×

NMB BANK
NIC ASIA

प्रचण्डद्वारा संसदमा नीति तथा कार्यक्रमको जोडदार बचाउ, सरकारलाई सबैले धन्यवाद दिनुपर्ने !

बैशाख २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रेल ल्याउने सपना सबैले देख्नुपर्ने र त्यसलाई साकार गर्न पनि थाल्नुपर्ने बताएका छन् ।

Muktinath Bank

सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा मंगलवार भाग लिँदै प्रचण्डले सरकारको नीति तथा कार्यक्रम अभूतपूर्व रहेको भन्दै जोडदार समर्थन गरेका हुन् । उनले सामान्य सुधारको कुरा गरेर मात्र देशले विकासमा छलाङ मार्न नसक्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि राष्ट्रपतिले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा 'मेरो सरकार' राखिएकोप्रति प्रचण्डले असन्तुष्टि जनाएका थिए । शनिवार नेकपाको संसदीय दलमा बोल्दै प्रचण्डले भनेका थिए, 'मैले हेर्दा त थिएन, पछि कहाँबाट आएछ ?' आफूलाई पढ्न दिइएको प्रतिमा 'मेरो सरकार' भन्ने शब्दावली नभएको प्रचण्डको दाबी थियो ।


Advertisment
Nabil box
Kumari

शब्दावलीमा असन्तुष्टि जनाएका प्रचण्डले संसदमा सरकारको नीति तथा कार्यक्रमको एक कदम अघि बढेर समर्थन गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबेलामा भन्ने गरेको 'रेल र पानीजहाज'लाई प्रचण्डले आफ्नो समेत मुद्दा बनाए । सरकार 'उडन्ते' गफमा मात्र सिमित रहेको आलोचना भइरहेका बेलामा प्रचण्ड पनि आफू सरकारसँगै रहेको दाबी गरेका छन् ।

Vianet communication
Laxmi Bank

'तथाकथित सम्भव कुरा मात्र गर्ने भन्ने नाममा, सुधारात्मक कुरा मात्र गर्‍यौं भने नेपाल समृद्ध बन्दैन,' प्रचण्डले भने, 'हामीले ठूला आकांक्षाहरू राख्नुपर्छ र त्यसलाई पूरा गर्न त्यसका लागि राजनीतिक शक्ति परिचालन गरेर अगाडि बढ्नुपर्छ ।' 

नेपालमा विकास हुने कुरा असम्भव जस्तै सोच्ने गरेको इतिहास नेपालीको रहेको बताउँदै प्रचण्डले अब सबैले सपना देख्नुपर्ने बताए । 'यस्तो पनि होला र भनेर सोच्ने हाम्रो विगत छ, अहिले यथार्थ बन्दै छ,' प्रचण्डले भने, 'रेल आउला त ? अन्तर्राष्ट्रिय विमानस्थल बन्ला त ? भन्ने कताकता काल्पनिक कुरा, असम्भव कुरा, जनतालाई सपना मात्र देखाएको हो कि भन्ने लाग्ला ? यस्तै सपना देख्न पनि थाल्नुपर्छ र त्यसको साकार पार्नुपर्छ भन्ने म ठान्दछु ।'

सम्बोधनका क्रममा 'प्रचण्ड'ले एक वर्षमा गरेको कामका लागि सरकारलाई धन्यवाद दिनुपर्ने पटक पटक दोहोर्याए । 'समृद्ध नेपाल र सुखी नेपाली' राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्न सरकारले गरेको प्रयासलाई सबैले धन्यवाद दिनुपर्ने प्रचण्डले बताएका हुन् ।  

'आफ्नै पार्टीकै नेतृत्वको सरकार भएकाले मैले भन्नु औपचारिक जस्तै देखिन्छ,' प्रचण्डले भने, 'त्यही पनि यो एक वर्षमा उसले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा सम्बोधन गर्नका लागि गरेको प्रयासका निम्ति म धन्यवाद भन्न चाहन्छु ।' 

सरकारले मौलिक हकसँग सम्बन्धित कानूनहरूको निर्माण गरेर धेरै संवैधानिक विवाद हल गरेको प्रचण्डको भनाइ थियो । यसका लागि उनले प्रतिपक्षले पनि सरकारलाई धन्यवाद दिनुपर्ने बताए । 

'वैदेशिक सम्बन्धहरूलाई कसरी सन्तुलित बनाउने भन्ने समस्या थियो, बीचमा संविधान निर्माणको प्रक्रियामा देखा परेका तिता मिठा अनुभवहरूबाट सिक्यौं,' यो सरकारले छिमेकीसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याएको बताउँदै प्रचण्डले भने, 'नयाँ सरकार बनिसकेपछि छिमेकीसँगको सम्बन्धलाई सन्तुलित र राष्ट्रिय हित अनुकूल अघि बढाउने प्रयास भएको छ, यसले समृद्धिको ऐतिहासिक आधार तयार भएको छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x