×

NMB BANK
NIC ASIA

समायोजन भएका कर्मचारीको पदस्थापन नहुँदा बेकामे, यताउता डुलेरै बिताउँछन् समय

बैशाख २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम- प्रदेश नम्बर दुईमा सयौं कर्मचारी कामविहीन बनेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा रहेको ठाडो हाजिरीमा हस्ताक्षर गर्ने र दिनभरी बेकाम बनेर यताउता डुल्न बाध्य छन् । 

Sagarmatha Cement
Muktinath Bank

संघीय सरकारको सामान्य प्रशासन मन्त्रालयबाट समायोजन भएर प्रदेशमा हाजिर भएका कर्मचारीहरूलाई करीब दुई महिनादेखि पदस्थापन नगर्दा कर्मचारीहरू बेकामे भएका छन् । ‘आयो, हाजिरी गर्‍यो र त्यसै बेकाम बनेर विभिन्न मन्त्रालयमा गएर टाइम पास गर्नु बाहेक केही पनि गर्न सकेका छैनौं,’ पदस्थापन हुन नसकेका कर्मचारीहरूको गुनासो छ । कामै नगरी त्यसै बस्नु भनेको राज्यको स्रोतको दुरुपयोग पनि भएको उनीहरू आफैं स्वीकार गर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी त दिनहुँ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा रहेको प्रशासन शाखामा पदस्थापन गरिदिनुस् भनेर भन्ने गरेका छौं,’ ती कर्मचारीहरूले लोकान्तरसँग भने, ‘कामै नगरेर व्यर्थ बस्नु पर्दा हामीलाई पनि खल्लो लागेको छ, तर पदस्थापन नै हुन सकिरहेको छैन ।’ पदस्थापन हुन नसकेका कर्मचारीहरू प्रत्येक दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा रहेको छुट्टै ठाडो हाजिरी पुस्तिकामा हाजिरी गरेर बस्न बाध्य छन् । 


Advertisment
Nabil box
Kumari

पदस्थापन नहुँदा तलब समेत पाउन नसकेको उनीहरूले गुनासो गरे । भोलि पदस्थापन भएर जाने ठाउँमा हाजिरी भएपछि तत् मन्त्रालय वा कार्यालयबाट मात्र तलब खाने व्यवस्था गरिएकोले उनीहरूले मुख्यमन्त्रीको कार्यालयमा हाजिरी गरे पनि तलब भने खान पाएका छैनन् ।

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सूचना अधिकारी पदम प्रसाद पोखरेलका अनुसार सामान्य प्रशासन मन्त्रालयबाट प्रदेश नम्बर दुईमा समायोजन भएर आएका कुल ६६ जना कर्मचारीको पदस्थापन हुन सकेको छैन । ‘प्रदेशको प्रमुख सचिव दिपक जोशी वैशाख ७ गते देखि ३० गते सम्मका लागि विदेश भ्रमणमा अस्ट्रेलिया जानु भएको छ,’ सूचना अधिकारी पोखरेलले भने, ‘निमित्त प्रमुख सचिव कोमल खत्री पनि काठमाडौं बिदामा बस्नु भएकाले पदस्थापन हुन नसकेको हो ।’

आगामी सातामा ती कर्मचारीहरूको पनि पदस्थापनको काम सकिने उनले बताए । यस अघि पनि प्रदेशमा समायोजन भएर आएका २ सय जति कर्मचारीहरूको पदस्थापन भइसकेको उनले जानकारी दिए । संघीय सरकारले हाल सम्म स्वास्थ्य र कृषि अन्तर्गतका कर्मचारीहरु पठाएकै छैनन् भन्दै पोखरेलले थपे, ‘कार्यालय सहयोगी, श्रेणीविहीन हलुका सवारीका चालकहरूको समायोजनको पत्र नै आएको छैन ।’ वन सेवा, इन्जिनीयरिङ सेवा अन्तर्गतका कर्मचारीहरू आएको भएपनि पदस्थापन हुन सकेको छैन ।

दुई नम्बर प्रदेशमा कुल ३ हजार २ सय ८ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको भए पनि करीब-करीब २ हजारको संख्यामा मात्र कर्मचारीहरू संघीय सरकारले पूर्ति  गरेको छ । 
एकातर्फ संघीय सरकारले कर्मचारी समायोजन गरेन भन्दै मुख्यमन्त्री लालबाबु राउत सधैंजसो गुनासो गरिरहेका हुन्छन् भने लोक सेवा आयोगले विज्ञापन निकाल्न खोज्दा ननिकाल्न भन्दै राउतले पत्र पनि लेख्छन् । कर्मचारी अभावमा बजेट रकम खर्च हुन नसक्ने भन्दै मुख्यमन्त्री राउत एकातर्फ गुनासो व्यक्त गरेका हुन्छन् भने अर्को तर्फ समायोजन भएर आएका सयौं कर्मचारीको पदस्थापन समेत गर्न नसक्ने राउतको गुनासो सही नभएको कर्मचारीहरू नै बताउँछन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x