माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
बेइजिङ – राष्ट्रपति विद्यादेवी भण्डारीले उत्तरी छिमेकी चीनको राजकीय भ्रमण गरेसँगै दुई देशबीच ऐतिहासिकरूपमा रहँदै आएको सांस्कृतिक, राजनीतिक, आर्थिक र जनस्तरको सम्बन्ध थप उचाइमा पुगेको र आगामी दिनमा थप घनिभूत हुने विश्वास गरिएको छ ।
नेपालमा गणतन्त्र स्थापनापश्चात पहिलोपटक भएको राजकीय भ्रमणले दुई मुलुकका शीर्ष नेत्तृव तहमा छलफल गर्न र एकआपसका साझा चासोका विषय बुझ्न, आपसी सहकार्य, सहयोग आदानप्रदान र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिघटनामा समान धारणा बनाउन समेत उक्त भ्रमण महत्त्वपूर्ण भएको छ ।
विश्वाससँगै काठमाडौंले आफ्नो खुट्टा दह्रो गरी नटेकेको विगतका कतिपय घटनाले चिनियाँहरू पूर्ण रूपले ढुक्क भने छैनन् । तर राष्ट्रपतिको चीन भ्रमणलगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौंमा दिएको अभिव्यक्तिले भने यसपटक चीनलाई विश्वासमा लिन खोजेको बलियो सन्देश दिएको छ ।
बेइजिङस्थित रेन्मिन विश्वविद्यालयको चोङयाङ इन्टिच्युट फर फाइनान्सियल स्टडिजका निर्देशक चेन सियाओचेनको विचारमा बेल्ट एन्ड रोड फोरमको शिखर सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिताले नै नेपाल–चीनबीचको घनिष्ठ सम्बन्ध दर्शाउँछ ।
राष्ट्रपति भण्डारीको भ्रमणका बेला चीनको शीर्ष नेतृत्वले नेपालसगँको सम्बन्धलाई उच्च महत्त्व दिएको, नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता एवं नेपाल सुहाउँदो विकासको मार्गलाई उच्च सम्मान गर्ने धारणा व्यक्त भएको छ ।
त्यसैगरी चीनको ‘ग्रेट हल अफ द पिपल’मा भएको दुई राष्ट्र प्रमुखको भेटमा चिनियाँ राष्ट्रपति शी चिनफिङले नेपालले बेल्ट एन्ड रोड फोरममा व्यक्त गरेको प्रतिबद्धता र चीनको संवेदनशील विषयमा लामो समयदेखि गरिआएको साथ र समर्थनको प्रशंसा गरेका छन् । नेपालले तिब्बत र ताइवानलाई चीनकै भूमि भनेर एक चीन नीतिको साथ दिएपछि चीन खुशी नहुने कुरै भएन ।
कूटनैतिक सम्बन्ध स्थापनाको ६४ वर्षमा नेपाल र चीनबीचको बहुआयामिक सम्बन्ध निरन्तर विस्तार र सुदृढ हुँदै आएको छ । अहिले चीन नेपालको सबैभन्दा ठूलो वैदेशिक लगानीको स्रोत, दोस्रो ठूलो पर्यटनको स्रोत र दोस्रो ठूलो व्यापार साझेदार हो ।
चीन नेपालको विकास साझेदारीका हिसाबले अग्रस्थानमा छ । भूकम्पपछिको पुनर्निमाणमा समेत उल्लेखनीय सहायता गरेको छ । बीआरआईमा दुई वर्षअघि हस्ताक्षर गरेपछि नेपाल र चीनको सम्बन्ध राजनीतिक तह र जनस्तरमा थप वृद्धि भएको छ ।
निर्देशक चेनका अनुसार राष्ट्रपति भण्डारीको भ्रमण एकदम सफल भएको छ । बेल्ट एन्ड रोडको सम्मेलनमा जारी संयुक्त वक्तव्यमा उल्लेख गरिएको सीमा वारपार कनेक्टिभीटी र रेलमार्गले नेपाल– चीनलाई बीआरआईमार्फत धेरै काम गर्न मार्ग प्रशस्त भएको उनको तर्क छ ।
यसबाहेक राष्ट्रपति भण्डारीको भ्रमणले व्यवस्थापिका, राजनीतिक, युवा, प्राज्ञिक र सञ्चार क्षेत्रमा भ्रमण आदानप्रदान मात्र नभई त्यस्ता कार्यक्रममार्फत नेपाल–चीन सम्बन्ध थप मजबुत पार्न मार्ग प्रशस्त गरेको विश्लेषण गर्न सकिन्छ ।
त्यसो त चिनियाँ राष्ट्रपति सीले नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा निरन्तर सहयोग गर्न चीन तयार रहेको बताउँदै दुई मुलुकले पूर्वाधार निर्माण र आर्थिक सहकार्य निरन्तर अघि बढाउनुपर्ने भनी राखेको धारणाले पनि चिनियाँ विकासबाट नेपालले प्रशस्त लाभ लिन सक्ने देखिन्छ ।
शीको संकेत बीआरआईमा नेपाल समावेश भैसकेपछि नेपालले योजना छनौट र कार्यान्वयनमा दु्रतता दिनका लागि राष्ट्रपति तहमै यो विषय राखेको प्रस्टै हुन्छ । उच्च तहमा गरिएका प्रतिबद्धता र दोस्रो बेल्ट एन्ड रोड फोरमको शिखर सम्मेलनमा उपस्थिति जनाइसकेको परिस्थितिमा नेपालले बीआरआई अन्तर्गतका परियोजना छनोटमा ढिलाई गर्न भने अब छूट हुने छैन ।
लामो समयदेखि रहँदै आएको कर्मचारीतन्त्र भित्रको ढिलासुस्ती, गोपनियताको अभाव र राजनीतिक दलमा रहेको भित्री अनिच्छाका बीच नेपालले केही सिग्नेचर प्रोजेक्ट अघि बढाउन नसके बीआरआईमा सहभागी हुदाँको लाभ लिनबाट मुलुक चुक्ने त छँदैछ चीनसँगको विश्वास पनि बिस्तारै गुमाउने डर रहन्छ ।
नेपाल चीन सम्बन्धमा अहिले फलाम तातेको बेला छ, एकापसमा गहिरो विश्वास दिलाउने गरी छलफलहरू भएका छन् र चिनियाँ सञ्चार माध्यमले पनि सम्बन्धका विविध आयाममा राम्रो स्थान दिएका छन् ।
यस्तो समयमा छिमेकीलाई विश्वासमा लिँँदै हाम्रो राष्ट्रिय स्वार्थमा ध्यान केन्द्रित गर्नु नेपालका लागि अपरिहार्य भएको छ । अब नेपालले बीआरआई अन्तर्गतका परियोजना तत्काल छनौट गरी लगानीका मोडलमा छलफल गर्न कदम चाल्नुपर्छ र सन् २०१९ मा नै चिनियाँ राष्ट्रपति शीको नेपाल भ्रमणका लागि गृहकार्य गर्नुपर्छ ।
यदि चिनियाँ राष्ट्रपतिको भ्रमण भयो भने १९९६ पछि चिनियाँ राष्ट्रपति पहिलो पटक नेपाल आउँदा दुईदेशीय सम्बन्धको आयाम थप फराकिलो हुने त छँदैछ चिनियाँ विकासबाट नेपालले लाभ लिने धेरै मार्गहरू खुल्नेछन् ।
(पत्रकार शर्मा बेइजिङमा अध्ययनरत छन्)
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...