×

NMB BANK
NIC ASIA

रचनात्मक काम

‘साना केपी ओली’को चमत्कार : घरमै ‘स्टीमर’ बनाएर पानीजहाजको झल्को !

बैशाख २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पानीजहाज चलाउने कुरा धेरैले सुन्दै आएका छन् । पानीजहाज कार्यालय काठमाडौंमा खोलिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सरकारले पानीजहाज सञ्चालनका लागि योजना बनाइरहेको जनाएको छ । तर बुटवलका १ जना जनप्रतिनिधिले आफैंले पानी जहाजजस्तै आकारको ‘स्टीमर’ सञ्चालन गरी गाउँमा पानीजहाज आएको झल्को दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुन्यराम गौतमले गाउँको दरवाह तालमा आफैंले ‘स्टीमर’ बनाएर सञ्चालनमा ल्याएका हुन् । उनले स्टीमर चलाएको देखेर गाउँमा गौतमलाई ‘साना केपी ओली’को संज्ञा दिन्छन् । गौतम पूर्व एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।


Advertisment
Nabil box
Kumari

‘दरवाह तालको पूरानो इतिहास छ । तालको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन आफैं स्टीमर बनाएर चलाएको हुँ,’ गौतमले थपे, ‘केन्द्रमा प्रधानमन्त्रीज्यूले पानीजहाज ल्याउने कुरा गर्न थाले, मैले आफ्नै हातले डुंगा बनाएर चलाएर देखाए । स्टीमर चलाएको देखेपछि मलाई ओलीको सानो रुप भन्छन् ।’

Vianet communication
Laxmi Bank

गौतमले आफ्नै ग्रील उद्योग पनि छ । ग्रील उद्योगमा फलामका टुक्राहरूलाई आफैं ‘वेल्डिङ’ गरी स्टीमरको रुप दिए । स्टीमर बनाउँदा गौतमले २ लाख रुपैयाँ खर्च गरे भने स्टीमरलाई चलाउने मेसिन ३ लाख रुपैयाँमा व्यक्तिगत लगानी गरी ल्याएका हुन् । ताल शुद्धोधन ५ मानपकडीमा पर्छ । 

उनले कार्यालय समयभन्दा अगाडि र पछि आफैं स्टीमर चलाउँदै आएका छन् । स्टीमरमा एकैपटक २५ जनासम्म चढ्न मिल्छ । उनले अहिले आफैं निःशुल्क स्टीमर चलाएर घुम्न जाने स्थानीयलाई मनोरञ्जन प्रदान गरेका छन् । अब स्टीमर गाउँपालिका मातहतमा राखेर व्यावसायिक रुपमा सञ्चालन गर्ने गाउँपालिले योजना बनाएको छ । 

तालमा स्टीमर चढ्नका लागि दैनिक १ सय ५० जनासम्म आउने गर्छन् । स्थानीय नगेन्द्र केसीले वडा अध्यक्षले गाउँमा स्टीमर चलाएपछि उनलाई साना केपी ओली भन्न थालिएको बताए ।

जनप्रतिनिधि नहुँदा ओझेलमा परेको ताल उनी (गौतम) आएपछि संरक्षणको पहल थालियो । ‘उहाँले नै तालमा पानीजहाज जस्तो स्टीमर चलाउन थालेपछि हामीले पानीजहाज ल्याउने सानो ओली भन्न थालेका छौं,’ उनले भने ।

दरवाह तालको १ हजार ५ सय मिटर लम्बाई र ६ सय मिटर चौडाई छ भने गहिराई ६ फिट छ । गाउँपालिकाले ताललाई लुम्बिनीसँग जोडेर लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकहरू शुद्धोधनसँग ल्याउने योजनामा छ । लुम्बिनीबाट शुद्धोधनको दूरी करीब १० किलोमिटरको छ ।

स्थानीय राजेश चौधरीले वडाका विकासका लागि अध्यक्ष केन्द्रित भएको बताए । तालको पुरानो नाम बुढी तिनाउ रहेको बताइन्छ । पछि सुखौली हुँदै दरवाह थियो । त्यसपछि ताललाई दरवाह ताल भनिँदै आएको छ । तालमा जमिनमुनिबाट पानी आउँछ । हिउँद वर्षायाम कुनै पनि मौसममा पानीको कमी हुँदैन । 

तालको विकासका लागि गाउँपालिकाले सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेकपाका घनश्याम भुसालले १० लाख रुपैयाँ विनियोजन गरेका थिए । सोही रकमले गएको वर्ष संरक्षण गरिएको थियो । गाउँपालिकाले पनि गत वर्ष २६ लाख रुपैयाँ विनियोजन गरेको थियो । 

तालमा अहिले १० हजार माछाका भुरा छाडिएको छ । ती माछा अहिले झण्डै आधा केजीसम्मका भइसकेका छन् । तालको सरसफाई गर्ने योजना पनि गाउँपालिकाको छ ।

गाउँपालिका अध्यक्ष किशुनचन्द्र चौधरीले दरवाह ताल गाउँपालिकाको गहना भएको भन्दै संरक्षण र विकासका लागि काम थालेको बताए । ‘हामीले ताललाई लुम्बिनीसँग जोडेर गाउँपालिकाको विकास गर्ने गुरुयोजना बनाएका छौं । सोही अनुसार काम भइरहेको छ,’ अध्यक्ष चौधरीले भने । त्यसको लागि गाउँपालिकाले संघीय सरकारको बजेट पनि मागेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x