छ ।’ अध्यात्मबाट तेस्रो आँखा खोलेर ध्यान गर्दा दिमाग बढाउन सकिने उनले बताए ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा सहभागी विज्ञानका विद्यार्थीले अध्यात्मलाई वैज्ञानिक तरिकाले बुझ्न सकिनेबारे थुप्रै प्रश्न राखेका थिए । ईश्वरीय शक्ति जान्न अपनाउनुपर्ने विधि र प्रक्रियाबारे विद्यार्थीले सोधेको जवाफमा डा. अग्रवालले आत्मज्ञान दिने सन्तको शरणमा जानुपर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि क्याम्पस प्रमुख महेश्वर यादव, नेपाल जेसिजका पूर्व केन्द्रीय अध्यक्ष राजेन्द्र श्रेष्ठ, आध्यात्मिक युवा चिन्तक उत्तम गिरी, समाजसेवी ज्योत्सना साउँद, नेपाल मानव धर्म सेवा समितिका सचिव शम्शेर श्रेष्ठ, सहायक क्याम्पस प्रमुख नवनारायण झा, प्राध्यापक होमनाथ पौडेल, सहप्राध्यापक प्रकाशमान श्रेष्ठ, दीर्घबहादुर शाही, दिपक सुवेदी, राजकुमार राई, उशा सुवेदी, पुण्यप्रताप यादव, नारायण पन्थी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यार्थी प्रज्वल भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने यमुना राना र रेश्मा थापाले आफ्नो प्रस्तुती देखाएका थिए । आध्यात्मिक चिन्तक उत्तम गिरीले अध्यात्म र युवाको भूमिकाबारे मन्तव्य राखेका थिए । 

क्याम्पसकै प्राध्यापक दिपककुमार सुवेदीले राष्ट्र, राष्ट्रियता र अध्यात्ममा विज्ञानको भूमिकाबारे बोलेका थिए । कार्यक्रमको सञ्चालन एमएस्सी भौतिकशास्त्र प्रथम सेमिस्टरका विद्यार्थी रमेश कुँवरले गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x