भाषा र संस्कृतिको सदुपयोग गरे नेपाली धनी बन्छ : अध्यक्ष तिमिल्सना

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल भाषा र संस्कृतिमा धेरै धनी देश भएको बताउनुभएको छ ।

काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीवार आयोजित ‘वर्तमान परिप्रेक्ष्यमा सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि पश्चिम नेपालको आकांक्षा र आवाज’ विषयक सांस्कृतिक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।


Advertisement

नेपाल प्रज्ञा प्रतिष्ठानको संस्कृति विभाग र अनुसन्धान, उद्यमशीलता एवं दिगो विकास केन्द्र, धनगढीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको प्रकृति, धार्मिक, भाषा र संस्कृतिलाई सदुपयोग गर्न सके छिट्टै मुलुक समृद्ध बन्ने धारणा व्यक्त गर्नुभयो ।


Advertisement

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले एउटै विषयबस्तुलाई नेपाली, संस्कृत र अंग्रेजी भाषामा प्रकाशन सुरु गरेको त्रैमासिक पत्रिका ‘प्रसङ्ग’ को बिमोचन गर्नुभएको थियो । पत्रिका बिमोचनछि उहाँले नेपालमा रहेका विभिन्न भाषा, संस्कृतिलाई प्रबद्र्धन गरी विश्वभर चिनाउनुपर्ने बताउनुभयो । प्रसङ्ग पत्रिकाले तीन भाषालाई एउकै ठाउँमा जोड्ने उद्देश्यले थालेको प्रकाशन प्रशंसनीय भएको भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा पत्रिकाका प्रधान सम्पादक सुभाषचन्द्र भण्डारीले संकृत भाषाको जगेर्ना, नेपाली भाषाको अन्तर्रा्ष्ट्रियकरण र कला, साहित्य, संस्कृतिको क्षेत्रमा योगदान पुग्ने भएकाले यसरी तीन भाषामा पत्रिका प्रकाशन गरिएको बताए। उनले तीन(तीन महिनामा प्रकाशन हुने यो पत्रिकामा कुनै न कुनै विशेष विषयलाई उठान गरिने जानकारी दिए। उनले यो अंक संस्कृति विशेषांक बनाइएको बताए।

कार्यक्रममा पत्रिकाका प्रकाशक उर्मिला पनेरुले समाजमा बौद्धिक योगदान गर्ने अवधारणसँगै आएको पत्रिकाले समाजलाई केही सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

पत्रिकामा संस्कृत भाषाको सम्पादन डा. रामप्रसाद पौडेलले गरेका छन् भने अंग्रेजी भाषा सम्पादन डा. देवराज पनेरुले गरेका छन् ।

कार्यक्रममा पत्रकार मनिषा अवस्थीले वर्तमान परिप्रेक्ष्यमा सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि पश्चिम नेपालको आकांक्षा र आवाज विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
 

कमेन्ट गर्नुहोस्