२६ जेठ २०८३, मंगलबार

समाजवादीमा सुरुमै तीन समूह, पदाधिकारी को कता ?

बैशाख २६, २०७६
समाजवादीमा सुरुमै तीन समूह, पदाधिकारी को कता ?

काठमाडौं–समाजवादी पार्टीमा सुरुमै तीन समूहबीच पदीय भागबण्डा गरिएको छ । अध्यक्षद्वय बाबुराम भट्टराई, उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म जिम्मेवारी समूहगत बाँडबाड गरेका हुन् ।
आजको नयाँ पत्रिका दैनिकमा पदाधिकारीमा भट्टराईसमूहमा नवराज सुवेदी, पर्शुराम खापुङ, हिसिला यमी, गंगा श्रेष्ठ, डम्बर खतिवडा, दुर्गा सुवेदी, पर्शुराम बस्नेत र प्रशान्त सिंह रहेको उल्लेख गरिएको छ । 

यस्तै यादव समूहमा युवराज कार्की, लालबाबु राउत, रेनुकुमारी यादव, रामसहायप्रसाद यादव, प्रकाश अधिकारी, मोहम्मद इस्तियाक राई र विजय कुमार यादव रहेका छन् ।

यस्तै अशोक राई समूहमा राजेन्द्र श्रेष्ठ,  रकम चेम्जोङ, हेममराज राई, रनध्वाज कन्दवाङ्वा, दानबहादुर विश्वकर्मा रहँदा दुई जना पछि थपिने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्